• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

कांग्रेसलाई हेर्छु-कुर्छु भन्ने सुविधा छैन, देशलाई सम्हालेर चुनावमा लैजानुपर्छ : गगन थापा [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, फागुन २७, २०७७  १७:५५
1140x725

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि नेपाली राजनीति थप गिजोलिएको छ। आफ्नो सरकार कायम राख्न प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय छन्। आफ्ना मुद्दालाई सम्बोधन गर्ने दलहरुसँग सहकार्य गर्न जनता समाजवादी पार्टी (जसपा)ले कार्यदल बनाएको छ। माओवादी केन्द्र पनि प्रधानमन्त्री ओलीइतरको सरकार बनाउने अजेन्डासहित अघि बढिरहेको छ। राजनीतिको यो नयाँ परिदृष्यमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस कहाँनेर छ? धेरैले हेरिरहेका छन्। तर, कांग्रेस आफैं अनिर्णयको बन्दी बनिरहेको छ। निकासका लागि अग्रसरता लिनुपर्ने दल किन मौन छ? कांग्रेस अब कसरी अघि बढ्नुपर्छ? यी र यस्ता विषयमा नेपाली कांग्रेसका नेता गगन थापासँग नेपाल लाइभका डिबी खड्काले गरेको संवादः 

सत्ता मुखैमा आएर पनि नेपाली कांग्रेस किन अनिर्णयको बन्दी बनिरहेको होला?
प्रतिनिधि सभा पुनःस्थापनापछि नेकपाको स्थिति के हुने भन्ने टुंगो लागिसकेको थिएन। नेकपाको टुंगो नलागेसम्म पार्टीले कुनै निर्णय नगर्ने शीर्ष तहको नेतामा सहमति बनेको थियो। संसदीय दलमा पनि त्यो विषयमा छलफल भएको थियो। केही सांसदले पार्टीले यस विषयमा अलि बढी अग्रसरता लिनु आवश्यक रहेको भन्नुभएको थियो।

प्रधानमन्त्रीको राजीनामालाई लिएर छलफल अघि बढाउनुपर्ने कुराहरु उठेको थियो। कुरा गर्दै गरौंला भन्दै गर्दा सर्वोच्चको अर्को फैसला आयो। सर्वोच्चको पछिल्लो फैसला अनेपेक्षित थियो, अनुमान लगाउने विषय पनि थिएन। अग्रसरता लिने सन्दर्भमा पार्टीका नेताहरुलाई समय छ भन्ने लाग्यो होला। अदालतको निर्णय नआएको भए समय र  सुविधा पनि थियो नै। अर्को कुरा, पार्टीमा ठूलो पङ्क्तिले यो सरकार बनाउनेतिर कांग्रेसले ध्यान दिनु हुँदैन भन्ने पनि थियो। त्यसले गर्दा पनि हो।

प्रमुख प्रतिपक्षी दलका साथै देशको पूरानो लोकतान्त्रिक पार्टीले मुलुकलाई निकास दिने कि च्याँखे थापेर बस्ने? 
कतिपय विषयमा जतिसक्दो छिटो ठोस निर्णय गरेर जाने हो। कतिपय विषयमा घटना अलि परिपक्व होस् भनि कुरेर बस्ने हो। नेकपा विभाजनको स्थितिमा थियो। प्रधानमन्त्री एकातिर र प्रचण्ड-माधव एकातिर हुनुहुन्थ्यो। कसरी जाने, के गर्ने छलफल चलिरहेको थियो।

अदालतले एमाले र माओवादीलाई पहिलेकै अवस्थामा फर्काइदियो। माओवादीले समर्थन फिर्ता नलिने हो भने एमालेको सरकार बहुमतमा छ। माओवादीले समर्थन फिर्ता नलिए सरकारको निरन्तरता हुन्छ। वा, जसपाले सरकार बनाउन सहयोग गरेपनि एमालेको सरकार बन्छ।

जसपाभित्रको छलफलले के टुंगो लगाउँछ, कांग्रेसले हेर्न र कुर्न पनि पर्‍यो। हेर्नु र कुर्नको अर्थ चाहिँ उनीहरुले टुंग्याउलान् भनेर हामीहरु आनन्दले बसिरहने भन्ने होइन। त्यसरी सोचियो भने सही भूमिका निर्वाह गरेको पनि हुँदैन। सचेततापूर्वक कांग्रेसले सक्रियता बढाउनुपर्ने छ।

प्रतिनिधि सभा पुनःस्थापनापछि प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ भन्ने कांग्रेसको आकलन थियो। त्यो फेल भयो। नेकपा दुई टुक्रा हुन्छ, हामी नै बलियो शक्ति हुन्छौं भन्ने पनि थियो। एमाले र माओवादी केन्द्र बने। कांग्रेस राजनीतिक आकलन गर्न कमजोर हुँदै गएको हो?
नेकपा रहँदै गर्दा पनि दुई खेमामा विभाजित थियो। अनुमान त्यसैको सेरोफेरोमा हुनु स्वाभाविक हो। अदालतले गर्ने फैसला कसैले अनुमान गर्न सक्ने विषय होइन। फैसलामा हदै आए नामको विषयमा होला भन्ने थियो। पूर्ववत एमाले र माओवादीको अवस्थामा पुग्छ भन्ने त छँदै थिएन। त्यो बारेमा अनुमान लगाउन नसक्नु स्वाभाविक नै होला। एमाले र माओवादी बन्नेसम्म कुरा पुग्ला भन्ने त अनुमानको कुरै थिएन।

 

Ncell 2
Ncell 2
nimb
nimb

अब, यो बेला तपाईंहरुलाई कुर्छौं/हेर्छौं भनेर कुर्ने बेला होइन। तुरुन्त केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन आवश्यक अग्रसरता लिन्छौं भनेर निर्णय गर्नुपर्ने हो। कांग्रेसकै नेतृत्वमा सरकार बनाउन अग्रसरता लिन्छौं र त्यो सरकार अरु कुनै प्रयोजनका लागि होइन, त्यो सरकार निष्पक्ष निर्वाचन गराउनका लागि हो भन्न सक्नुपर्ने हो। चुनावमा जाने बाहेक अरु विकल्प अब छैन। प्रधानमन्त्री ओलीले गराउने निर्वाचन निष्पक्ष हुँदैन भनेर बुझाउन सक्नुपर्ने हो। निष्पक्ष निर्वाचन गराउन नसक्ने यो/यो कारणले भन्नुपर्ने हो। हाम्रो सक्रियताले परिणाम नदिन पनि सक्ने थियो। परिणाम दिने/नदिने सोचेर हच्केर बस्ने समय अहिले छैन।

जतिबेला नेकपा कानुनी रुपमा एउटै भएपनि व्यावहारिक रुपमा दुइटा थियो, त्यो बेला कांग्रेसले भन्यो- जतिबेलासम्म तपाईंहरुको विभाजनको टुंगो लाग्दैन, त्यतिबेलासम्म हामी बोल्दैनौं। त्यो बेलाको निर्णय कांग्रेसको सही छ। अब त एमाले र माओवादी भए। सरकार बनाउने म्यान्डेट पाएको एमालेले होइन, नेकपाले हो। हिजोको चुनावको म्यान्डेट केही पनि बाँकी छैन। ओलीकै नेतृत्वमा हुने चुनावमा हामीलाई विश्वास छैन। उहाँको नियतमाथि हाम्रो प्रश्न छ। त्यसैले कांग्रेसलाई अल्मलिने र कसले के गर्छ भनी बस्ने समय अहिले छैन। निर्णय गरेर जाने बेला हो यो।

प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर अविश्वासको प्रस्तावमा जाऔं भन्नुभएको छ। जसपामा पनि ओली नेतृत्वमा जान हुँदैन भन्ने एक पक्ष छ। सबै पक्ष ओलीको विरुद्धको गठबन्धन बनाउन सहमत भएका बेला कांग्रेसलाई निर्णय गर्न रोकेको चाहिँ के कुराले हो? 
केही दिन अघिको संसदीय दलको बैठकमा मैले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने विषय उठाएको सम्झन्छु। राजीनामा माग्ने हो, नदिए हटाउन अग्रसरता हामीले लिन्छौं भन्ने निर्णय गर्ने हो। अग्रसरता लिँदै गर्दा सरकारको नेतृत्व हाम्रै वा अरु कसैको भन्ने विकल्पहरु हुन सक्छन्। मेरो राय सरकारमा जान हुँदैन भन्ने छ। माधव नेपाललाई हुन्छ वा अरु कोहीलाई बनाएर समर्थन जनाउने तर सरकारमा जान हुन्न भन्ने राय थियो। त्यो बेला नेकपा एउटा थियो।

Xtrem

Xtrem

अहिले नेकपा सकिइसकेको छ। संसद र म्यान्डेट बदलिएको छ। जसपाले अन्य दलसँग वार्ता गर्न कार्यदल बनाएको छ। माओवादी केन्द्रले वार्ता गर्नका लागि समिति बनाएको छ। यो बेला खासमा वार्ता समिति त हामीले बनाउनुपर्ने हो। एउटा निर्णय गर्नुपर्ने थियो- केपी ओलीलाई अब हामी विदा गर्छौं। माओवादी केन्द्र र जसपासँग सल्लाह गरी समझदारी गर्न कोशिस गर्छौं भन्नुपर्ने हो। यसरी जानुपर्ने खासमा हामी हो। प्रचण्ड हाम्रो घरमा आउने भन्दा माओवादी केन्द्र र जसपाले हामीलाई समर्थन गर्नुस् भनेर हामी नै अगाडि जानसक्नुपर्ने हो।

चोक चौतारामा छलफल गर्ने भन्दा केन्द्रीय समितिमा छलफल गर्नुपर्दछ। कांग्रेसले गर्नुपर्ने र लिनुपर्ने बाटो अहिले यही हो।

अहिलेसम्म ठोस निर्णय लिन नसक्दा थप आशंका पनि पैदा भएको छ। कांग्रेसको एउटा पक्ष प्रधानमन्त्री ओली निकट छ, त्यसैले पनि निर्णय हुन नसकेको हो कि! 
अनुमान गर्नका लागि केही न केही ठाउँ दिइएको छ। अनुमान गर्ने बाटो बन्द गर्नु उपयुक्त हो नि। यसमा उत्तर यदि हामीले दिएनौं भने आशंकालाई थप बल नै पुग्छ। जसले असंवैधानिक कार्य गरी संसद मासे, प्रधानमन्त्रीमाथि नैतिकसँगै राजनीतिक प्रश्न पनि छ।

गत वैशाख १७ गतेको केन्द्रीय समितिको बैठकबाट हामीले प्रधानमन्त्रीलाई पदमा बस्न वैधानिकता छ, तर नैतिक अधिकार गुमाइसक्नुभो भन्ने निर्णय त गरिसकेका छौं नि। यो सरकारलाई माया मोह राख्नुपर्ने कुनै कारण छैन। हामीले सही समयमा सही निर्णय नगर्दा आशंकाहरु बढ्यो। आशंकाहरु बन्द गर्न यो अवस्थामा एमालेसँग सहकार्य हुँदैन, खण्डित भएको म्याण्डेटलाई संसदले धेरै लामो समयसँग बोक्न सक्दैन। मुलुकलाई चुनावमा लान्छौं, एमाले बाहेकका शक्तिको सहकार्य गरी सरकार बनाउछौं भन्यौं भने आशंकाहरु बन्द हुन्छन्। प्रश्नलाई जवाफ दिने कार्य गरिएन भने आशंका त उठिरहन्छन् नि।

भूपी शेचरनको कविता झैं ‘हामी गोटी मात्र हाैं’ भनेजस्तो नेपाली राजनीतिमा देखिएको छ। नेताहरुलाई कहीँकतैबाट निर्देशन आउँछ, त्यसपछि मात्रै निर्णय गर्छन् भन्ने आरोप लाग्छ। यस्ता भ्रमलाई चिर्न पनि छिटो निर्णय गर्नुपर्ने होइन र? 
राजनीतिक दलहरुमाथि यस्तो आशंकाले घर गर्दै आएको छ। सत्य जेसुकै होस्, यस्तो आशंका बढिरहेको छ। नेताहरुले आफ्नो निर्णय आफैंले गर्न सकिरहेका छैनन्। त्यो किन यस्तो लाग्यो भने हिसाब मिलेको छैन। जनताले सोझो रुपमा हेर्दा जे हुनुपर्ने हो त्यो भएको छैन। प्रतिपक्षले सत्तापक्षलाई सक्दो बल लगाउनुपर्ने हो, तर त्यो देखिँदैन। यसले कतै आफैं पो सत्तापक्षसँग मिलेको छ कि भन्ने आशंका रहेको छ। यो दीर्घकालीन रुपमा सिङ्गो व्यवस्थाका निम्ति घातक हुन्छ। किनकी यो जनताको मनमा रहिरहन्छ। यी सबै आशंका बन्द गराउने अहिले उपयुक्त समय हो। नेपाली कांग्रेसले  छलफल पनि गर्ने, निर्णय गर्ने र जनतालाई पनि बुझाउने हो। 

कांग्रेसको महाधिवेशन आउँदैछ। कसले नेतृत्व गर्ने भन्ने आन्तरिक प्रतिस्पर्धा पनि यो अनिर्णयमा जोडिएको भनिएको छ। सभापति शेरबहादुर देउवा र तपाईंहरु आफैंले पनि भोलि महाधिवेशनको आफ्नो स्थिति हेरेर निश्चित निर्णय लिन डराइरहेको अनुमान पनि छन् नि?
यो अनुमान मिल्दैन। हातमा आएको प्रधानमन्त्री छाडेको हो नि। त्यो अधिवेशन हेरेको हो भने त सहज स्वीकार गरेर जान सकिन्थ्यो होला नि। महाधिवेशनले प्रभावित गर्दैन म भन्दिनँ, गर्छ तर नहुँदा पनि गर्छ। के गर्दा हित हुन्छ भन्ने आ-आफ्नो पार्टीको राय हुन्छ। नेकपा एक हुदाँसम्म के गर्ने भन्नेमा धेरै तर्क आएकै हुन्।

नेकपाको औपचारिक विभाजन नहुदाँसम्म आफ्नो नेतृत्वमा सरकार बनाउनेदेखि नबनाउनेसम्मका कुराहरु छलफल भएकै थिए। नेकपा के हुने भन्ने अन्योलले नै यसलाई रोकेको थियो। कोही वार्ता भइरेहको भन्दै आएका थिए। हामीलाई अविश्वासको प्रस्ताव दर्ता गर भन्ने तर पछि हामी त मिल्यौं भन्ने अवस्था आयो भने त नेपाली कांग्रेस असफल हुने थियो नि। 

तत्कालीन समयमा पनि हामी प्रष्ट के थियौं भने केपी शर्मा ओलीको सरकार विस्थापन गर्ने अनि पुष्पकमल दाहाल वा माधव नेपाललाई प्रधामन्त्री बनाउने कुरामा फ्लोरबाट सहयोग गर्ने र शर्त निर्वाचनमा जाने हुनुपर्ने मलाई लागेको थियो। उक्त सरकारमा कांग्रेस जान नहुने कुरा मैले गरेको पनि थिएँ। तर, मेरै अर्को साथीलाई कांग्रेस जोगी हुन राजनीति गर्न आएको हो र भन्ने लागेको थियो। कि भन्न पर्‍यो बहुमत बाहेक सरकार कांग्रेसले बनाउँदैन भन्ने निर्णय गर्नुपर्ने तर्क गर्नुभएको थियो।

कांग्रेसभित्र आन्तरिक प्रजाजन्त्र लामो समयदेखि कमजोर हुँदै गएको भनिन्छ। यस्तो लाग्छ तपाईंलाई? 
विचार राख्ने कुरामा पार्टी खुल्ला छ। कुरा राख्ने भन्दा पनि त्यो सुनिने कुरा ठूलो रहेछ। केन्द्रीय समिति मेरो दोस्रोपटक हो। कुरा हामीले मजाले राखिरहेका छौं। आफ्नो कुरा बाहिर यति राखेका छौं भने भित्र पनि राखेका छौं। तर, महत्वपूर्ण कुरा के हो भने पार्टीको नेतृत्वले यसरी फरक कोणबाट आएका कुराहरुलाई 'डिप स्पेश' दिने र गम्भीर रुपमा लिने कार्य हुनुपर्छ। यो सन्दर्भममा यो कुरामा हामी झन् खुम्चेका छौं। सुन्ने कुरामा उदारता खुम्चेको छ। 

पहिले तपाईं प्रधानमन्त्री ओलीले घोषणा गरेको चुनावमा जान हुँदैन भन्नुहुन्थ्यो। अहिले नयाँ सरकार चुनावका लागि बनाउनुपर्छ भन्नेतर्फ लाग्नुभएको छ। नेकपा दुई पार्टी भएको, एउटै पार्टीमा पनि तिक्तता रहेको यही समयमा पहिलो पार्टी भइहालिन्छ भनेर हो?
त्यो चुनाव र यो चुनावलाई जेठो-माइलो जसरी हेर्न हुँदैन। त्यो असंवैधानिक चुनाव हो। अदालतले नै असंवैधानिक भनिसक्यो। संविधानले नचिनेको चुनाव थियो, त्यसैले जान हुँदै किन भन्नुभएको भन्ने प्रश्न नै रहेन। प्रधानमन्त्री केपी शर्मा ओलीले भनिरहनुभएको थियो, मसँग ६४ प्रतिशत मत छ। दुई तिहाइ चाहिएकाले चुनावमा जानुपर्छ। त्यसको कुनै औचित्य थिएन। 

हामी अहिले किन चुनाव भनिरहेका छौं भने त्यो चुनावबाट म्यान्डेट पाएको दल नै छैन। नेकपा एमालेले बहुमत पाएको होइन। पाएको नेपाल कम्युनिस्ट पार्टीले हो। हामी दुईटा पार्टीले मोर्चा बनाएका छौं, चुनावपछि एउटा हुन्छौं, हामीलाई मत दिनुहोस् भनेका हुन्। एमाले उठेको ठाउँमा माओवादी केन्द्रको उम्मेदवार उठेन, माओवादी केन्द्रको उम्मेदवार लडेको ठाउँमा एमालेको उम्मेदवार बनेनन्। भोट एमालेले माओवादीलाई र माओवादीले एमालेलाई दिएका हुन्। अझ विद्या भट्टराईजी त कहाँबाट आउनुभएको भन्ने टुंगो छैन। उहाँले दल रोज्नुहोला, उहाँका मतदाताले को रोज्ने? टोपबहादुरजीले म एमालेमै बस्छु भन्नुहोला। अर्घाखाँचीको मतदाताले को रोज्ने? यी प्रश्नहरु छन्। 

हामीलाई पनि सरकार चलाउने म्यान्डेट छैन। हामीलाई जनताले पाँच वर्ष प्रतिपक्षमा बस्न पठाएका हुन्। एमाले, माओवादी वा हामी कसले हो देश चलाउने म्यान्डेट पाउने अब? यसका लागि हामी चुनावमा जानुपर्छ। फेरि भागबन्डा गरेर अर्को दुई वर्ष जानेतर्फ नलागौं। समझदारी निर्माण गरेर निकास दिउँ। जटिलता त आए, अदालतको फैसला कार्यान्वयन गर्नुपर्‍यो। पाँचौं वर्ष लागेपछि संविधानअनुसार चुनावमा जाउँ। देशलाई सम्हालेर चुनावमै लैजानुपर्छ। 

कांग्रेस आगामी निर्वाचनपछि ठूलो दल बन्छु भन्ने कुरामा ढुक्क छ। तर, निकास अहिले चाहिएको छ। केपी शर्मा ओलीको विकल्पको सरकारको नेतृत्व पनि नगर्ने, ओलीलाई नै समर्थन गरेर अगाडि पनि नबढ्ने। यो त कांग्रेस आफैं अलमलिएको जस्तो देखिदैन र? 
नेपाली कांग्रेसले अब बहुमत ल्याएर सरकारमा जान्छु भन्नु उसको अधिकारको कुरा हो। विश्वासको कुरा हो, ठीक छ। मेरो भनाइ संविधानसम्मत चुनावमा जाउँ भन्ने हो। अरु कसैलाई लागेको भए पनि आफ्ना कुरा राखौं। कुर्छौं, हेर्छौं नभनौं। मेरो राय पार्टीको राय बनेन। एकछिनलाई मानौं, पार्टीको राय यस्तो बन्यो, प्रधानमन्त्री ओलीलाई सघाउने, जहिले निर्वाचनमा लैजानुहुन्छ भाग लिने। कम्तिमा यस्तो भनियो भने त्यो त चल्यो। हामीले धेरै काम गर्नु छ। संसद्‌मा कानुन अलपत्र छन्। जनताका विभिन्न सरोकारका विषय रोकिएका छन्। हामी त्यतातिर लाग्थ्यौं नि त। 

अब कांग्रेसलाई हेर्छु, कुर्छु, अर्कोले के गर्छ भन्ने सुविधा छैन। उनीहरुले लिने निर्णय पनि हेर्ने हो र उनीहरुलाई प्रभावित पार्ने काम पनि गर्ने हो नि त। हामीले पनि निर्णय गर्ने हो। कांग्रेस केन्द्रीय समिति बसेर कांग्रेसले के सोचेको छ र चाहन्छ, केको प्रयत्न गर्छ भन्ने कुरा आम जनताले थाहा पाउनुपर्छ। अब नेताहरुका बीचमा खासखुस गरेर मात्रै हुँदैन। बूढानीलकन्ठमा फलानोले भेट्नुभयो, फलानो ठाउँमा फलानाले भेट्नुभयो भनेर हुँदैन। यो त राजनीतिक दल हो नि त। सानेपा कार्यालयमा बैठक बसेर निर्णय गर्नुपर्छ। मैले भनेको नहोस्, अरु कसैले भनेको निर्णय होस् केही छैन। तर, कांग्रेस बोल्नु त पर्‍यो । 

संसद् र सांसद्लाई अविश्वास गर्ने प्रधानमन्त्री ओलीलाई अविश्वास गर्न नसक्ने कांग्रेस जनतामाझ कसरी जान्छ? 
कसको मनमा के छ मलाई थाहा छैन। नेपाली कांग्रेस पार्टीको संसदीय दल वा केन्द्रीय समितिबाट प्रधानमन्त्री ओलीसँग यो चरणमा सहकार्य गर्ने निर्णय कसैले गराउन सक्दैन। जोसुकैले चाहे पनि सक्दैन। 

सजिलो बाटो कांग्रेसको नेतृत्वमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने। एमालेइतरको सरकार बनाउने र चुनावमा जाने नै हो? 
अब हामी ओलीसँग त बस्न सक्दैनौं। हाम्रो नेतृत्वमा सरकार बनाएर निर्वाचनतिर जाने निर्णय ग
र्‍यौं भने हामी माओवादी केन्द्रलाई भन्ने भयौं। हुन्छ भन्यो। जसपालाई सोध्यौं, हुन्छ भन्यो। भइहाल्यो। होइन, कांग्रेससँग जान्नँ भन्यो रे। ठीक छ, हामीले प्रयत्न गर्‍यौं। आफ्नो पोजिसन त राख्यौं। जसपाले के भन्छ हेरौंला भन्ने छुट हामीलाई हुँदैन, किनभने हामी त प्रमुख प्रतिपक्षी दल हो नि त। हामीले के भन्छौं भन्ने बढी महत्वपूर्ण हो। त्यसैले हाम्रो निर्णय चाहियो अहिले। 

जसपाले निर्णय गरिसक्यो, वार्ता टोली बनाइसक्यो। माओवादीले पनि सहकार्यका लागि हात बढाइसक्यो। केही नगरेको कांग्रेसले मात्रै त हो!
पहिले नेकपा नफुट्दै प्रचण्ड र माधव नेपाल आउनुभयो। उहाँहरुलाई तपाईंको पार्टीको टुंगो छैन भनियो, जे गरियो ठीक भयो। त्यो बेला हामीले निर्णय गरेको भए फस्थ्यौं। किनभने अदालतको यो निर्णयछि त नेपाल र झलनाथ खनालजी झोला बोकेर धुम्बाराही जानुहुन्थ्यो। अविश्वास प्रस्तावमा भोट हाल्ने भनेको एमाले बनाइदियो अदालतले सरी भन्नुहुने रहेछ। हामीले गरेको ठीक भएछ। अब त त्यो चरण सकियो। नेपाली कांग्रेसले त्यो बेला निर्णय गरेको हो। नेकपा औपचारिक रुपमा नफुटेसम्म बाटो स्पष्ट नगर्ने भनियो। त्यो निर्णय थियो। अहिले चाहिँ हेर्छु र पर्खन्छु भन्ने निर्णय होइन। कि मलाई अरु कुरासँग मतलब छैन प्रतिपक्षमै बस्छु भनेर निर्णय गर्नुप
र्‍यो, कि अग्रसरता लिन्छु भन्नुपर्‍यो।  

प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्