सुर्खेत–पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागी हुँदा नौ घर जलेर नष्ट भएका छन्। बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्नतिर भएको आगलागीबाट आठ घर पूर्णरूपमा जलेर नष्ट भएको बताइएको छ।
आगलागीबाट एउटा घर भने आशिंकरूपमा जलेको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिए। हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो।
बस्तीमा लागेको आगो प्रहरी र स्थानीयवासीको प्रयासमा निभाइएको उनले बताए । सिस्नेरी गाउँमा झण्डै १८ घरधुरी छन्।
आगलागी पीडितलाई तत्कालका लागि खाद्यान्न वितरण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।