झापा- जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका-२ मा आज बिहान दुई जना घाइते भएका छन्।
घाइते हुनेमा इलाम देउमाई नगरपालिका-१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका-१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली रहेको प्रहरीले जानकारी दिएको छ।
उनीहरूमध्ये खातीको विर्तामोडस्थित बिर्तासिटी अस्पताल र डोलीको लिभिङ होम पोलिक्लिनिक बुधबारेमा उपचार भइरहेको छ। प्रहरीका अनुसार खाती गम्भीर घाइते छन्। उनको हात र छातीमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा छन् भने डोली सामान्य घाइते छन्। उनीहरू दुवै श्रमिक हुन्।
आज बिहान ७ बजे गाउँमा पसेको हात्ती धपाउने क्रममा उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।