• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपाको एकता कानुनी रूपमा समाप्त, ब्युँतिएला राजनीतिक निर्णयले? 

64x64
दुर्गा दुलाल बिहीबार, चैत १९, २०७७  २१:०९
1140x725

काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम सम्बन्धी विवादमा आफैं निवेदन बोकेर सर्वोच्च अदालत पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको गेटमा उभिएर भनेका थिए, ‘निवेदकले पार्टी विभाजनको आशय राखेको थिएन, नाम मात्र सच्याउने थियो। तर, त्यो निवेदन भन्दा बाहिर गएर गरेको फैसलाको पुनरावलोकन अदालतले छिट्टै गर्नेछ।’ 

प्रचण्डले सर्वोच्च परिसरमा अदालतप्रति आस र भरोसा देखाउँदै यसो भनेका थिए। उनले यसमा ढिलो गर्न नहुने र सर्वोच्चको निर्णयपछि यथार्थ छिट्टै बाहिर आउने दाबीसमेत गरेका थिए। उनले यस्तो दाबी गर्दै पेश गरेको पुनरावलोकनको निवेदनमामाथि दुई दिनपछि, बिहीबार सर्वोच्चले ‘निस्सा नदिने’ आदेश गर्‍यो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नै नेतृत्वको पूर्ण इजलास गठन गरेर कानुनी रूपमा नेकपाबाट माओवादीमा फर्काउने कार्यविरुद्ध कानुनी लडाईं लड्ने प्रचण्डको चाहना समाप्त पारिदिए।  

गत फागुन २३ गते सर्वोच्च अदालतको संयुक्त इजलासबाट भएको फैसला त्रुटीपूर्ण रहेको दाबीसहित प्रचण्डले करिब २३ पृष्ठ लामो पुनरावलोकनको निवेदन पेश गरेका थिए। जसमा १० नजीर र १५ आधारहरू उल्लेख गरिएको थियो। तर, जबरासहित न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको इजलासले उनको निवेदनलाई पुनरावलोकनको अनुमति (निस्सा) नदिने आदेश सुनायो। यो आदेशसँगै फागुन २३ गते न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नाम विवादमा गरेको एमाले र माओवादी केन्द्र ब्युँतिने फैसला अन्तिम भएको छ। 

सर्वोच्चको यो फैसलासँगै अब फेरि (एमाले र माओवादी मिलेको) नेकपा बन्ने सम्भावना कानुनी रूपमा समाप्त भएको छ। दुई कम्युनिस्ट पार्टी मिलेर अघि बढेको एकतालाई २०७५ देखि २०७७ सम्म आइपुग्दा फेरि अलग-अलग दलका रूपमा चल्नुपर्ने बाध्यतामा सर्वोच्चको बिहीबारको फैसलाले पुर्‍याएको छ। सर्वोच्चले पुनरावलोकनको अनुमति दिएको भए यो विवाद कुनै दिन उल्टेर नेकपा नाम परिर्वतन गरेर मात्रै पनि एकताले मान्यता पाउने सम्भावना कायम रहने थियो। यही आशा कायम राख्न प्रचण्डले सर्वोच्च गुहारेका थिए। 

यहीकारण हुनसक्छ, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले फागुन २३ को फैसला पुनरावलोकन नगर्ने सर्वोच्च अदालतको बिहीबारको निर्णयलाई राजनीतिक कदम भएको टिप्पणी गरे। उनले अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको आरोप लगाए। ‘सर्वोच्च अदालतले २०७७ फागुन २३ गते हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेशझैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी हो’, उनले ट्विटरमा लेखेका छन्, ‘यो गलत निर्णयप्रति हाम्रो तीव्र असहमति छ। अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ। जागौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

स्वभाविक थियो आदेश? 
संवैधानिक कानुनका जानकारहरू सर्वोच्चले पुनरावलोकनको निस्सा दिएर यसअघि गरेको फैसला पुन जाँच्नुपर्ने टिप्पणी गरेका छन्। संयुक्त इजलासले गरेको फैसला माग दाबीभन्दा बाहिर भएको भनि विपक्षीमध्येका एक, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै निवेदन लिएर सर्वोच्च पुगेकाले संवैधानिक बाटो बन्द गर्न नहुने उनीहरूको तर्क छ। तर, सर्वोच्चको पूर्ण इजलासले आदेश दिइसकेकाले अब यसको अर्थ समाप्त भएको छ।  

सर्वोच्चको पछिल्लो आदेशबारे धेरै टिप्पणी गर्न जरुरी नभएको भन्दै सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसीले निस्सा प्रदान गरेर सुनवाइ गरेको भए राम्रो हुने बताए। ‘तर, अब निस्सा नदिएपछि यो पाटो समाप्त भयो। अब यो नै अन्तिम भयो’, उनले भने, ‘अब राजनीतिक निर्णयले मात्र यो कुराको निर्णय लिन सक्छ।’ 

संविधानअनुसार सर्वोच्चको यो निर्णय अन्तिम भएकाले यसलाई संवैधानिक बाटो नै अन्त्य भएको रूपमा लिनुपर्ने उनको भनाइ छ। ‘इजलासले शायद नजीरको पालना नगरेको देखेन होला। निस्सा नदिने कुरा नजीर हुँदैन’, उनले भने, ‘यो एउटा प्रक्रियागत कुरा हो। यसमा लामो व्याख्या हुँदैन। निस्सा दिएको भए मुद्दा ओपन हुन्थ्यो, तर संसारमा यसको नजीर हुँदैन।’ 

वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सर्वोच्च अदालतले संयुक्त इजलासको फैसला सच्याउने मौका गुमाएको टिप्पणी गरे। ‘यसअघि ऋषि कट्टेलको मुद्दामा भएको फैसला मागभन्दा बाहिरको थियो’, श्रेष्ठले भने, ‘तर, पुनरावलोकनबाट सच्याउनुपर्नेमा अदालतले यसको बाटो नै बन्द गरिदिएको छ।’ पुनरावलोकनमा जान नहुने आफ्नो राय भएपनि अदालतलाई सम्मान गरेर गएको तर, अदालतबाट न्याय नपाएको उनले टिप्पणी गरे। 

अदालतको फैसला मागदाबी बाहिर गएको कुरा सबैले स्वीकार गरेको भन्दै उनले अब यसलाई राजनीतिक निर्णयबाहेक अन्य प्रक्रियाबाट उल्ट्याउन नसकिने बताए। ‘मुद्दामा माग नामको थियो, कट्टेलले आफ्नो नाम खोसिएको दाबी गरेका थिए’, श्रेष्ठले भने, ‘तर, फैसला अस्वाभाविक रूपमा दुई पार्टीहरू एमाले र माओवादीले फेरि एकता गर भनेर आयो, त्यो पनि पार्टीभित्र तिक्तता भएको समयमा।’

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  २१:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता मन्त्रालयले नीति, कार्यक्रम तथा निर्धारित लक्ष्यलाई नतिजामुखी ढंगले कार्यान्वयन गर्न र जिम्मेवार पदाधिकारीलाई कामको परिणामप्रति जवाफ... मंगलबार, असोज ६, २०८३
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जेनजी आन्दोलनमा आफ्नो छोरासहितका युवाको बलिदान खेर जान नदिन र सरकारलाई खबरदारी गर्न आफ... मंगलबार, असोज ६, २०८३
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति आज बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता मंगलबार, असोज ६, २०८३
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग मंगलबार, असोज ६, २०८३
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा मंगलबार, असोज ६, २०८३
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्