कैलाली–धनगढी उपमहानगरपालिका–१ स्थित सडक खण्डबाट प्रहरीले १ लाख रुपैयाँभन्दा बढीका भन्सार छलेर ल्याइएका अवैध लुगाकपडा बरामद गरेको छ।
भारतबाट अवैध भन्सार चोरी पैठारी भइरहेको सूचनाको आधारमा प्रहरीले १७० सुट पिस, सेतो कुर्ती ९० पिस, पाउडर ११५ दर्जन, कोटको अस्तर चार पोका, कपडा थान एक रोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
भन्सार छली ल्याइएकासामान करिब १ लाख १९ हजाररुपैयाँबराबरको रहेको उनको भनाइ छ।
बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि आइतबारै त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।