प्रतीकात्मक तस्वीर
झापा–कनकाई नगरपालिकाले खुला व्यायामशाला निर्माण गरेको छ। बिहान ‘मर्निङ वाक’ गर्ने नगरवासीका लागि खुला व्यायामशालाले सुविधा थपेको छ।
‘स्वस्थ जीवन प्रवर्द्धन’ कार्यक्रमअन्तर्गत कनकाई–३ को सुरुङ्गा बजार नजिक नगरपालिकाले आफ्नै लगानीमा सो व्यायामशाला निर्माण गरेको हो। व्यायामशालामा कुनै शुल्क तिर्नु पर्दैन।
कनकाई सामुदायिक वनको चार कठ्ठा जग्गामा बाल उद्यान र खुला व्यायामशाला सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताए।
सो निर्माणमा नगरपालिकाको४५ लाख र प्रदेश नं १ को सरकारको १२ लाख गरी ५७ लाख खर्च भएको छ। व्यायामशालाका सामान सुरक्षित बनाउन कम्पाउड वालले घेरिएको छ।
व्यायामशालामा विभिन्न आधुनिक १२ वटा उपकरण राखिएको छ। व्यायामशाला युवादेखि बृद्धासम्मका लागि खुला गरिएको छ । झापामा स्थानीय तहले निर्माण गरेर सञ्चालनमा ल्याइएको यो पहिलोखुला व्यायामशाला हो।
खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारको दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवन जिउनका लागि नियमित शारीरिक अभ्यासमा व्यायामशालाले उत्प्रेरित गर्ने नगरप्रमुख पोखरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।