दमक- जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको गौरादहबाट नौ जना जुवाडेलाई पक्राउ गरेको छ। गौरादह नगरपालिका-३ का भक्तबहादुर बर्देवाको घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा गएराति खटिएको प्रहरी टोलीले १६ थान कौडा, नगद ६९ हजार ४२० रुपैयाँसहित नौ जनालाई नियन्त्रणमा लिएको हो।
यसरी पक्राउ पर्नेमा गौरादह-२ का ३२ वर्षीय निर्मल थापा, सोही वडाका ३५ वर्षीय अङ्कित कार्की, गौरादह ३ का ३८ वर्षीय सुरेश भण्डारी, सोही वडाका ४६ वर्षीय भक्तबहादुर बर्देवा, गौरादह-४ का ३६ वर्षीय मोहन खरेल, कनकाई नगरपालिका-३ बस्ने वर्ष ४० का रामप्रसाद खतिवडा, सोही ठाउँ बस्ने वर्ष ४२ को ईश्वर खतिवडा, ४६ वर्षीय बिष्णुप्रसाद उप्रेती र दमक नगरपालिका-७ का ३८ वर्षीय नीरबहादुर सुनुवार रहेका छन्।
उनीहरुमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।