• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुकुम्बासी आयोगले बाँडेको तनहुँको ३९ रोपनी जग्गा सरकारी हुने सर्वोच्चको ठहर

वनको जग्गा सुकुम्बासी आयोगले बाँड्दैमा व्यक्तिको हुँदैन : सर्वोच्च
64x64
दुर्गा दुलाल शनिबार, चैत १४, २०७७  ०७:०८
1140x725

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनेलगत्तै भूमिहीन सुकुम्बासीहरुको समस्या समाधानका लागि उच्चस्तरीय भूमि आयोग गठन गरेका थिए। आयोगले  यही चैत १० गते भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले आफूले बसोबास वा आवाद कमोत गरेको जग्गा पाउन ३५ दिनभित्र निवेदन दिन सार्वजनिक सूचना जारी गरेको छ।

भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि भन्दै आयोगले यस्तो सूचना जारी गरेको थियो।  देशभरका करिब ८० वटा स्थानीय तहमा रहेका भूमिहीन दलित र सुकुम्बासीबाट यस्तो निवेदन माग गरिएको छ। 

यसरी भूमि आयोगले जग्गा वितरणको तयारी गरिरहेको समयमा सर्वोच्च अदालतले जग्गा वितरणमा नयाँ फैसला सुनाएको छ। सर्वोच्च अदालतले वन क्षेत्रको जग्गा कुनै पनि आयोगका नाममा कसैलाई पनि वितरण गर्न नसक्ने नजीर बस्नेगरि फैसला सुनाएको हो। 

न्यायाधीशहरु प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुङ्गानाको इजलासले सामुदायिक वनको ३९ रोपनी जग्गा व्यक्तिको हुनबाट रोकेको हो।

सर्वोच्चले तनहुँको भयरथान सामुदायिक वनको ३९ रोपनी जग्गा विवादमा यस्तो फैसला सुनाएको हो। अदालतले  सुकुम्बासीको नाममा व्यक्तिलाई दिने निर्णय बदर गर्दै सामुदायिक वनको कायम हुने फैसलामा भनेको छ। २०५५ सालमा गठन भएको सुकुम्बासी आयोगले सामुदायिक वनको उक्त जग्गा व्यक्तिलाई दिने भनि गरेको निर्णय बदर गर्दै सरकारी कायम हुने फैसला बिहीबार सुनाएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

न्यायाधीशहरु प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुङ्गानाको इजलासले सामुदायिक वनको ३९ रोपनी जग्गा व्यक्तिको हुनबाट रोकेको हो। सरकारले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोगले २०५५ कात्तिक ३ र २०५५ कात्तिक १२ मा  वनको जग्गा व्यक्तिलाई वितरण गरेको थियो। आयोगको निर्णयले भयरथान सामुदायिक वनको कित्ता नम्वर ८५१ भगवान थापा, ८५४ पदमकुमारी थापा, ८५२ पुष्पाकुमारी थापा, ८५३ भगवान थापा र अर्को कित्ता बलराम मिश्रको नाममा दर्ता गरेको  थियो।

उनीहरुले उक्त जग्गा अर्को व्यक्तिलाई बिक्री गर्न खोजेपछि विवाद सुरु भएको थियो। यसरी सुकुम्बासीका नाममा सामुदायिक वनको जग्गा लिएपछि जिल्ला वन कार्यालय तनहुँले उक्त निर्णय खारेज गरिदिएको थियो। सुकुम्बासी आयोगलाई जग्गा वितरण गर्ने र जग्गा धनि पूर्जाको सिफारिस गर्ने अधिकार नभएको भन्दै परेको उजुरीमा वन अधिकृतको इजलासले ‘अर्ध न्यायीक’ अधिकार प्रयोग गर्दै खारेज गरेका थिए।

जिल्ला  वन अधिकृतले २०६४ माघ २२ गते उक्त जग्गा सामुदायिक वनकै नाममा कायम हुने भन्दै मालपोत कार्यालय र नापी कार्यालयलाई लगत कट्टा गर्न पत्र लेखेका थिए। उक्त विवाद त्यसपछि तत्कालीन पुनरावेदन अदालत पोखरा पुग्यो। हाल उच्च अदालत रहेको पोखराले २०६८ मंसिरमा वन अधिकृतको निर्णय मिलेकै देखिएकाले बदर गर्न आवश्यक नभएको फैसला सुनायो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सर्वोच्चको यो फैसलापछि उक्त क्षेत्रको ३९ रोपनी १० आना ६ पैसा १ दाम जग्गा अब सामुदायिक वनको नाममा श्रेष्ता कायम हुने छ।

न्यायाधीश बाबुराम मिश्रको इजलासले सदर गरेपछि जग्गा पाएको पक्ष सर्वोच्च आयो। बलराम मिश्रसहित सात जनाले उक्त जग्गा आफूहरुले पाएकाले बदर गर्ने निर्णय कार्यान्वयन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरे। उनीहरुले मुख्यसचिव, वन कार्यालय तनहुँसहित ६ पक्षलाई विपक्षी बनाए। २०६८ माघ २८ मा सर्वोच्चमा दर्ता भएको उक्त निवेदनमा ९ वर्षपछि फैसला सुनाउँदै सर्वोच्चले सामुदायिक वनकै जग्गा भएकाले कुनै आयोगले दिदैमा व्यक्तिको नहुने फैसला सुनाएको छ। 

सर्वोच्चको यो फैसलापछि उक्त क्षेत्रको ३९ रोपनी १० आना ६ पैसा १ दाम जग्गा अब सामुदायिक वनको नाममा श्रेष्ता कायम हुने छ। उक्त जग्गा नापी हुँदा किसान महलमा जंगल भनि नापी भएको थियो। वन ऐन २०४९ मा राष्ट्रिय वनभित्रको जग्गा कसैले पनि दर्ता गराउन वा गर्न हुँदैन भनिएको छ। त्यस्तै, कसैले दर्ता गरेको पाइएमा स्वत: बदर हुने उल्लेख छ।

ऐनको सोही व्यवस्थामा टेकेर वन अधिकृतले उक्त जग्गा व्यक्तिको हुन नसक्ने ठहर गदै सुकुम्बासी आयोगको सिफारिस अनुसार व्यक्तिको नाममा गएको जग्गा सरकारको नाममा फिर्ता ल्याएका थिए। सर्वोच्चले यही निर्णयलाई सदर गर्दै अन्तिम फैसला सुनाएको छ। 

प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  ०७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
दशैंमा पिङ चढ्दा बाल्यकाल फर्किएझैं लाग्छ: विपीन कार्की बच्चा बेलामा पनि म साथीभाइलाई हँसाइरहन्थेँ। सबैको लागि प्रिय थिएँ। हसाउनका लागि धेरै विषय हुन्थे मसँग। मिलनसार थिएँ। सबैको आँखामा पर... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार बुधबार, कात्तिक ४, २०८३
कुन देशमा कति बजे छ टीकाको साइत ? बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ बुधबार, कात्तिक ४, २०८३
दशैंमा पिङ चढ्दा बाल्यकाल फर्किएझैं लाग्छ: विपीन कार्की बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
दशैं बिदामा हिमाली क्षेत्रको यात्रा गर्दै हुनुहुन्छ? यी सामग्री बोक्न नछुटाउनुहोस् बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्