फाइल तस्बिर
डोटी–डोटीका एक दर्जनबढी सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन। सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा गाउँबस्ती उच्च जोखिममा परेका छन्।
जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुल्पातेस्थित सामुदायिक वनमा बुधबार एकाएक डढेलो फैलिएपछि स्थानीयवासी, वनका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा दिपायल सिलगढीको दमकल र कर्मचारीको सक्रियतामा डढेलो निभाइएको डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जानकारी दिए।
जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, आदर्श तथा शिखर नगरपालिकाको लेकाली क्षेत्रका जङ्गलमा लागेको डढेलो अझै निभाउन नसक्दा सयौँ हेक्टर वन नष्ट हुँदै गएको जोरायल गाउँपालिका–१ का स्थानीय मोहन मल्लले बताए।
डिभिजन वन कार्यालय तथा यहाँका सामुदायिक वनले ठोस पहल चाल्न नसकेका कारण डढेलो निभाउन नसकिएको स्थानीयको आरोप छ।
जिल्लामा ३५० भन्दा बढी सामुदायिक वन छन्। यहाँका सामुदायिक वन प्रायः गाउँ घरसँग जोडिएकाले ती वनमा फैलिएको आगो गाउँमा आए गाउँ नै सखाप हुने भन्दै स्थानीयवासीमा चिन्ता थपिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।