• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

निकुञ्ज र आरक्षमा आठ हजार सैनिक परिचालित

64x64
रासस शनिबार, चैत ७, २०७७  ०९:३३
1140x725

काठमाडाैैैं- राष्ट्रिय सुरक्षा र सडक पूर्वाधार निर्माणसहित बहुआयामिक भूमिकामा रहेको नेपाली सेनाले प्रकृति र दुर्लभ वन्यजन्तु संरक्षणमा समेत महत्वपूर्ण योगदान दिँदै आएको छ।

प्रकृति संरक्षण र वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा सेनाले गरिरहेको असरदार सुरक्षा व्यवस्थापनले यस क्षेत्रमा नेपालले प्रयोग गरेको विधि र नमूना विश्वका लागि उदाहरणीय बनेको छ। राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा हुने चोरी निकासी रोकथाम नियन्त्रणका लागि  तैनाथ सेनाले नियमित गस्ती, एम्बुस र चेकप्वाइन्ट खडा गरी प्रकृति संरक्षणमा गौरव गर्न लायक काम गरिरहेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।

मुलुकको प्रमुख सुरक्षा अङ्ग सेनाले २०३४ सालदेखि प्रकृति संरक्षण र दुर्लभ वन्यजन्तु चोरी शिकारी नियन्त्रणका लागि  निकुञ्ज तथा आरक्षमा परिचालित हुँदैआएको छ।

प्रकृति संरक्षणमा आठ हजार बढी सैनिक परिचालित

सेनाका आठ गण र सात गुल्मका आठ हजारभन्दा बढी जनशक्ति प्रकृति संरक्षण र वन्यजन्तु सुरक्षामा अहोरात्र खटिरहेको उनले जानकारी दिए। चितवन राष्ट्रिय निकुञ्जमा खड्गदल गण, पर्सा राष्ट्रिय निकुञ्जमा सिद्धिबक्स, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा दि फेमश महिन्द्र दल  र शम्शेर दल, बर्दिया राष्ट्रिय निकुञ्जमा देवीदत्त, बाँके राष्ट्रिय निकुञ्जमा अर्जुनबाण, लाङटाङ राष्ट्रिय निकुञ्जमा विष्णु दल, शुक्ला फाँटा राष्ट्रिय निकुञ्जमा देवी दल गण र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा रामवाण गुल्म तैनाथ छ।

मुलुकमा १२  राष्ट्रिय निकुञ्ज, एक शिकार आरक्ष, एक वन्यजन्तु आरक्ष र छ संरक्षित क्षेत्र छन्। प्रकृतिक सरक्षण र दुर्लभ वन्यजन्तुको चोरी शिकारी नियन्त्रणका लागि सेनाका १८८ पोष्टबाट खटिने सुरक्षा टोलीले दैनिकजसो हजारौँको सङ्ख्यामा गस्तीे गर्ने, गौडा छेक्ने र घेराबन्दीको कारवाही सञ्चालन हुँदैआएको सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयले जनाएको छ।

सेनाले निकुञ्ज क्षेत्रमा गरेको गस्ती र कारवाहीका क्रममा वन्यजन्तु चोरी शिकारीमा संलग्न भएको अभियोगमा फागुन महिनामा मात्रै विभिन्न निकुञ्जबाट ६७८ लाई नियन्त्रणमा लिएको थियो। सो  अवधिमा विभिन्न निकुञ्ज तथा आरक्षबाट पाँच थान हतियार, ९४ थान जाल–पासो, जेसिबीलगायत ६५ स्थान सवारी साधन, ८९ भारी दाउरा, २४ थान बञ्चरो, ६१ वटा नाम्लो, २० थान हसिया, एक थान ड्रोन, ९० पशुचौपाया, ११ थान आरा, सावेल  १०८, शिशाका गोली र केही बारुद्ध, रुख काट्ने चेन र बसिलालगायत बरामद गरिएको निर्देशनालयले जनाएको छ।

खप्तड राष्ट्रिय निकुञ्जमा सिह शार्दूल गुल्म, मकालु बरुण राष्ट्रिय निकुञ्जमा नयाँ रणभिम गुल्म, कोशी टप्पु आरक्षमा दुर्गादल गुल्म, ढोरपाटन शिकार आरक्षमा शत्रुमर्दन गुल्म, सगरमाथा राष्ट्रिय निकुञ्जमा रणशुर गुल्म र रारा राष्ट्रिय निकुञ्जमा श्रीबक्स गुल्म वनस्पती संरक्षण र दुर्लभ वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा क्रियाशील छ।

nimb
nimb
Ncell 2
Ncell 2

मध्यवर्ती क्षेत्रमा हुने जङ्गली जनावरको आक्रमण, गरिबी र वन्यजन्तु चोरी शिकार र ओसारपसारमा संलग्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गिरोहका कारण प्रकृति संरक्षण र वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा भने अझै चुनौती कायम रहेको बताइएको छ। पछिल्ला वर्षमा दुर्लभ जङ्गली जनावरको शिकारका घटनामा रोकथाममा उल्लेख्य सुधार आएको छ।

प्रकृति संरक्षणमा उल्लेख्य योगदान पुर्‍याएबापत सेनाका कयौँ सकल दर्जा प्रकृति संरक्षण पदकबाट विभूषित पनि भइसकेका छन्। विश्व वन्यजन्तु कोष, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले समेत सेनाको प्रकृतिक संरक्षण कार्यमा सहयोग पुर्‍याउँदै आएको छ। प्रकृति र दुर्लभ वन्यजन्तु संरक्षणको महत्व उजागर गर्न सेनाले विसं २०७२ मा प्रकृति संरक्षण शिक्षालयसमेत स्थापना गरेको छ।  

विभिन्न भौगोलिक धरातल र हावापानीका कारण मुलुकका प्रत्येक राष्ट्रिय निकुञ्ज तथा आरक्षको आ–आफ्नै विशेषता र महत्व छ। नेपालका राष्ट्रिय निकुञ्ज एवं आरक्ष वन्यजन्तुका लागि मात्र होइन वनस्पति, चराचुरुङ्गी, पर्यटन पदमार्ग, हिमाल र तालतलैयाका लागिसमेत विश्व विख्यात छन्। एक सिङ्घे गैँडा, पाटेबाघ, हात्ती, चितुवा, अर्ना, बाह्रसिङ्गा, कस्तुरी, न्याउर, डाँफे–मुनाल, काँडेभ्याकुर, गोही, लाँलीगुरास, रारा र शे–फोक्सुण्डो ताल हाम्रा राष्ट्रिय निकुञ्ज तथा  आरक्षका अमूल्य निधि हुन्।  

फागुनमा २४ हजार ८६१ पटक गस्ती

वन्यजन्तु चोरी शिकारी नियन्त्रणका लागि तैनाथ गण र गुल्मले फागुनमा मात्रै पनि २४ हजार ८६१ पटक गस्ती, चार हजार ७५९ पटक राति गस्ती, चार हजार ४९० एम्बुसअर्थात् चोरी शिकारीलाई गौडा छेक्ने काम गरेको थियो। सेनाले चोरी शिकारी नियन्त्रणका लागि २०४ पटक चेकप्वाइन्ट खडा गरेको र १६३ घेरा हालेर कारवाही चलाएको जानकारी दिइएको छ। उक्त कार्यलाई थप प्रभावकारी तुल्याउन सेनाले महाहन्ट अभियानसमेत बेला बखत चलाउँदैआएको छ।

नियमित तथा अनवरत सञ्चालित सैनिक कारवाही र संरक्षण सहयोगमा दुर्लभ वन्यजन्तुको सङ्ख्या उल्लेखनीय वृद्धि भएको छ। प्रकृतिक संरक्षणमा नेपालले अहिले प्रयोग गरेको विधि र नमूना विश्वका लागि उदाहरणीय बनेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक दीपक खनालले भने, ‘जल, जङ्गल र जमिनसहित भौगोलिक र प्राकृतिक विविधताले भरिपूर्ण नेपाल आफैँमा सुन्दर छ। सरकारी प्रयास, समुदायको सहभागिता र अन्तर्राष्ट्रिय साथ र सहयोग नै प्रकृति संरक्षणमा हामीले हासिल गरेको प्रमुख उपलब्धि हो।’

नेपालको  सामाजिक बनोट, सस्कृति र परम्पराले पनि वन्यजन्तु र प्रकृति सरक्षणका लागि प्रेरित गरिरहेको बताउँदै उनले भने, ‘हाम्रा सम्पत्ति भनेकै प्राकृतिक स्रोतसाधन हुन्। यसको संरक्षण गर्न बलियो नीति, नियम र राज्यको उच्च चासो छ र वन्यजन्तु चोरी शिकार नियन्त्रण र प्रकृति संरक्षणमा ठूलो सफलता हासिल गर्न सम्भव भएको हो।

सफा हिमाल र प्लाष्टिकमुक्त अभियान...

वातावरणमा सन्तुलन कायम गर्ने तथा प्रकृति सम्पदाको संरक्षण गर्ने सिलसिलामा सेनाका सबै ब्यारेकलाई प्लाष्टिकमुक्त बनाउने घोषणाले मूर्तरुप लिएको छ। दुई वर्षअघि जङगी अड्डाबाट शुरु भएको उक्त अभियान हाल सबै युनिटमा सफल कार्यान्वयन भएको जानकारी दिइएको छ। जलवायु परिवर्तनबाट प्रकृति र मानवलाई पर्ने जाने असरलाई ध्यानमा राखेर सेनाले प्रकृति संरक्षण गर्ने क्रममा सेनाले सफा हिमाल अभियान नै सञ्चालन गरेको छ।

उक्त अभियानअन्तर्गत सेनाले सगरमाथा क्षेत्रबाट एक बर्षअघि ११ हजार किलो नसड्ने र पुन प्रयोग गर्न मिल्ने १० हजार किलो फोहर सङ्कलन गरी काठमाडौँ ल्याएको थियो। सो क्रममा चारवटा शव सगरमाथा आधार क्षेत्रबाट सङ्कलन गरिएको थियो। बहुआयामिक भूमिकामा रहेको सेनाले सरकारले अघि सारेको एक नेपाली एक बिरुवा अभियानलाई नतिजामुखी तुल्याउन सहयोग पुर्‍याउँदै आएको छ। सेनाले उक्त कार्यक्रमसँग जोडेर एक सिपाही एक फलफूल अभियान नै चलाएको छ।

राष्ट्रपति चुरे तराई मधेश कार्यक्रमअन्तर्गत १० लाख बिरुवासमेत सेनाले रोपी सकेको छ। राष्ट्रिय सुरक्षा नीतिअनुसार, वन–जङ्गल, प्राकृतिक स्रोत, वातावरण, पर्यावरण, जैविक विविधता संरक्षण, सम्वद्र्धन, विस्तार र सुरक्षा गरी जलवायु परिवर्तनबाट उत्पन्न असरलाई न्यूनीकरणमा समेत सेनाको भूमिका अग्रणी छ।

पछिल्ला वर्षमा सेनाले बिरुवा उत्पादन, वृक्षाोपण, दक्ष जनशक्ति विकास र रोपिएका बिरुवाको अभिलेखीकरणसमेत गर्दै आएको छ। यसैसँग जोडेर सेनाले अघि बढाएको गो–ग्रीन कार्यक्रम पछिल्लो समय निकै लोकप्रिय बनिरहेको छ। प्रकृति संरक्षण, दुर्लभ वन्यजन्तुको सुरक्षा र वातावरण सन्तुलन गर्ने कार्यमा सेनाको परिणाममुखी सहभागिताले स्वच्छ, सफा र समृद्ध हरित नेपाल निर्माणमा योगदान पुग्ने विश्वास गरिएको छ। 

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  ०९:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका हुन् । बुधबार, वैशाख २३, २०८३
बैंकिङ कसुर मुद्दामा फरार कन्दङवा काठमाडाैंबाट पक्राउ दीपक विश्वकर्माको जाहेरीका आधारमा चेक अनादर मुद्दामा फरार कन्दङवालाई काठमाडौँ महानगरपालिका–३१ भीमसेनगोलाबाट पक्राउ गरिएको काठमाडौँ उ... बुधबार, वैशाख २३, २०८३
प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त हिजो बसेको मन्त्रिपरिषद् बैठकले डा.अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। बुधबार, वैशाख २३, २०८३
ताजा समाचारसबै
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
जल तथा मौसम विज्ञान सेवाको क्षमता विस्तार र स्तरोन्नति गरिने बुधबार, वैशाख २३, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्