सांकेतिक तस्वीर
काठमाडौं–काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थानमा घुम्न गएका एक जनाको भिरबाट लडेर मृत्यु भएको छ।
शनिबार राति २ बजेतिर शौचालय जाने क्रममा भिरबाट लडेर धुलिखेल नगरपालिका–४ केयुमा कार्यरत वडा नं ७ बस्ने २६ वर्षीय निरोज रिजालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए।
रिजाल धुलिखेल नगरपालिका–४ केयुको सूचना प्रविधिमा कार्यरत थिए। शौचालय जाने क्रममा चिप्लेर भिरबाट करिब छ÷सात सय मिटर तल खसेर अड्केको अवस्थामा प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोलीले शव निकालेको प्रहरीले जनाएको छ।
उनको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।