बाँके- बाघको आक्रमणमा परी बर्दियाको ठाकुरबाबा नगरपालिका-७ मोहनपुर बस्ने ६२ वर्षीय दल्ली रावतको मृत्यु भएको छ।
मङ्गलबार घाँस काट्न भनी घरबाट रावतसहित तीन महिला बर्दिया राष्ट्रिय निकुञ्जको बगौरा भन्ने स्थानमा गएका थिए।
बाघले रावतलाई आक्रमण गरेको थाहा पाएपछि निकुञ्जको सुरक्षार्थ खटिएका देवीदत्त नेपाली सेनाका गणपति दिनेश कार्कीको टोली र इलाका प्रहरी कार्यालय बगनाहाबाट गएको संयुक्त टोलीले आज शव फेला पारेको जानकारी दिएको छ।
रावतको शव परीक्षणका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।