जनकपुर– प्रदेशमा कार्यरत कर्मचारीको हकहितका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्।
मधेशी निजामती कर्मचारी मञ्चले जनकपुरमा आयोजना गरेको राष्ट्रिय भेला एवम् सङ्घीय निजामती कर्मचारी ऐनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले कर्मचारीको हकहितका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।
प्रदेश सरकारले ल्याएको निजामती कर्मचारी ऐन सङ्घीय ऐनभन्दा अग्रगामी रहेको दावी गर्दैै उनले ऐनमा कुनै कुरा छुटेको भए कर्मचारीकै सल्लाहमा थपघट गरिने प्रतिवद्धतासमेत व्यक्त गरे।
सङ्घीय सरकारले समयमा ऐन कानून नल्याएका कारण प्रदेश सरकारलाई काम गर्न कठिनाइ भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले समस्याकै बाबजुद पनि प्रदेशलाई अग्रगामी दिशामा अगाडि बढाउन प्रतिबद्ध रहेको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।