रसुवा- लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा ल्याउने प्रयास जारी छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित ब्रावल भीर पाखामा आज बिहानदेखि लागेको डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत सुरक्षा अङ्ग, निकुञ्जका कर्मचारी एवं स्थानीयवासी जुटिरहेका छन्।
भीर, पाखो, झाडी तथा बुट्यान भएका कारण डढेलो नियन्त्रणमा समस्या परिरहेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ। डढेलो पासाङ ल्हामु मार्गभन्दा माथि जानबाट रोक्न सेनाले अग्निरेखा बनाइरहेको छ।
संरक्षित जङ्गलमा लागेको डढेलोबाट उत्पन्न धुवाँले सदरमुकामलगायत आसपासका मानवबस्ती प्रभावित भएको छ। डढेलो ब्रावलको भीर हुँदै सडक मुनिको पूर्वी भाग केवुतर्फ अगाडि बढेको निकुञ्जका वन प्राविधिकले जनाएका छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।