बझाङ–विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरास्थित भवानी माविमा कार्यरत शिक्षक जगत सिंंह रहेको प्रहरीले बताएको छ।
सिंहले कक्षा ९ मा अध्ययनरत वर्षीया बालिकालाई जर्बजस्ती करणी गर्न खोजेका थिए। पीडित पक्षले दिएको उजुरीका आधारमा आइतबार साँझ शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पानी भर्न धारामा गएको अवस्थामा शिक्षकले बालिकालाई जबर्जस्ती गर्न खोजेको पीडित बालिकाका आफन्तले बताएका छन्।
पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।