साङ्केतिक तस्बिर
जलेश्वर- महोत्तरीको सम्सी गाउँपालिका-७ स्थित खत्बेटोलमा स्थानीयवासी रामवली खत्बेको घरमा गएराति आगलागी हुँदा लाखौँको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायवउपरीक्षक प्रकाश विष्टका अनुसार टाटीको बेरा र खरले छाएको रामवलीको एकतले मूलघरमा लामखुट्टे धपाउन बालेको आगो सल्किएर आगलागी हुँदा घर जलेर पूर्णरूपले क्षतिग्रस्त भएको हो।
पीडित घरधनी रामवलीका अनुसार घरभित्र रहको ३०० किलो चामल, दाल, अन्य अन्नपात, लत्ताकपडा, भाँडाकुडा, काठपात तथा अन्य थुप्रै जिन्सी सामान गरी करिब चार लाख रुपैयाँबराबरको क्षति भएको हो।
रामवलीको घरमा भएको आगलागी अन्य घरमा फैलन नदिन प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।