• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

बैंक तथा वित्तीय क्षेत्रका आधा दर्जन विधेयक संसद्‍मा, पारित हुने सुरसारै छैन

64x64
हेमन्त जोशी आइतबार, चैत १५, २०७७  ०९:०५
1140x725
फाइल तस्बिर

काठमाडौं- बैंक तथा वित्तीय क्षेत्र, पुँजीबजार र बीमासँग सम्बन्धित ६ वटा विधेयक अहिले संघीय संसदमा छन्। केही नयाँ बन्न लागेका र केही पूराना ऐनहरुलाई संशोधन गर्नेगरी पेश भएका यी विधेयकहरु लामो समयसम्म संसद्‍ नचल्दा र संसद्‍ चल्दा पनि कानुन निर्माणका विषयले प्राथमिकता नपाउँदा लामो समयदेखि अड्किरहेका छन्। 

अहिले प्रतिनिधि सभामा नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयक, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ लाई संशोधन गर्न बनेको विधेयक, धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, बिमा बिधेयक, सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक र कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता छन। केही विधेयक मस्यौदामाथि संसदीय समितिमा छलफलसमेत भईसकेको छ। तर, संसद्‍बाट कहिले पारित हुन्छन् भन्ने टुंगो छैन। 

बिमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ असार २७ गते संसद्‍मा दर्ता भएको थियो। त्यस्तै अर्थ मन्त्रालयले २०७६ भदौ २५ गते एकसाथ थप ४ वटा विधेयक दर्ता गरेको थियो। गत असारमा दर्ता भएको कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारले पहिलोपटक ल्याउन लागेको कानूनी व्यवस्था हो भने राष्ट्र बैंक ऐन तेश्रो पटक र बाफिया पहिलोपटक संशोधन गर्न लागिएको हो। 

यी विधेयकबारे कुनै प्रक्रिया नै अघि बढ्न नपाउँदै सरकारले प्रतिनिधि सभाको जारी हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ। शुक्रबार बालुवाटारमा आयोजित सत्तारुढ नेकपा एमालेको संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन अन्त्य गर्न लागिएको जानकारी गराएका छन्।

बिमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 
बिमा प्रणाली तथा बिमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी र विश्वसनीय बनाउनका लागि भन्दै यो विधेयक बनेको हो। अर्थमन्त्री डा युवराज खतिवडाले २०७५ साउन १३ गते बीमा विधेयक संसद्‍मा छलफलका लागि पेश गरेका थिए। संसद्‍मा पेश भएर पारित हुन नसकेको यो सबैभन्दा पुरानो विधेयक हो। 

विधेयकले अहिलेको बीमा समितिलाई प्राधकिरणमा रुपान्तरण गर्ने व्यवस्था समेटेको छ। त्यस्तै उक्त संस्थालाई अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थाका रुपमा अगाडि बढाइने कुरा विधेयकमा उल्लेख छ। बीमा कम्पनीको स्थापनापूर्व स्वीकृती लिने, इजाजत प्रदान गर्ने, नवीकरण र खारेजीको अधिकारसमेत प्राधिकरणलाई दिइने व्यवस्था सहित विधयेक तयार पारिएको छ।

त्यस्तै सवारी साधनको दर्ता, नवीकरण गर्नुअघि अनिवार्य रुपमा बीमा गर्नुपर्ने व्यवस्था पनि विधेयकमा समावेश गरिएको छ। बीमा विधेयक संशोधनका लागि १३ जना सांसदले ८६ वटा संशोधन प्रस्ताव हालेका छन्। नेपाल बिमक संघ र बिमा सर्भेयर संघले बिमा विधेयकमा समावेश गरिएका नयाँ व्यवस्थामाथि असहमति राख्दै आएका छन्। 

नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयक
नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट पारित भइसकेको छ। यो विधयेकले संघीयताको मर्म तथा संघ, प्रदेश र स्थानीय तहका सरकारहरुको वित्तीय तथा आर्थिक पक्षमा राष्ट्र बैंकले भुमिका खेल्न सक्ने गरी नयाँ व्यवस्था गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

विधेकमार्फत मूल ऐनको दफा ३, दफा ५, दफा ९, दफा १० को उपदफा ३, दफा १३, दफा २२, दफा ३४ संशोधन गर्न लागिएको छ। नयाँ व्यवस्थाअनुसार राष्ट्र बैंकले प्रदेश सरकारको बैंकर तथा वित्तीय एजेन्टको रुपमा काम गर्न सक्नेछ भने स्थानीय तहको बैंकरको रूपमा पनि काम गर्न सक्नेछ। मूल ऐनको परिच्छेद ८ को शीर्षक संशोधन गरी नेपाल सरकार तथा प्रदेश सरकारको सम्बन्ध भन्ने शीर्षक राख्ने प्रस्ताव गरिएको छ। 

त्यस्तै केन्द्रीय बैंकका डेपुटी गभर्नर र कार्यकारी निर्देशकले सेवानिवृत्त भएको तीन वर्षपछि अन्य बैंक, वित्तीय संस्थामा काम गर्न पाउने प्रावधान उक्त विधेयकमा राखिएको छ। त्यस्तै गभर्नरले सेवानिवृत्त भएपछि सरकारी नियुक्तिबाहेक कुनै पनि बैंक तथा वित्तीय संस्थामा जागिर खान पाउने छैनन्। 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ लाई संशोधन गर्न बनेको विधेयक
बाफिया विधेयकमा मूल ऐनको दफा ९, दफा १४, दफा १५, दफा २९, दफा ३८ र दफा ११२ मा संशोधन प्रस्ताव गरिएको छ। यसअघि दफा ९ मा बैंक तथा वित्तीय संस्थाले कूल जारी पुँजीको कम्तीमा तीस प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याउनुपर्ने व्यवस्था रहेकोमा नयाँ व्यवस्थाअनुसार लघुवित्त वित्तीय संस्थाहरुले सर्वसाधारणलाई बिक्री–वितरणका लागि छुट्याएको सेयर शतप्रतिशत मानी उक्त सेयरबाट बढीमा ५० प्रतिशत सेयर आफ्ना सदस्यका लागि छुट्याउन सक्ने व्यवस्था गरिएको छ। 

दफा १४ मा गरिएको संसोधन प्रस्तावअनुसार योग्यता र अनुभव भएका व्यक्तिमध्येबाट कम्तीमा एक जना स्वतन्त्र सञ्चालक बैंक तथा वित्तीय संस्थाहरुले नियुक्त गर्नसक्ने छन्। तर, बैंक तथा वित्तीय संस्थाको संस्थापक, सञ्चालक वा शून्य दशमलव १ प्रतिशत भन्दा बढी सेयर लिएका सेयरधनी र निजको परिवारका कुनै पनि सदस्य स्वतन्त्र सञ्चालक हुन पाउने छैनन्। 

Xtrem

Xtrem

मूल ऐनको दफा १५ मा संशोधन गरी सञ्चालकको कार्यकाल सम्बन्धी व्यवस्थामा हेरफेर गर्न लागिएको छ। विधेयकले सञ्चालकको योग्यतामा पनि संशोधन गरेको छ। पच्चीस वर्ष पूरा नभएको र ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न अयोग्य ठहरिने विधयेकमा उल्लेख छ। त्यसैगरी, नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त संस्थाबाट सञ्चालक वा निजको परिवारले लिएको कूल व्यावसायिक ऋण सम्बन्धित बैंक वा वित्तीय संस्थाको चुक्ता पुँजीको तोकिएको प्रतिशतभन्दा बढी भएमा सञ्चालक बन्न अयोग्य ठहरिने व्यवस्था विधेयकमा राखिएको छ।

धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक 
मुल ऐनको दफा २ मा संशोधन गर्न लागिएको छ। जसमा केन्द्रिय निक्षेप सेवा, डेरिभेटिभ मार्केट र विशिष्टीकरण लगानी कोष सम्बन्धी नयाँ व्यवस्था गरिएको छ। त्यस्तै दफा ३, ५, ११ र ४२ मा संशोधन गर्न लागिएको छ। दफा ५३ मा संशोधन गरी धितोपत्र कारोबारको प्रणालीगत वा अन्य संरचनागत जोखिमबाट लगानीकर्तालाई हुनसक्ने क्षतिबाट जोगाउन धितोपत्र बजारले तोकिए बमोजिम एक क्षतिपूर्ति कोषको व्यवस्था गर्ने उल्लेख छ। यसअघि ऐनमा व्यवस्था नरहेको मार्जिन कारोबारसम्बन्धी व्यवस्थालाई समेटेको छ। त्यस्तै ऐनको दफा १०१ मा रहेको सजाय सम्बन्धी व्यवस्थालाई संशोधन गर्न लागिएको छ। बिगो जरिवाना र कैद सम्बन्धी अहिलेको व्यवस्थालाई बढाउन लागिएको छ। मूल ऐनको दफा ६४, ६५ र ६९ खारेज गर्ने प्रस्ताव विधेयकमा छ। 

कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 
प्रचलित कानून बमोजिम कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्था वा अन्य संस्था वा निकायबाट प्रवाह भएको कर्जाको सूचना संकलन तथा संरक्षण गर्ने उद्देश्यले यो ऐनको मस्यौदा तयार पारिएको हो। त्यस्तै कर्जा सूचनाको प्रवाहलाई सुरक्षित, विश्वसनीय र प्रभावकारी तुल्याई स्वस्थ, सुरक्षित वित्तीय प्रणालीको आधार तयार गर्न यो ऐन ल्याउन लागिएको हो। निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडाले २०७७ असार ११ गते संसद्‍मा दर्ता भएको यो विधेयक संसदीय समितिहरुमा छलफलसमेत भएको छैन।

प्रकाशित मिति: आइतबार, चैत १५, २०७७  ०९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार, असोज ८, २०८३
विधान अधिवेशनबाट खारेजीमा परेको एमाले ‘वरिष्ठ नेता’ मा पूर्व राष्ट्रपति भण्डारी ! बिहीबार, असोज ८, २०८३
राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न सर्वोच्चले दियो परमादेश बिहीबार, असोज ८, २०८३
ताप्लेजुङको दोभान बजारमा भोषण आगलागी, करिब १० घर जले बिहीबार, असोज ८, २०८३
ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहित ६ नेता एमाले स्थायी कमिटीमा मनोनीत बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्