फाइत तस्बिर
काठमाडौं–मर्मतसम्भारका क्रमममा दुई महिनादेखि बन्द गरिएको भीमफेदी–कुलेखानी–काठमाडौँ सडक बुधबारबाट पुनः सञ्चालन भएको छ।
भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर तथा देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको सडक पुनर्निर्माण गरिएको हो। सडकका मर्मतका लागि ३४ करोड बजेट विनियोजन भएको थियो।
बाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा.सहदेव भण्डारीका अनुसार भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ।
ढल तथा पर्खाल निर्माण गरिएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौँको दक्षिणकालीका जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।