हेटौंडा–मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ।
हेटौंडा उपमहानगरपालिका–१० निवासी उनको उपचारका क्रममा आज चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
सोही दुर्घटनामा परी घाइते भएका तीन जनाको हेटौंडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।
गएराति हेटौंडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना४९प ६२२३ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४१प ६४३६ नंको मोटरसाइकल भुटनदेवी मोडमा एकापसमा ठोक्ँिकदा सो दुर्घटना भएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा हेटौंडाका विज्ञान रुम्वा, विजय लामा र विक्रम लामा रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।