फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले संसदीय दलको बैठक बोलाएका छन्। बिहीबार ११ बजे बैठक बोलाइएको एमालेका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए।
संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। 'संसद्को नियमित अधिवेशन चलिरहेको छ। सांसद्हरुलाई कसरी प्रभावकारी रुपमा प्रस्तुत हुने, कसरी दललाई एक ढिक्का बनाउने, कसरी संसद्मा समस्याहरु उठाउने लगायतका एजेन्डामा छलफल गर्न बैठक बोलाइएको हो,' उनले भने।
संसदीय दलको बैठकबाट माधवकुमार नेपाल पक्षमा लागेका सांसद्हरूमाथि कुनै किसिमको कदम चालिने आकलन पनि गरिएको छ।
नेपाल पक्षले बुधबार सानेपामा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ। सो भेला नगराउन, सहभागी नहुन र सहभागी भए कारबाही हुने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार नै चेतावनी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।