काठमाडौं- सञ्चार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभाले ऋणीलाई कोभिड-१९ महामारी अवधि (२०७६ चैतदेखि २०७७ फागुन मसान्तसम्म)को ब्याज मिनाहा गर्ने निर्णय गरेको छ। संस्थाको आज सम्पन्न वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो।
साधारणसभाले खराब ऋणीलाई पटक-पटक पत्राचार गरेको तर सम्पर्कमा नआएकाले कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।
संस्थाका अध्यक्ष प्रदीप चापागार्इंले पाँच जना खराब ऋणी रहेको र पटक-पटक पत्राचार गर्दा पनि सम्पर्कमा नआएकाले पुनः एकपटक पत्राचार गर्ने नत्र कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बताए।
सञ्चार क्षेत्रमा क्रियाशील पत्रकारको उक्त सहकारीमा कूल आम्दानी सात लाख ५७ हजार १४४ रुपैयाँ रहेको जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।