डोटी- पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित सुनगढामा म २ प ४६७४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा तीन प्रशिक्षार्थी प्रहरी जवान गम्भीर घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय दिपायलका अनुसार गम्भीर घाइते हुनेहरूमा प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा प्रहरी जवान पदको तालिम गरिरहेका २० वर्षीय दलबहादुर भण्डारी, २० वर्षीय लोकरञ्जन भट्ट र २१ वर्षीय दीपेन्द्र खड्का रहेका छन्।
घाइते तीनै जनाको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था गम्भीर रहेको शैलेश्वरी अस्पतालका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिए।
घाइतेको डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली लगिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।