पर्वत–अहिलेको अवस्थामा कांग्रेसले सत्तामा जाने हतारो देखाउन नहुने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्। अहिले कांग्रेसको प्रमुख चुनौती व्यवस्थाको रक्षा गर्नु रहेको पौडेलले बताएका छन्।
सदरमुकाम कुश्माबजारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले संविधान र संसदमाथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व हुने बताए।
कांग्रेस दोस्रो दल भएकाले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव नलैजाने तर अरूले लगेमा साथ दिने वरिष्ठ नेता पौडेलले स्पष्ट पारे।
विकृत राजनीतिको अन्त्यका लागि कांग्रेसले अहिलेको अवस्थामा नेकपा (माओवादी केन्द्र) र जसपासँग मिलेर नयाँ सरकारका लागि पहल गर्नुपर्ने नेता पौडेलले बताए।
‘देशको हित गर्न कांग्रेस सरकारमा जान तयार हुनुपर्छ,’ पौडेलले भने, तर अन्य दलको बुइ चढेर सत्तामा गइहाल्न हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।