• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

काेभिडले ‘वर्क फ्रम होम’ सफल बनाइदियो, अब ‘बैंक फ्रम होम’ गराउने तयारीमा छाैं : अनुपमा खुन्जेली [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, चैत २२, २०७७  ०९:०५
1140x725

कोराना भाइरस संक्रमण(कोभिड-१९) महामारीका कारण थलिएको अर्थतन्त्र विस्तारै लयमा फर्कने कोसिसमा छ। तर, कतिपय क्षेत्र अझै समस्यामै छन्। कोरोनाविरुद्धको खोप अभियानले केही आत्मविश्वास भने जगाएको छ। यद्यपि, फेरि केरोनाको दोस्रो लहर आउने हो कि भन्‍ने सबैमा सन्त्रास छाएको छ।

कोराना महामारीको संकटकालीन अवस्थामा अधिकांश क्षेत्रमा ‘वर्क फ्रम होम’ लागू गरियो। भाइरस फैलन नदिन सरकारले जारी गरेको लकडाउनको अवधिमा बैंकिङ क्षेत्रले पनि यो अभ्यास गर्‍यो। बैंकहरूले आफ्ना अधिकांश सेवालाई ‘डिजिटाइज’ बनाए र ‘वर्क फ्रम होम’कै माध्यमबाट आफ्ना ग्राहकलाई सेवा दिए। कोभिडकै कारण यस वर्ष बैंकहरूको नाफामा संकुचन आयो। 

कोरोनाकालमा बैंकिङ क्षेत्रले बेहोरेको समस्या, यो महामारीले सिकाएको पाठ, महामारीपछि बैंकिङ क्षेत्र कस्तो योजना लिएर अगाडि बढ्दै छ? यीनै विषयमा केन्द्रित रहेर मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुन्जेलीसँग नेपाललाइभकी पुष्पा केसीले गरेको कुराकानीः

कोरोना महामारीले बैंकिङ क्षेत्रलाई नयाँ के सिकायो?
बैंकिङ क्षेत्रमा कोरोनाले आमूल परिर्वतन ल्याएको छ। हामीले ‘वर्क फ्रम होम’ गर्न सकिन्छ कि सकिँदैन भनेर टेस्ट (परीक्षण) नै गरेका थिएनौं। त्यो पुरै टेस्ट गर्न पाइयो। यसबाट घरमै बसेर पनि बैंकिङ क्षेत्रको कारोबार सञ्चालन गर्न सकिँदो रहेछ है भन्‍ने पाठ सिक्ने अवसर पाइयो। यसअघि हामीले त केवल पेपरहरू बचाउने भनेर डिजिटाइजेसनमा जानुपर्छ भनेर डिजिटल हस्ताक्षर, डकुमेन्ट म्यानेजमेन्ट प्रणाली, लोन म्यानेजमेन्ट प्रणाली प्रयोग गरिरहेका थियौं।

अबको दिनमा ग्राहकहरूलाई ‘बैंक फ्रम होम’ गराउन सकिन्छ कि भनेर थप तयारीमा लागेका छौं। यो डिजिटाइजेसनलाई आत्मसात गरेर लैजानुपर्छ। यसमा चुनौतीहरू छन्। साइबर सेक्युरिटी र आइटी सेक्युरिटीका चुनौती छन्। हामीले त्यसलाई चिर्दै लगानी बढाउँदै लैजानुपर्छ। तर, अबको लागि डिजिटाइजेसनले बैंकिङ क्षेत्रमा छलाङ मार्छ। कोभिड महामारीले प्रविधिको क्षेत्रमा ठूलो सहयोग गरेको छ। यसको अर्थ घरमै बसेर बैंकिङ कारोबार गर्न प्रोत्साहन र सहज बनाएको छ।

महामारीका कारण सिर्जित समस्यालाई नियन्त्रणमा ल्याउन के कस्तो पहल गर्नुभयो?
राष्ट्र बैंकको गभर्नरले भन्‍नुभएको थियो- बाँच र बचाऔं। अर्थ मन्त्रालयको निर्देशन तथा राष्ट्र बैंकको नीतिले धेरै सहयोग गरेको थियो। किनभने, हामीले हाम्रा ग्राहकहरूलाई यो असहज अवस्थामा सहजरूपमा बैंकिङ कारोबारको सेवा दिन सकेका थियौं।

साँच्चिकै अहिले ‘लेन्डिङ ग्रोथ’ बढी छ। यही हिसाबले विस्तारै लयमा फर्कंदै छ। ग्राहकहरूको माग पनि बढी नै छ। फेरि रिसेड्युलिङको काम पनि भएको छ। यसले ग्राहकलाई सहजता प्रदान गरेको छ। राष्ट्र बैंकले पुनर्कर्जाको सेवा दिएको छ। यो सबै बैंक तथा ग्राहकले सदुपयोग गरेका छन्।

ब्याजदर पनि फेरि एकल अंक (सिंगल डिजिट)मा आएको छ। यसलाई आगामी वर्ष पनि निरन्तरता दिनुपर्छ जस्तो लागेको छ। यसले धेरै सहज वातावरण बनाउँछ। छोटो समयमा आउने ठूला उतारचढावलाई कन्ट्रोल गर्न राष्ट्र बैंकले सहयोग गर्नुपर्छ। अहिले तरलताको अवस्था पनि ठीक छ। लोनमा पनि हामीले हार्ड, मिडियम र लो सेक्टर गरी सेवा दिइरहेका छौं।

Ncell 2
Ncell 2
nimb
nimb

अझै पनि पर्यटन क्षेत्रचाहिँ प्रभावित अवस्थामै रहेको हामीले देखिरहेका छौं। कोरोनाको दोस्रो लहर आउला कि भनेर हामीकहाँ आकलन पनि भइरहेको छ। अरू क्षेत्र भने विस्तारै लयमा आइरहेको छ।

संकट समाधानका लागि सरकारले ल्याएका नीति तथा कार्यक्रमहरू कति प्रभावकारी रह्यो?
सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी नभएको भए धेरै ग्राहकहरू मारमा पर्ने थिए। किनभने, ब्याजदरमा सीधै दुई प्रतिशत सहुलियत दिइएको थियो। एक वर्षसम्म कर्जाको पुनःतालिकीकरणको नीति राष्ट्र बैंकले ल्याएको थियो। यो पनि सबैभन्दा बढी प्रभावकारी भएको थियो। यही कारणले व्यवसायीले आफ्नो व्यापारलाई चलायमान राखेर सहज अवस्था आएपछि नयाँ बाटोबाट जाने अवसर पाएको थियो।

बैंकिङ क्षेत्रलाई चाँहि कति प्रभावकारी भयो त?
बैंकको ग्राहक नै सबै जिच हो। ग्राहकहरूले राम्रो गर्न सके वा उनीहरूलाई राम्रो भए हामी बैंकहरूलाई पनि राम्रो हुने हो। हामी आफैंमा त केही पनि हैन। हामीले त निक्षेपकर्ताको पैसा लिने हो। त्यही पैसा लगानी गर्ने हो। यो दुवै प्रकृतिका ग्राहकहरू हाम्रा गहना हुन्। रेमिट्यान्स आय जति घट्छ भन्‍ने आकलन थियो, तर त्यो भएन। जसका कारण निक्षेप घटेन। यी बीचमा धेरै निर्देशनहरू आए, जसका कारण नाफा घटेको हो कि भन्‍ने छ। नाफा घटे पनि अर्थतन्त्र लयमा आएको दिन त फेरि अवसर अवश्य पनि आइहाल्छ। 

Xtrem

Xtrem

सरकारले महामारीबाट प्रभावित उद्योगी, व्यवसायीलाई राहत दिन ल्याइएका कतिपय नीति तथा निर्देशन बैंकहरूले कार्यान्वयन नगरेको भन्दै आलोचना पनि भए, के यसमा बैंकहरू जिम्मेवार नबनेकै हो त?
हामीले त्यसो गरेको भए त अर्थतन्त्र यति छिटो चलायमान नै हुँदैनथ्यो। यदाकदा छिटफुट घटनाहरू त आउँछन्। तर, राष्ट्र बैंकले ल्याएको सरल कर्जादेखि लिएर पुनर्कर्जाको सुविधा त दिइरहेका छौं। एकल अंकमा लोनको ब्याजदर राख्नमा बैंकहरूको ठूलो भूमिका हुन्छ। हामी बैंक भनेको त ग्राहकलाई सेवा गर्न बसेका संस्था हौं। आफ्ना ग्राहकलाई सेवा दिन सकेनौं भने हामीलाई टिकिरहन गाह्रो हुन्छ। केही भएका गल्तीलाई सुधार गर्दै लैजानुपर्छ। सम्रगमा राम्रो नै छ।

सरकारले ‘डिजिटल नेपाल’को अवधारणामा काम गरिरहेको छ। तर, वित्तीय कारोबारलाई डिजिटाइजेसन गर्ने विषयलाई अझै पनि बैंकहरूले प्रोत्साहन दिन सकिरहेका छैनन्। डिजिटल कारोबारमा सेवा शुल्क नलिन मिल्दैन? के छ समस्या यसमा?
डिजिटाइजेसनलाई त बैंकहरूले आत्मसात गरेर हिँडेको केही समय भइसकेको छ। कोभिडले अझ यसको प्रचूर सम्भावनाहरू ल्याएको छ। हामीले अब लगानी गर्ने भनेको नै प्रविधिमा हो। हामीले अन्तर्राष्ट्रिय गुणस्तरको बैंकिङ प्रणाली भित्र्याएका छौं। त्यसले हामीलाई अवश्य पनि सहयोग गर्छ।

सिस्टम र सफ्टवेयर विकास गर्नका लागि ग्राहकको आवश्यकता र साक्षरतामा पनि भर पर्छ। हामीले प्रोडक्टहरू मात्रै ल्याएर हुँदैन। ल्याइएको प्रोडक्ट चलाउन ग्राहक पनि सक्षम छन् भन्‍ने आधार तय हुनुपर्छ।

अहिले लगानी गर्ने अर्को पाटो भनेको बैंकिङ साक्षरतामा हो। हाम्रा सेवाहरू पनि अन्तर्राष्ट्रियस्तरकै छन्। त्यसमा पनि बैंकहरू अधिकांश स्थानीय तहमा पुगिसकेका छन्। यस कारण अबको दिनमा बैंकिङ साक्षरताको विषयलाई पनि अगाडि लैजानुपर्छ।

डिजिटल कारोबारमा बैंकहरूले लिने शुल्क अझै पनि बढी नै छ, किन लिइराख्नुभएको छ शुल्क?
बैंकिङ क्षेत्रमा हेर्ने हो भने ‘रिटर्न’ आउने क्षेत्रहरू पनि संकुचन भइसकेका छन्। डेभिडेन्ट नै घटिसकेको छ। बैंकिङ क्षेत्रले सेवा शुल्क लिएर मात्रै नाफा कमाउने भन्‍ने हैन। कार्डकै सेवामा पनि हामीले कोभिडको बेला निःशुल्क गरिदिएका थियौं। थोरै रकममात्रै अहिले सेवा शुल्कमा लिने गरेका छौं। ठूलो रकम छैन। अहिले एउटा बैंकको कार्ड अर्को बैंकमा प्रयोग गर्दा पनि तीन पटकसम्मको कारोबारसम्म त निःशुल्क नै छ। क्युआर कोडबाट हुने कारोबारमा सेवा शुल्क लिएका छैनौं। बैंकिङ क्षेत्रले नाफा कमाउने भनेर सेवा शुल्क बढी लगाएको छैन। डिजिटल प्रोडक्टका लागि जति लगानी भएको छ त्यसको तुलनामा सेवा शुल्क कम नै छ। साँच्चिकै भन्‍ने हो भने लिएकै छैनौं भन्दा पनि हुन्छ।

आगामी दिनमा जति डिजिटल कारोबार बढी हुन्छ त्यति नै नाफा हो, बैंक र ग्राहक दुवैलाई। बैंकसम्म पुग्दा कति रकम खर्च हुन्छ। तर, घरमै बसेर डिजिजल ट्रान्जेक्सन (कारोबार) गर्दा त लागत शूल्य हुन्छ। यस हिसाबले भन्‍ने हो भने त डिजिटल कारोबार ग्राहकमैत्री छ। अनावश्यक चार्ज लिएको छैन। त्यसमा पनि राष्ट्र बैंकले नियमन गरिरहेको हुन्छ। यस हिसाबले हामी सही दिशामा नै भएको जस्तो लाग्छ।

अहिले कोरोना संक्रमणको दोस्रो लहर आउने चेतावनी दिइएको छ, त्यस्तो अवस्था आएमा तपाईंहरूको तयारी कस्तो छ?
अब त हामी डिजिटल रूपमै काम गर्न सक्ने भएका छौं। घरैबाट भए पनि काम गर्न सक्छौं भन्‍ने विषय प्रमाणित भइसकेको छ। बैंकिङ क्षेत्रका कर्मचारीलाई सरकारले प्राथमिकतामा राखेर भ्याक्सिन पनि दिइसकेको छ। आगामी दिनमा पहिलेको जस्तो थ्रेट हुँदैन। बैंकिङ कारोबार सहजरूपमा सञ्चालन गर्न सकिन्छ, र सक्छौं।

अब कोभिडको कुरा यही टुङ्ग्याउँ, तपाईंले नेतृत्व गरिरहेको मेगा बैंक कस्तो योजना लिएर अगाडि बढिरहेको छ?
फर्केर १० वर्षलाई हेर्दा हामी सँगसँगै तीन/चारवटा वाणिज्य बैंक आएका थिए। आज मेगा बैंकले आफूलाई अगाडि लैजान सफल भएको छ। किनभने डिपोजिटकै हिसाबमा हेर्ने हो भने पनि हामी १३औं स्थानमा छौं। लेन्डिङमा नवौं स्थानमा छौं। नाफाको हिसाबमा हेर्ने हो भने हामी १०औं स्थानमा आइसकेका छौं। मर्जर र एक्युजिसनमा हामी सफल भएका छौं। हामीले टुरिजम विकास बैंक, पश्चिमाञ्चल विकास बैंक र गण्डकी विकास बैंकलाई गाभेका छौं। बैंकको प्रगति निरन्तर रूपमा भइरहेको छ।

विभिन्‍न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अवार्ड पाएका छौं। हामीलाई यी सबै विषयले हौसला दिन्छ। सबैभन्दा ठूलो हौसला ग्राहकको विश्वास हो। आजको दिनमा झन्डै १२ लाख ग्राहक मेगा बैंकसँग छ। बैंक देशभर फैलिएको छ।

यो वर्षको अन्त्यसम्ममा हाम्रो २०६ वटा शाखा नै सञ्चालनमा आउँदै छन्। हाम्रो भिजन पहिलेदेखि नै फरक थियो। हाम्रो लक्ष्य बैंकिङ साक्षरता देशभरि फैलाउने थियो। त्यहीअनुसार हामी अगाडि बढेका छौं। सफलता पनि पाइरहेका छौं। एक हजार २१९ वटा प्रमोटरबाट सुरू भएको थियो। अहिले तीन हजार प्रमोटर पुगेको छ। दुई लाख सेयर होल्डर भएका छौं। यस कारणले मेगा बैंक अन्यभन्दा फरक छ।

मेगा बैंकले दिने सेवा अन्य बैंकको भन्दा के फरक छ? के कारण ग्राहकले मेगालाई राेज्‍ने?
मेगा बैंकले पहिलो शाखा खोलेको रसुवाको स्याप्रुबेसीमा। बैंकबारे थाहै नभएको ठाउँमा हामीले त्यतिबेला मेगा बैंकमा १० हजार नागरिकको खाता खोलेर चिलिमेको सेयर भर्ने वातावरण बनाएका थियौं। उहाँहरू अत्यन्तै खुसी हुनुहन्छ।

हाम्रो बैंक ग्रासरुट लेभलमै छ। यतिमात्र होइन मेगा बैंक समावेशी बैंक पनि हो। हामीले चाहेको पनि बैंकिङ साक्षरता फैलाउनु नै हो। मेगा बैंकले मैतिदेवीमा महिलाहरूले चलाएको शाखा छ। उक्त शाखाले सफा ट्याम्पो चालकलाई कर्जा दिएको थियो। त्यसबाट कर्जा पाएका चालकहरू निक्कै खुसी हुनुहुन्छ। अहिले हामी अटो रिक्सामा समेत लगानी गरिरहेका छौं।

यो बैंक महिलामैत्री छ। हामीले बैंकिङ सेवा सुरू गर्दा ६० प्रतिशत महिला कर्मचारी हुनुहुन्थ्यो। विभिन्‍न संस्थाहरू मर्ज गरेर आउँदा त्यो संख्यामा केही कमी आएको हो। अहिले पनि मेगा बैंकमा ४४ प्रतिशत महिला कर्मचारी छन्। समग्र वाणिज्य बैंकको क्षेत्रमा हेर्ने हो भने ३८/३९ प्रतिशत महिला कर्मचारी भएको पाउँछौं।

व्यवस्थापनको माथिल्लो तहमा महिलाको संख्या निक्कै कम पाइन्छ। तर, मेगा बैंकमा १० जना महिला सिनियर पोजिसनमा छौं। त्यसैले पनि मेगा बैंक अन्य बैंकभन्दा पृथक छ। 

सेवाको कुरा गर्दा हामीसँग धेरै किसिमका स्किमहरू छन्। जस्तो कि- बालबालिकाका लागि, वृद्धवृद्धाका लागि, क्याम्पस तहका विद्यार्थीका लागि भिन्‍न-भिन्‍नै योजनाहरू ल्याएका छौं।

हालै मेगा बैंकले ‘ट्रिपल सेभिङ प्रोडक्ट’ ल्याएको छ। सेयर बजारमा लगानी गर्न चाहनेहरूको संख्या बढ्दै गएकाले यस्तो सेवा ल्याइएको हो। यो सेवामा बैंक खाता, डिम्याट खाता र मेरो सेयर एकै ठाउँमा हुन्छ। बजारको आवश्यकताअनुसार हामीले विभिन्‍न सेवाहरू ल्याउँछौं।

सरल कर्जाको कुरा गर्दा हामी सानोबाट मध्यम हुँदै मिड कर्पोरेट र कर्पोरेट तहसम्म पुग्‍ने योजनाका साथ अघि बढेका छौं। यसरी उपभोक्ताको मन जित्दै गयौं भने हाम्रो विस्तार पनि त्यहीअनुसार हुन्छ। हाम्रो नारा पनि छ ‘विश्वास जित्दै, अघि बढ्दै’ यसको मर्मअनुसार नै काम गरिरहेका छौं। हामीले ल्याएका सेवाले उपभोक्ताको मन जित्दै आएको हो।

मेगा बैंकले उपभोक्ताले के चाहन्छन् भन्‍ने विषयमा सर्भेसमेत गर्दै आएको छ। उपभोक्ताको चाहना घरनजिकै बैंक होस् भन्‍ने हुन्थ्यो। अहिले मेगा बैंकले २०६ वटा शाखा विस्तार गरिसकेको छ। सेवा र उपभोक्तामा सेवाको उपलब्धता महत्त्वपूर्ण हुन्छ। यही कुरालाई हामीले विशेष ध्यान दिएका छौं।

पछिल्लो समय सामाजिक सञ्जालमा मेगा बैंकको विवादित विषय आइरहेको छ, यो खास के हो?
बैंकमा काम गर्दा हाम्रा कतिपय ऋणीहरू बिग्रिएका पनि हुन्छन्। नेपालमा १.७ प्रतिशत हाराहारीमा खराब कर्जा छन्। मेगा बैंकको त्योभन्दा अझ केही कम नै छ। तर, केही ऋणीहरू नियतबस नै नतिर्ने खालका हुँदा रहेछन्। तपाईंले इंगित गर्न खोज्नुभएको विषय उत्तम कुमारजीको कुरा हो। उहाँ हाम्रो उपभोक्ता नै होइन।

उपभोक्ताचाहिँ गरू दत्तजी हो, उहाँले २०७४ सालमा ऋण लिनुभएको थियो। २०७५ मा आइपुग्दा उहाँको व्यवसाय बिग्रियो। उहाँको कर्जा भएका कारण हामीले सक्दो सहयोग गर्‍यौं। बैंक उपभोक्ताको सल्लाहकार पनि हो। तर, अवस्था ज्याँदै खराब भएकाले राष्ट्र बैंकको नीतिअनुसार नै प्रक्रिया पुर्‍याएर लिलामीमा गएका हौं। त्यसपछि उत्तम कुमारजी आउनुभयो। उहाँ आएर त्यो सम्पत्ति मेरो हो भन्‍नुभएको छ।

त्यो सम्पत्ति उत्तम कुमारजीकै भए पनि त्यो बैंकमा राखिएको धितो हो। हामीले कानुनअनुसार काम गरेका हौं। त्यसको विरुद्ध उत्तम कुमारजी अदालत जानुभो। जिल्ला अदालत, उच्च अदालतले उहाँको दाबीलाई अस्वीकार गरिसकेको छ। त्यसपछि उहाँ फेरि बैंक आउनुभयो। हामीले उहाँसँग कुरा गर्‍यौं, जुन हाम्रो दायित्व नै हो। तर त्यसरी गरिएको कुरा उहाँले रेकर्ड गर्नुभएको रहेछ। उक्त रेकर्ड बीचबीचमा काटेर मिडियामा पठाएको पाइयो। प्रहरी तथा अदालतबाट हार बेहोरेपछि उहाँ मिडियाबाजीमा लाग्‍नुभएको छ।

मेगा बैंक जनताको पैसाबाट सञ्चालित संस्था हो। यो बैंकसँग ११ लाखभन्दा बढी उपभोक्ता छन्। बैंकको सीईओको नाताले यसको अस्तित्वमा खलल पुग्‍न नदिनु मेरो दायित्व हो। देशमा अदालत छ, प्रशासन छ, बैंकहरूलाई नियमन गर्ने केन्द्रीय बैंक छ, यसबाट केही नलागेपछि बैंकको बद्नाम गर्न खोजिएको देखिन्छ। बैंकको नियत उपभोक्तालाई समस्यामा पार्ने भन्‍ने हुन्‍न। धेरै पहिलेदेखि उठेको यो विषयमा बैंकले कयौंपटक प्रस्टीकरण दिइसकेको छ। सधैँ एउटै विषयमा अड्किएर बस्नुहुन्‍न भन्‍ने मलाई लाग्छ।

अहिले बजारमा ‘बिग मर्जर’को चर्चा निकै सुनिन्छ, मेगा बैंकको योजना के छ यसमा?
हामी त मर्जर र एक्युजिसनमा गएर अघि बढेका हौं। हाम्रो बोर्डले पनि मर्जर तथा एक्युजिसनमा जाने बाटो खुल्ला नै गरिदिएको छ। सबै कुरा मिल्यो भने र उपयुक्त पार्टनर पायौं भने हामी मर्जरका लागि खुल्ला नै छौं।

तपाईंले नेपालका वाणिज्य बैंकहरूकै पहिलो महिला सीईओको जिम्मेवारी सम्हाल्नुभएको पनि तीन वर्ष बित्यो। कस्तो रह्यो यो अवधिको यात्रा?
सुरूआती चरणदेखि नै बैंकमा लागेकाले यस बारेमा पूर्ण जानकार नै छु। सीईओको रूपमा बित्न लागेको तीन वर्षको काममा म सन्तुष्ट नै छु। तथापि, गर्नुपर्ने काम र गर्न सकिने धेरै कुराहरू बाँकी नै छ। अहिले बैंक १०औं स्थानमा छ। यसलाई अझ राम्रो बनाउन हाम्रो टिम लागिपरेको छ।

तपाईंले बैंकिङ करिअर तत्कालीन ग्रिनलेज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड) बाट सुरु गर्नुभयो। पछि नविलहुँदै मेगामा आइपुग्‍नुभयो। मेगामा आउँदा कुनै दिन नेतृत्वमै पुग्छु भन्‍ने लागेको थियो?
मैले जागिर असिस्टेन्टबाट सुरू गरेकी हुँ। जागिरको दौरानमा विभिन्‍न पदमा पुगेर काम गर्दा बैंकको समग्र प्रणाली थाहा भयो। अनुभव भयो। सुरूआती चरणमा अन्तर्राष्ट्रिय बैंकमा काम गरेकाले अन्तर्राष्ट्रिय बैंकिङ नीतिहरूका बारेमा जान्‍ने अवसर मिल्यो। त्यसपछि मैले नविल बैंकमा रहँदा यहाँको नीतिबारे जान्‍ने अवसर पाएँ। नेपालीपनको अनुभव भयो। मेगा बैंकमा सुरूआती दिनबाटै काम गर्न त्यो अनुभवहरूले धेरै सहयोग गर्‍यो। नेतृत्वमै पुग्छु भन्‍नेचाहिँ सोचेको होइन।

गत वर्ष मेगा बैंकले ‘बैंक अफ दि एयर अवार्ड’ पायो, तपाईंले पनि ‘बेस्ट वुमन म्यानेजर अफ दि इयर’ अवार्ड पाउनुभयो। यी सफलता पाउन कस्तो संघर्ष गर्नुपर्‍यो?
यो सफलतामा पुग्‍नका लागि बैंकको बोर्डको भिजन नै हो। मैले हाम्रो संस्थामा त्यसलाई कार्यान्वयन गर्ने नै हो। ‘एक सिक्काका दुई पाटा’ भनेजस्तै हामीबीचमा सहकार्य हुँदा नै यो सफलता मिलेको छ। म एक्लैले यो आर्जन गरेको हैन, र सम्भव पनि छैन। यो सफलताको पछडि हाम्रो सबै कर्मचारीको महत्त्वपूर्ण योगदान रहेको छ। सामूहिक प्रयासको प्रतिफल हो।

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  ०९:०५
  • #अनुपमा_खुन्जेली
  • #मेगा_बैंक

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा
विधान अधिवेशनबाट खारेजीमा परेको एमाले ‘वरिष्ठ नेता’ मा पूर्व राष्ट्रपति भण्डारी !
राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न सर्वोच्चले दियो परमादेश
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार, असोज ८, २०८३
विधान अधिवेशनबाट खारेजीमा परेको एमाले ‘वरिष्ठ नेता’ मा पूर्व राष्ट्रपति भण्डारी ! बिहीबार, असोज ८, २०८३
राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न सर्वोच्चले दियो परमादेश बिहीबार, असोज ८, २०८३
ताप्लेजुङको दोभान बजारमा भोषण आगलागी, करिब १० घर जले बिहीबार, असोज ८, २०८३
ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहित ६ नेता एमाले स्थायी कमिटीमा मनोनीत बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्