बागलुङ–बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ। विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा राति आगलागी हुँदा लाखौंको क्षति भएको प्रहरीले जनाएको छ ।
गए राति २ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ।
आगलागीबाट फर्निचर उद्योगमा रहेका सबै काठपात तथा तयारी सामग्री जलेका छन्। आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र बागलुङ नगरपालिकाको दमकल प्रयोग भइरहेको प्रहरीले जनाएको छ।
क्षतिको पूर्ण विवरण भने आइनसकेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।