झापा- पूर्व-पश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका-६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी रहेको प्रहरीले जनाएको छ।
पूर्वतर्फ आउँदै गरेको मे १ ख २६२७ नम्बरको बसलाई सोही दिशातर्फ आउँदै गरेको मे ४ प ६७४८ नम्बरको मोटरसाइकलले उछिन्ने क्रममाविपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ७२८९ नम्बरको ट्रकले ठक्कर दिँदा उनी घाइते भएका थिए। घाइते मोटरसाइकल चालक चौधरीलाई उपचारका लागि विर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले ट्रक चालक इलाम देउमाई नगरपालिका-६ का ४२ वर्षीय निमा शेर्पा र बस चालक मोरङ उर्लाबारी नगरपालिका-४ का ३० वर्षीय खड्गबहादुर भुजेललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।