डाेटी- छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको सजाय सुनाएको छ।
जिल्ला अदालतका न्यायाधिश विदुर काफ्लेको एकल इजलासले निज विकले बलात्कार गरेको ठहर्याएर सजाय सुनाएका हुन्।
गत आसोजमा आफ्नै छोरी बलात्कार गरेको भन्ने विककी श्रीमतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। घरमा आमा नभएको समयमा उनले पटक–पटक छोरीलाई बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले निजलाई २५ वर्षे कैद सजाय सुनाएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।