बागलुङ–बागलुङमा १९ वर्षीया युवती बलात्कार गर्ने युवालाई ७ वर्षको कैद सजाय सुनाइएको छ। बागलुङ ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला अदालत बागलुङले बुधबार ७ वर्ष कैदका फैसला सुनाएको हो।
न्यायाधीश वासुदेव न्यौपानेको इजलासले बलात्कारका आरोपीलाई कसुर ठहर गर्दै ७ वर्षको सजाय तोकेको हो।
साथै, आरोपी वनले पीडित युवतीलाई ८० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसलासमेत अदालतले गरेको छ। गत असार १७ गते बलात्कार गरेको आरोप लागेको वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो।
प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो।
वन जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।