काठमाडौं–कोरोनाको संक्रमण बढ्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले भेला एवं सम्मेलन नगर्न अपिल गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गरी महामारी नियन्त्रणका लागि यस्ता कार्य नगर्न आग्रह गरेको हो।
छिमेकी मुलुक भारतसँगै विश्वभर कोरोना सक्रमण बढेकाले जिल्लामा सभा, सम्मेलन, भेला जुलुस, र्याली र जमघटलगायत भिडभाड हुने काम नगर्न कार्यालयले सार्वजनिक सूचनामार्फत अपिल गरेको छ।
भौतिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्नसमेत कार्यालयले आमसर्वसाधारणलाई अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।