• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २४, २०८२ Wed, Dec 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपाको एकता कानुनी रूपमा समाप्त, ब्युँतिएला राजनीतिक निर्णयले? 

64x64
दुर्गा दुलाल बिहीबार, चैत १९, २०७७  २१:०९
1140x725

काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम सम्बन्धी विवादमा आफैं निवेदन बोकेर सर्वोच्च अदालत पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको गेटमा उभिएर भनेका थिए, ‘निवेदकले पार्टी विभाजनको आशय राखेको थिएन, नाम मात्र सच्याउने थियो। तर, त्यो निवेदन भन्दा बाहिर गएर गरेको फैसलाको पुनरावलोकन अदालतले छिट्टै गर्नेछ।’ 

प्रचण्डले सर्वोच्च परिसरमा अदालतप्रति आस र भरोसा देखाउँदै यसो भनेका थिए। उनले यसमा ढिलो गर्न नहुने र सर्वोच्चको निर्णयपछि यथार्थ छिट्टै बाहिर आउने दाबीसमेत गरेका थिए। उनले यस्तो दाबी गर्दै पेश गरेको पुनरावलोकनको निवेदनमामाथि दुई दिनपछि, बिहीबार सर्वोच्चले ‘निस्सा नदिने’ आदेश गर्‍यो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नै नेतृत्वको पूर्ण इजलास गठन गरेर कानुनी रूपमा नेकपाबाट माओवादीमा फर्काउने कार्यविरुद्ध कानुनी लडाईं लड्ने प्रचण्डको चाहना समाप्त पारिदिए।  

गत फागुन २३ गते सर्वोच्च अदालतको संयुक्त इजलासबाट भएको फैसला त्रुटीपूर्ण रहेको दाबीसहित प्रचण्डले करिब २३ पृष्ठ लामो पुनरावलोकनको निवेदन पेश गरेका थिए। जसमा १० नजीर र १५ आधारहरू उल्लेख गरिएको थियो। तर, जबरासहित न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको इजलासले उनको निवेदनलाई पुनरावलोकनको अनुमति (निस्सा) नदिने आदेश सुनायो। यो आदेशसँगै फागुन २३ गते न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नाम विवादमा गरेको एमाले र माओवादी केन्द्र ब्युँतिने फैसला अन्तिम भएको छ। 

सर्वोच्चको यो फैसलासँगै अब फेरि (एमाले र माओवादी मिलेको) नेकपा बन्ने सम्भावना कानुनी रूपमा समाप्त भएको छ। दुई कम्युनिस्ट पार्टी मिलेर अघि बढेको एकतालाई २०७५ देखि २०७७ सम्म आइपुग्दा फेरि अलग-अलग दलका रूपमा चल्नुपर्ने बाध्यतामा सर्वोच्चको बिहीबारको फैसलाले पुर्‍याएको छ। सर्वोच्चले पुनरावलोकनको अनुमति दिएको भए यो विवाद कुनै दिन उल्टेर नेकपा नाम परिर्वतन गरेर मात्रै पनि एकताले मान्यता पाउने सम्भावना कायम रहने थियो। यही आशा कायम राख्न प्रचण्डले सर्वोच्च गुहारेका थिए। 

यहीकारण हुनसक्छ, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले फागुन २३ को फैसला पुनरावलोकन नगर्ने सर्वोच्च अदालतको बिहीबारको निर्णयलाई राजनीतिक कदम भएको टिप्पणी गरे। उनले अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको आरोप लगाए। ‘सर्वोच्च अदालतले २०७७ फागुन २३ गते हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेशझैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी हो’, उनले ट्विटरमा लेखेका छन्, ‘यो गलत निर्णयप्रति हाम्रो तीव्र असहमति छ। अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ। जागौं।’ 

Ncell 2
Ncell 2

स्वभाविक थियो आदेश? 
संवैधानिक कानुनका जानकारहरू सर्वोच्चले पुनरावलोकनको निस्सा दिएर यसअघि गरेको फैसला पुन जाँच्नुपर्ने टिप्पणी गरेका छन्। संयुक्त इजलासले गरेको फैसला माग दाबीभन्दा बाहिर भएको भनि विपक्षीमध्येका एक, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै निवेदन लिएर सर्वोच्च पुगेकाले संवैधानिक बाटो बन्द गर्न नहुने उनीहरूको तर्क छ। तर, सर्वोच्चको पूर्ण इजलासले आदेश दिइसकेकाले अब यसको अर्थ समाप्त भएको छ।  

सर्वोच्चको पछिल्लो आदेशबारे धेरै टिप्पणी गर्न जरुरी नभएको भन्दै सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसीले निस्सा प्रदान गरेर सुनवाइ गरेको भए राम्रो हुने बताए। ‘तर, अब निस्सा नदिएपछि यो पाटो समाप्त भयो। अब यो नै अन्तिम भयो’, उनले भने, ‘अब राजनीतिक निर्णयले मात्र यो कुराको निर्णय लिन सक्छ।’ 

संविधानअनुसार सर्वोच्चको यो निर्णय अन्तिम भएकाले यसलाई संवैधानिक बाटो नै अन्त्य भएको रूपमा लिनुपर्ने उनको भनाइ छ। ‘इजलासले शायद नजीरको पालना नगरेको देखेन होला। निस्सा नदिने कुरा नजीर हुँदैन’, उनले भने, ‘यो एउटा प्रक्रियागत कुरा हो। यसमा लामो व्याख्या हुँदैन। निस्सा दिएको भए मुद्दा ओपन हुन्थ्यो, तर संसारमा यसको नजीर हुँदैन।’ 

वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सर्वोच्च अदालतले संयुक्त इजलासको फैसला सच्याउने मौका गुमाएको टिप्पणी गरे। ‘यसअघि ऋषि कट्टेलको मुद्दामा भएको फैसला मागभन्दा बाहिरको थियो’, श्रेष्ठले भने, ‘तर, पुनरावलोकनबाट सच्याउनुपर्नेमा अदालतले यसको बाटो नै बन्द गरिदिएको छ।’ पुनरावलोकनमा जान नहुने आफ्नो राय भएपनि अदालतलाई सम्मान गरेर गएको तर, अदालतबाट न्याय नपाएको उनले टिप्पणी गरे। 

अदालतको फैसला मागदाबी बाहिर गएको कुरा सबैले स्वीकार गरेको भन्दै उनले अब यसलाई राजनीतिक निर्णयबाहेक अन्य प्रक्रियाबाट उल्ट्याउन नसकिने बताए। ‘मुद्दामा माग नामको थियो, कट्टेलले आफ्नो नाम खोसिएको दाबी गरेका थिए’, श्रेष्ठले भने, ‘तर, फैसला अस्वाभाविक रूपमा दुई पार्टीहरू एमाले र माओवादीले फेरि एकता गर भनेर आयो, त्यो पनि पार्टीभित्र तिक्तता भएको समयमा।’

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  २१:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकताअनुसार आफू अघि बढ्न तयार रहेको उनको भनाइ छ। नेता भण्डारीले साथीहरूको सुझाव, समयको माग... बुधबार, मंसिर २४, २०८२
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : संयोजक दाहाल ७७औँ विश्वमानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र साँच्चै लोकतान्त्रि... बुधबार, मंसिर २४, २०८२
अब सक्रिय राजतन्त्र सम्भव छैन : धवल शमशेर राणा उनले सक्रिय राजतन्त्रसँग आफूहरू सहमत नभएको तर नेपालमा संवैधानिक राजसंस्था आवश्यक रहेको बताएका छन् । आफूहरूले राजासँग भेटेर यसबारे स्... मंगलबार, मंसिर २३, २०८२
ताजा समाचारसबै
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
सरकारले तीन महिने मानसिक स्वास्थ्य सचेतना अभियान सञ्चालन गर्ने बुधबार, मंसिर २४, २०८२
प्राधिकरण फर्किएर हितेन्द्रले  भने : अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु बुधबार, मंसिर २४, २०८२
लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदको विज्ञापन प्रकाशित बुधबार, मंसिर २४, २०८२
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
एनपीएल: सुदूरपश्चिम फाइनलमा, विराटनगरलाई अर्को मौकाको पर्खाइ मंगलबार, मंसिर २३, २०८२
नागरिक उड्ययन प्राधिकरणका निलम्बित महानिर्देशकसँग ५ लाख धरौटी माग मंगलबार, मंसिर २३, २०८२
काठमाडौँमा राप्रपाले गर्‍यो शक्ति प्रदर्शन मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्