तस्बिर : राजेश राईको फेसबुकबाट।
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधवकुमार नेपाल-झलनाथ खनाल पक्षले एमाले एकता जोगाउन राष्ट्रिय भेला आयोजना गरिएको दाबी गरेको छ। नेकपालको उक्त समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत गरिएको कार्यपत्रमा एमाले एकता जोगाउनका लागि भेला आयोजना गरिएको उल्लेख छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजन गर्न सुनियोजित रूपमा अघि बढेपछि कम्युनिस्ट आन्दोलनको रक्षा गर्न र एमालेको एकता जोगाउनु अनिवार्य भएको समेत उक्त पक्षको ठहर छ।
'केपी ओली सुनियोजित रुपमा पार्टी विभाजन गर्न अगाडि बढेपछि नेकपा एमालेको एकता बचाउन र कम्युनिष्ट आन्दोलनको रक्षा गर्न नेकपा एमालेका समस्त सदस्यहरुलाई गोलबन्द गर्नु अनिवार्य भयो। त्यही ऐतिहासिक दायित्व बोधका साथ यो राष्ट्रिय भेलाको आयोजना गरिएको हो,' भेलामा प्रस्तुत कार्यपत्रमा उल्लेख छ।
उक्त पक्षमा प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने अडानसमेत राखेको छ। अवधारणा पत्रमा २०७५ जेष्ठ २ गतेलाई प्रस्थानबिन्दु बनाएर पार्टी जीवनको पुनर्स्थापना, विधिविधानको पुनर्स्थापना, नवौं महाधिवेशनको कार्यदिशाको स्थापना गर्नुपर्नेलगायतका विषय समावेश छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।