पाल्पा–पाल्पामा जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। तानसेन नगरपालिका–७ काजीपौवास्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
गए राति करिब साढे १२ बजे लु२च ६३२ नंको जिप कुखरा ल्याउँदै गर्दा अचानक सडकदेखि करिब २० मिटर तल खसेको थियो।
दुर्घटनामा परी जिप चालक बगनासकाली गाउँपालिका–४ का २० वर्षीय विजय खाम्चा र रिब्दीकोट–४ का २७ वर्षीय राज थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।