• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

निकुञ्ज र आरक्षमा आठ हजार सैनिक परिचालित

64x64
रासस शनिबार, चैत ७, २०७७  ०९:३३
1140x725

काठमाडाैैैं- राष्ट्रिय सुरक्षा र सडक पूर्वाधार निर्माणसहित बहुआयामिक भूमिकामा रहेको नेपाली सेनाले प्रकृति र दुर्लभ वन्यजन्तु संरक्षणमा समेत महत्वपूर्ण योगदान दिँदै आएको छ।

प्रकृति संरक्षण र वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा सेनाले गरिरहेको असरदार सुरक्षा व्यवस्थापनले यस क्षेत्रमा नेपालले प्रयोग गरेको विधि र नमूना विश्वका लागि उदाहरणीय बनेको छ। राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा हुने चोरी निकासी रोकथाम नियन्त्रणका लागि  तैनाथ सेनाले नियमित गस्ती, एम्बुस र चेकप्वाइन्ट खडा गरी प्रकृति संरक्षणमा गौरव गर्न लायक काम गरिरहेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।

मुलुकको प्रमुख सुरक्षा अङ्ग सेनाले २०३४ सालदेखि प्रकृति संरक्षण र दुर्लभ वन्यजन्तु चोरी शिकारी नियन्त्रणका लागि  निकुञ्ज तथा आरक्षमा परिचालित हुँदैआएको छ।

प्रकृति संरक्षणमा आठ हजार बढी सैनिक परिचालित

सेनाका आठ गण र सात गुल्मका आठ हजारभन्दा बढी जनशक्ति प्रकृति संरक्षण र वन्यजन्तु सुरक्षामा अहोरात्र खटिरहेको उनले जानकारी दिए। चितवन राष्ट्रिय निकुञ्जमा खड्गदल गण, पर्सा राष्ट्रिय निकुञ्जमा सिद्धिबक्स, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा दि फेमश महिन्द्र दल  र शम्शेर दल, बर्दिया राष्ट्रिय निकुञ्जमा देवीदत्त, बाँके राष्ट्रिय निकुञ्जमा अर्जुनबाण, लाङटाङ राष्ट्रिय निकुञ्जमा विष्णु दल, शुक्ला फाँटा राष्ट्रिय निकुञ्जमा देवी दल गण र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा रामवाण गुल्म तैनाथ छ।

मुलुकमा १२  राष्ट्रिय निकुञ्ज, एक शिकार आरक्ष, एक वन्यजन्तु आरक्ष र छ संरक्षित क्षेत्र छन्। प्रकृतिक सरक्षण र दुर्लभ वन्यजन्तुको चोरी शिकारी नियन्त्रणका लागि सेनाका १८८ पोष्टबाट खटिने सुरक्षा टोलीले दैनिकजसो हजारौँको सङ्ख्यामा गस्तीे गर्ने, गौडा छेक्ने र घेराबन्दीको कारवाही सञ्चालन हुँदैआएको सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयले जनाएको छ।

सेनाले निकुञ्ज क्षेत्रमा गरेको गस्ती र कारवाहीका क्रममा वन्यजन्तु चोरी शिकारीमा संलग्न भएको अभियोगमा फागुन महिनामा मात्रै विभिन्न निकुञ्जबाट ६७८ लाई नियन्त्रणमा लिएको थियो। सो  अवधिमा विभिन्न निकुञ्ज तथा आरक्षबाट पाँच थान हतियार, ९४ थान जाल–पासो, जेसिबीलगायत ६५ स्थान सवारी साधन, ८९ भारी दाउरा, २४ थान बञ्चरो, ६१ वटा नाम्लो, २० थान हसिया, एक थान ड्रोन, ९० पशुचौपाया, ११ थान आरा, सावेल  १०८, शिशाका गोली र केही बारुद्ध, रुख काट्ने चेन र बसिलालगायत बरामद गरिएको निर्देशनालयले जनाएको छ।

खप्तड राष्ट्रिय निकुञ्जमा सिह शार्दूल गुल्म, मकालु बरुण राष्ट्रिय निकुञ्जमा नयाँ रणभिम गुल्म, कोशी टप्पु आरक्षमा दुर्गादल गुल्म, ढोरपाटन शिकार आरक्षमा शत्रुमर्दन गुल्म, सगरमाथा राष्ट्रिय निकुञ्जमा रणशुर गुल्म र रारा राष्ट्रिय निकुञ्जमा श्रीबक्स गुल्म वनस्पती संरक्षण र दुर्लभ वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा क्रियाशील छ।

Ncell 2
Ncell 2
nimb
nimb

मध्यवर्ती क्षेत्रमा हुने जङ्गली जनावरको आक्रमण, गरिबी र वन्यजन्तु चोरी शिकार र ओसारपसारमा संलग्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गिरोहका कारण प्रकृति संरक्षण र वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा भने अझै चुनौती कायम रहेको बताइएको छ। पछिल्ला वर्षमा दुर्लभ जङ्गली जनावरको शिकारका घटनामा रोकथाममा उल्लेख्य सुधार आएको छ।

प्रकृति संरक्षणमा उल्लेख्य योगदान पुर्‍याएबापत सेनाका कयौँ सकल दर्जा प्रकृति संरक्षण पदकबाट विभूषित पनि भइसकेका छन्। विश्व वन्यजन्तु कोष, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले समेत सेनाको प्रकृतिक संरक्षण कार्यमा सहयोग पुर्‍याउँदै आएको छ। प्रकृति र दुर्लभ वन्यजन्तु संरक्षणको महत्व उजागर गर्न सेनाले विसं २०७२ मा प्रकृति संरक्षण शिक्षालयसमेत स्थापना गरेको छ।  

विभिन्न भौगोलिक धरातल र हावापानीका कारण मुलुकका प्रत्येक राष्ट्रिय निकुञ्ज तथा आरक्षको आ–आफ्नै विशेषता र महत्व छ। नेपालका राष्ट्रिय निकुञ्ज एवं आरक्ष वन्यजन्तुका लागि मात्र होइन वनस्पति, चराचुरुङ्गी, पर्यटन पदमार्ग, हिमाल र तालतलैयाका लागिसमेत विश्व विख्यात छन्। एक सिङ्घे गैँडा, पाटेबाघ, हात्ती, चितुवा, अर्ना, बाह्रसिङ्गा, कस्तुरी, न्याउर, डाँफे–मुनाल, काँडेभ्याकुर, गोही, लाँलीगुरास, रारा र शे–फोक्सुण्डो ताल हाम्रा राष्ट्रिय निकुञ्ज तथा  आरक्षका अमूल्य निधि हुन्।  

फागुनमा २४ हजार ८६१ पटक गस्ती

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वन्यजन्तु चोरी शिकारी नियन्त्रणका लागि तैनाथ गण र गुल्मले फागुनमा मात्रै पनि २४ हजार ८६१ पटक गस्ती, चार हजार ७५९ पटक राति गस्ती, चार हजार ४९० एम्बुसअर्थात् चोरी शिकारीलाई गौडा छेक्ने काम गरेको थियो। सेनाले चोरी शिकारी नियन्त्रणका लागि २०४ पटक चेकप्वाइन्ट खडा गरेको र १६३ घेरा हालेर कारवाही चलाएको जानकारी दिइएको छ। उक्त कार्यलाई थप प्रभावकारी तुल्याउन सेनाले महाहन्ट अभियानसमेत बेला बखत चलाउँदैआएको छ।

नियमित तथा अनवरत सञ्चालित सैनिक कारवाही र संरक्षण सहयोगमा दुर्लभ वन्यजन्तुको सङ्ख्या उल्लेखनीय वृद्धि भएको छ। प्रकृतिक संरक्षणमा नेपालले अहिले प्रयोग गरेको विधि र नमूना विश्वका लागि उदाहरणीय बनेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक दीपक खनालले भने, ‘जल, जङ्गल र जमिनसहित भौगोलिक र प्राकृतिक विविधताले भरिपूर्ण नेपाल आफैँमा सुन्दर छ। सरकारी प्रयास, समुदायको सहभागिता र अन्तर्राष्ट्रिय साथ र सहयोग नै प्रकृति संरक्षणमा हामीले हासिल गरेको प्रमुख उपलब्धि हो।’

नेपालको  सामाजिक बनोट, सस्कृति र परम्पराले पनि वन्यजन्तु र प्रकृति सरक्षणका लागि प्रेरित गरिरहेको बताउँदै उनले भने, ‘हाम्रा सम्पत्ति भनेकै प्राकृतिक स्रोतसाधन हुन्। यसको संरक्षण गर्न बलियो नीति, नियम र राज्यको उच्च चासो छ र वन्यजन्तु चोरी शिकार नियन्त्रण र प्रकृति संरक्षणमा ठूलो सफलता हासिल गर्न सम्भव भएको हो।

सफा हिमाल र प्लाष्टिकमुक्त अभियान...

वातावरणमा सन्तुलन कायम गर्ने तथा प्रकृति सम्पदाको संरक्षण गर्ने सिलसिलामा सेनाका सबै ब्यारेकलाई प्लाष्टिकमुक्त बनाउने घोषणाले मूर्तरुप लिएको छ। दुई वर्षअघि जङगी अड्डाबाट शुरु भएको उक्त अभियान हाल सबै युनिटमा सफल कार्यान्वयन भएको जानकारी दिइएको छ। जलवायु परिवर्तनबाट प्रकृति र मानवलाई पर्ने जाने असरलाई ध्यानमा राखेर सेनाले प्रकृति संरक्षण गर्ने क्रममा सेनाले सफा हिमाल अभियान नै सञ्चालन गरेको छ।

उक्त अभियानअन्तर्गत सेनाले सगरमाथा क्षेत्रबाट एक बर्षअघि ११ हजार किलो नसड्ने र पुन प्रयोग गर्न मिल्ने १० हजार किलो फोहर सङ्कलन गरी काठमाडौँ ल्याएको थियो। सो क्रममा चारवटा शव सगरमाथा आधार क्षेत्रबाट सङ्कलन गरिएको थियो। बहुआयामिक भूमिकामा रहेको सेनाले सरकारले अघि सारेको एक नेपाली एक बिरुवा अभियानलाई नतिजामुखी तुल्याउन सहयोग पुर्‍याउँदै आएको छ। सेनाले उक्त कार्यक्रमसँग जोडेर एक सिपाही एक फलफूल अभियान नै चलाएको छ।

राष्ट्रपति चुरे तराई मधेश कार्यक्रमअन्तर्गत १० लाख बिरुवासमेत सेनाले रोपी सकेको छ। राष्ट्रिय सुरक्षा नीतिअनुसार, वन–जङ्गल, प्राकृतिक स्रोत, वातावरण, पर्यावरण, जैविक विविधता संरक्षण, सम्वद्र्धन, विस्तार र सुरक्षा गरी जलवायु परिवर्तनबाट उत्पन्न असरलाई न्यूनीकरणमा समेत सेनाको भूमिका अग्रणी छ।

पछिल्ला वर्षमा सेनाले बिरुवा उत्पादन, वृक्षाोपण, दक्ष जनशक्ति विकास र रोपिएका बिरुवाको अभिलेखीकरणसमेत गर्दै आएको छ। यसैसँग जोडेर सेनाले अघि बढाएको गो–ग्रीन कार्यक्रम पछिल्लो समय निकै लोकप्रिय बनिरहेको छ। प्रकृति संरक्षण, दुर्लभ वन्यजन्तुको सुरक्षा र वातावरण सन्तुलन गर्ने कार्यमा सेनाको परिणाममुखी सहभागिताले स्वच्छ, सफा र समृद्ध हरित नेपाल निर्माणमा योगदान पुग्ने विश्वास गरिएको छ। 

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  ०९:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंमा पिङ चढ्दा बाल्यकाल फर्किएझैं लाग्छ: विपीन कार्की बच्चा बेलामा पनि म साथीभाइलाई हँसाइरहन्थेँ। सबैको लागि प्रिय थिएँ। हसाउनका लागि धेरै विषय हुन्थे मसँग। मिलनसार थिएँ। सबैको आँखामा पर... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्