पर्सा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विधिको पालना र छलफलका माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्या समाधान हुने बताएका छन्।
पार्टीभित्र देखिएको गुट–उपगुटको समस्यालाई विधिसम्मत बैठक बसी छलफलका माध्यमबाट टुङ्गोमा पुर्याउन सकिने उनको भनाइ थियो।
प्रेस संगठन नेपाल पर्साले आइतबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले संगठनको विधानअनुसार छलफल गरे समस्याको समाधान खोज्न सकिनेमा जोड दिए।
विगतका तीता अनुभावलाई पछाडि छाड्दै सकारात्मक छलफलको माध्यमले पार्टीभित्रका समस्या समाधान गर्न आफूहरु तयार रहे पनि पार्टी नेतृत्वका कारण समस्या बढेको उनले आरोप लगाए।
एकले अर्कालाई निषेध गर्ने प्रवत्तिले कहीँ नपुग्ने भएकाले वार्ता र संवादबाटै समस्याको समाधान खोजिनुपर्नेमा नेता नेपालले जोड दिए।
नेता नेपालले नेता कार्यकर्तामाथि गरिएको कारबाहीले पार्टीलाई कमजोर तुल्याउने बताए। उनले पार्टी विधान र विधिबाट चल्नुपर्ने मान्यता राख्ने नेता/कार्यकर्तालाई कारवाही गरी कम्युनिष्ट आन्दोलनलाई समेत कमजोर पार्ने र मुलुकमा राजनीतिक संकट उत्पन्न गरेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।