पाँचथर–सडक ट्र्याक खेल्ने क्रममा स्काभेटर पल्टिँदा चालकको मृत्यु भएको छ। पाँचथरमा निर्माणाधीन तमोर कोरिडोर सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा ट्र्याक खोल्दै गरेको ना १ क ८३२१ नम्बरको स्काभेटर चिप्लिएर दुर्घटना भएको हो।
दुर्घटनामा स्काभेटर चालक दोलखाको तामाकोशी गाउँपालिका–३ पुरानोगाउँका २८ वर्षीय पवन महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
ट्र्याक खोल्दै गरेको स्काभेटर भीरबाट चिप्लिएर करिब ५ सय मिटर तल झरेको थियो।
भीरबाट झरेको स्काभेटर तीन टुक्रा भएको छ। चालकलाई स्काभेटरको धारिलो भागले काटेको हुनसक्ने प्रहरीले अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।