हेटौंडा–मकवानपुरको राक्सिराङ गाउँपालिकामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।
राक्सिराङ–६ बस्ने ७० वर्षीय भीमबहादुर प्रजाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।
प्रजाको गए राति जंगलमा आगो निभाउन जाँदा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक प्रजाको शव परीक्षणका लागि हेटौंडा अस्पताल ल्याइसकिएको छ।
मृतक प्रजा स्थानीय वडाध्यक्ष सिंहबहादुर प्रजाको बाबु भएको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।