• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

लोकगीतमा मापदण्ड नबनाइए हामी चोर नै चोर हुन्छौं : बद्री पंगेनी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, फागुन २७, २०७७  ०६:५८
1140x725

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष बद्री पंगेनी राजनीतिलाई बुझ्ने थाेरै कलाकारमध्ये पर्छन्। सामाजिक सञ्जालमा देशकाे राजनीतिक अवस्थाबारे बेला बेला उनले गरेका टिप्पणीहरू देख्न सकिन्छ। 'लाऊ चेली सुन्दर लाऊ'देखि 'अझै नि लोकतन्त्र आको छैन है' जस्ता विद्रोही र राजनीतिक चेत बोकेका उनका थुप्रै गीत छन्।

माया, प्रेमका गीत रचना र गायनमा पनि उत्तिकै अब्बल मानिने गायक पंगेनी गएको प्रतिनिधि सभा निर्वाचनमा 'सैं एमाले मैं पनि एमाले' गीत गाउँदा विवादित समेत बने। तर, उनी आफू कुनै पनि दलमा आवद्ध नभएको बताउँछन्। व्यक्तिगत फाइदा, बेफाइदाका लागि त्यो गीत नगाएको बताउने उनी उक्त गीत गाएपछि आफूमाथि राम्रै प्रहार स्वीकार्छन्। दर्शकको स्वतन्त्र भएर बसोस् भन्ने इच्छालाई सम्मान गर्ने उनी बताउँछन्।

'म राजनीति गर्दिनँ, बुझ्न खोज्दाको परिणाम हो, यसलाई स्वीकार गर्नैपर्छ,' उनको ठम्याइ छ। राजनीति गर्नेहरू स्वार्थी हुने उनको बुझाइ छ। स्वार्थी शब्दको पर्यायवाची शब्द नेतालाई राखिदिँदा हुने तर्क गरेका गायक पंगेनीसँग नेपाल लाइभका लागि पुष्पा थपलियाले गरेको कुराकानीको सारसंक्षेप :

कसरी चल्दै छ दिनचर्या?
यही कलाको क्षेत्रमा व्यस्त छु। 
कोभिडको महामारीले लामो समयसम्म पुर्‍याएको क्षतिलाई ढाकछोप गर्नपनि व्यस्त हुनैपर्नेछ। नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको दोहोरी च्याम्पियनको सञ्चालकको भूमिका निभाउँदै छु। यसले पनि अलि व्यस्त बनाएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको निवर्तमान अध्यक्ष भएका नाताले त्यसमा पनि केही समय दिइरहेको छु। साथै, खेलकुदमा कहिले ब्याडमिन्टन, कहिले भलिबल, कहिले फुटसल त कहिले क्रिकेटले पनि व्यस्त बनाइरहेको छ। समग्रमा जिन्दगी रमाइलोसँग नै बितिरहेको छ ! (हाँस्दै) रमाइलो मानेपछि रमाइलै छ भनौं।

कोभिडले चाहिँ कत्तिको प्रभाव पार्‍यो तपाईंलाईं?
यसले मलाई मात्रै हैन, संसारलाई नै प्रभाव पारेको छ। स्टेजमा रमाएको, स्टेजले बाँचेको एउटा कलाकारलाई कतिसम्म नराम्रो प्रभाव पर्‍यो होला भनेर तपाईं आफैले पनि अनुमान लगाउन सक्नुहुन्छ। कहिले देश त कहिले विदेशका कार्यक्रममा घुमिराख्नुपर्ने, डुलिराख्नुपर्ने हामी कलाकारलाई एकै ठाउँमा थुनिनुपर्दा निकै पीडा भयो। तर, विस्तारै बानी पनि पर्‍यो।

दोहोरी गायक र कार्यक्रम प्रस्तोता दुवैको रुपमा दर्शकले चिनिसकेका छन्। यो दुईवटा एकै संसार रहेछन् कि फरक-फरक?
अहिले दोहोरी च्याम्पीयन मात्रै हैन, मैले पहिले पनि सुसेली लगायतका कार्यक्रम चलाइसकेको छु। गायक मात्रै बन्दा आफ्ना विचार राख्न पाइँदैन भने प्रस्तोता बन्दा मनमा लागेको कुरा प्रस्तुत गर्न पाइन्छ। फेरि गतिलो गर्न सकेन भने चिप्लने सम्भावना पनि उत्तिकै छ। अहिले त झनै जसरी हुन्छ चिप्ल्याउने, त्यसबाट गाली गलौज खुवाउने र भ्यूज बढाउने प्रस्तोता पनि टन्नै छन्। म भने बरु स्टेजमा कहिलेकाहीँ चिप्ले हुँला, अरुको खुट्टा तान्ने काम गर्दिनँ। त्यो राम्रो पत्रकारिता भित्र पनि पर्दैन।

Ncell 2
Ncell 2
nimb
nimb

सामाजिक सञ्जालमा सक्रिय कलाकारमध्ये एक तपाईं पनि हुनुहुन्छ। गीत संगीतको मापदण्डको कुरा पनि उठाउनुभएको थियो। खास कुरा के हो?
चोरी भएका गीत र संगितका कुरा गरेको हुँ। यो नेपाली चलचित्र क्षेत्रका गीतदेखि हरेक संगीतको क्षेत्रमा भइरहेको कुरा हो। कहिलेकाहीँ के हुन्छ भने, खेम सेन्चुरी, एकनारायण भण्डारी, अमेरिकामा रहेका भगवान भण्डारी लगायत र म नेपालमा बसेको बद्री पंगेनीको भावना मिल्न जान सक्छ। त्यो जानजान हैन, अन्जानमै पनि हुन्छ। यसैका लागि केही मापदण्ड बनाउन जरुरी छ। नत्र त हामी सबै चोर नै चोर हुन्छौं। यो पीडा सबैलाई छ। म अलि बढी बोल्छु, गाली खाइहाल्छु। अरु बोल्दैनन्, गाली खाँदैनन्। लोक गीतमा कति शब्द मिले या संगीत मिले त्यसलाई चोरीको आरोप लगाउन भन्ने नै गम्भीर मुद्दा हो नि।

पहिले पहिले संगीतकार नभनेर संकलक भनिन्थ्यो नि! हैन र लोक गीतका लागि?
हो। तर, त्यसो लेख्दा रोयल्टीको समस्या देखियो। मैले गाएको 'मन थिएन जोगी बन्न'लाई भन्ने गीतमा मैले संकलक राखेको छु। तर, त्यस्तै संगीत भएको अर्को ल्याए पो मैले रोयल्टी नपाउने हो, त्यो छैन भने त मैले मेरो गीतको रोयल्टी पाउनुपर्छ नि! त्यस्तै कुरा नमिलेर संकलकको ठाउँमा संगीत नै राख्ने गरिएको हो।

लोक संगीतको क्षेत्रमा पहिले र अहिलेको कुरा गर्दा कस्तो फरक पाउनुभएको छ?
यो सबैले सोध्ने प्रश्न हो। फरक पहिले एक टेकमै काम तमाम गर्नुपर्थ्यो। अहिले प्रविधिले सजिलो बनाएको छ। सजिलोसंँगै अल्छि पनि बनाएको छ भन्छु म त। किनभने यो भन्दा अगाडिको गीत 'मेरो छोरी तिम्रो घरमा भान्छे चलेन' भन्ने स्टुडियोमा एक्कैछिनमा तयार पारिएको हो। त्यसले राम्रै सफलता हात पार्‍यो तर समय लगाएर मिहिनेत गरेको भए यो एउटा सम्झन लायकको गीत हुन्थ्यो। पहिले म वर्षमा एउटा गीत निकाल्थें। अहिले महिनामा एउटा भइरहेको छ। यो पनि निकै फरक कुरा हो।

Xtrem

Xtrem

वर्तमान राजनीतिको कुरा गरौं। कलाकारले राजनीति बुझ्न कत्तिको जरुरी छ र देशको राजनीतिले कलाकारलाई कस्तो असर पार्ला जस्तो लाग्छ?
यसको बारेमा नबोलौं जस्तो लाग्यो।

सैं पनि एमाले, मैं पनि एमाले गाउँदा तपाईंलाई फाइदा भयो कि बेफाइदा?
कस्तो छ भने, हरेक मानिसले पेशासँगै राजनीति गरेको समाजले पचाउँछ। तर, कलाकार भएर विचारको कुरा गर्छस् भन्छन्। मैले मेरो व्यक्तिगत फाइदा, बेफाइदाका लागि गीत गाएको हैन। तर, ममाथि यो गीतले राम्रै प्रहार भयो। गीत नचलेको भए गाली खाइन्नथ्यो होला। तर, गीत चल्यो मलाई घाटा भयो। मैले गाली खाएँ। दर्शकको स्वतन्त्र भएर बसोस् भन्ने इच्छालाई सम्मान गर्छु। म राजनीति गर्दिनँ। बुझ्न खोज्दाको परिणाम हुन्, यसलाई स्वीकार गर्नैपर्छ।

गायिका कोमल वली अहिले कानुन बनाउने ठाउँमा (संसद्) पुग्नुभएको छ। उहाँका विषयमा उहाँकै पार्टीका नेता रघुजी पन्तबाट हालै आएको अभिव्यक्तिबारे के भन्नुहुन्छ? (भलै उहाँले सञ्चारमाध्यमार्फत् माफी माग्नुभएको छ)
कोमल वलीलाई राघुजी पन्तले जुन कुरा बोल्नुभयो त्यो खेदजनक छ। महिला भएकै कारण, कलाकार भएकै कारण त्यसरी मानहानी गर्न मिल्दैन। यहाँ त उहाँ महिला भन्दा पनि कलाकार भएका कारण त्यस्तो मानहानी खेपिरहनुभएको छ कि जस्तो लाग्छ। राजनीति भनेकै यस्तै रहेछ। हामीले उनीहरूका गीत गाइराख्दा प्रसंशा गर्ने अनि हामीलाई पनि नेतृत्वमा पुर्‍याऊ भन्दा गीत गाउनेले देश सम्हाल्ने? भन्ने। राजनीति गर्नेहरु निकै स्वार्थी हुँदा रहेछन्। स्वार्थी शब्दको पर्यायवाची शब्द यदि नेपालमा बनेको छैन भने, नेतालाई राखिदिँदा हुन्छ।

प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  ०६:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ बिहीबार
आज बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो
सुजुकीको दसैं–तिहार अफर : १ लाख रुपैयाँसम्म छुट, ३६ महिनासम्म शून्य ब्याज
सम्बन्धित सामग्री
२६ वर्षको संघर्षपछि ‘लज्जावती’मा हिरो बने श्री कृष्ण निरौला, सुनाए फिल्मको कथा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहे पनि प्रमुख भूमिकामा देखिने अवसर नपाएका निरौला ‘लज्जावती’मार्फत पहिलोपटक प्रमुख भूमिका... आइतबार, साउन २४, २०८३
‘फिल्म मनोरञ्जन मात्र होइन, यसले समाज बोल्नुपर्छ’ ‘फिल्म एक मनोरञ्जनको माध्यम मात्र होइन, यसले त समाज बोल्नुपर्छ’ भन्ने मान्यता राख्छन् रिम । कक्षा ६ मा पढ्दा फेल भएपछि सँगैका साथिभा... मंगलबार, चैत १९, २०८१
निश्चल बस्नेत भन्छन्– हलहरूले अन्याय गरेपछि ‘दिमाग खराब’को प्रदर्शन रोक्यौं तेस्रो हप्ताबाट हलले ६५ प्रतिशत सेयर लिन्छ र निर्मातालाई ३५ र प्रतिशत दिन्छ। बाहिर हेर्दा फिल्म चलिरहेको पनि देखिन्छ। पैसा कमाइरहेको... बुधबार, कात्तिक २९, २०८०
ताजा समाचारसबै
एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ बिहीबार बुधबार, असोज १४, २०८३
आज बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो बुधबार, असोज १४, २०८३
सुजुकीको दसैं–तिहार अफर : १ लाख रुपैयाँसम्म छुट, ३६ महिनासम्म शून्य ब्याज बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीको झोलुङ्गे पुल चुँडियो बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्