कैलाली–कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एकको ज्यान गएको छ।
शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ।
तरकारीका लागि निउरोको टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए। चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।
पछिल्लो समय वन जंगलभित्र र आसपासका क्षेत्रमा जंगली जनावरले मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।