चितवन–भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टँदा सात जना घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षीय दुई पुरुष रहेका छन्।
तीमध्ये ४५ वर्षीय पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको पुरानो मेडिकल कलेजमा, एकको चितवन मेडिकल कलेजमा र चार जनाको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेका प्रहरीले जनाएको छ।
भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना १ ज ६८५९ नंको म्याजिक भ्यान आइतबार बिहान ९ः३५ बजे दुर्घटनामा परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।