काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षले संसदीय दलको बैठक बोलाएको छ। प्रधानमन्त्री एवम् दलका नेता ओलीको निर्देशनमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका नेकपाका सबै सदस्यलाई उपस्थित हुन निर्देशनसहित संसदीय दलकाे बैठक बोलाइएको हो।
संसद अधिवेशनको अघिल्लो दिन फागुन २२ गते दिउँसो ३ बजे संसद भवन बाँनेश्वरमा उपस्थित हुन निर्देशन दिइएको प्रमुख सचेतक विशाल भट्टराईले बताए। प्रधानमन्त्री एवम् दलका नेता ओलीको निर्देशनमा १ सय ७३ जना संसादलाई अनिर्वाय उपस्थितका लागि निर्देशन दिएको छ।
प्रचण्ड-माधव पक्षका सबै सांसदलाई समेत बैठकमा अनिर्वाय रुपमा उपस्थित हुन सूचना पठाएइको छ। राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदनका सांसदलाई प्रमुख सचेतक भट्टराईले सूचना पठाएका हुन्।
बुधबार बसेको नेकपाको पुष्पपकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले पनि यथाशीघ्र संसदीय दलकाे बैठक बोलाउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।