• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

राजनीतिमा ओलीलाई अब छलफलको विषयसमेत बनाइनु हुन्न : रामकुमारी झाँक्री [अन्तर्वार्ता] 

64x64
नेपाल लाइभ मंगलबार, फागुन १८, २०७७  १९:३१
1140x725

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्री प्रतिनिधि सभा विघटनपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को रुपमा प्रस्तुत भइन्। सरकार चलाइरहेको नेकपाको ओली समूहले उनको तीखो अभिव्यक्ति सहेन। उनलाई नेपाल प्रहरीले सोधपुछका लागि बोलायो। नआएपछि घरमै पुगेर पक्राउ गर्न खोज्यो, कार्यकर्ताले रोके तर उनले गिरफ्तारी दिइन्। केही घन्टा प्रहरी हिरासतमा बसेर औपचारिकता पूरा गर्दै फर्किइन्। प्रतिनिधि सभा पुनःस्थापनाको आन्दोलनमा आफूलाई राम्रैसँग मुखरित गरेकी झाँक्रीसँग डिबी खड्काले गरेको कुराकानीको सारसंक्षेपः
 

प्रतिनिधि सभा विघटनपछिको आन्दोलनमा नेकपाको एक पक्ष नै थियो। अन्य पार्टीका नेता पनि थिए। तर, तपाईंमाथि नै बढी आक्रमण किन भयो जस्तो लाग्छ? 
मैले सुरुदेखि नै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका कदमविरुद्ध सुक्ष्म रुपमा प्रश्न गर्दै आएकी थिएँ। संसदीय दलको बैठकलगायत ठाउँमा आवाज उठाइरहेँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई र पार्टीलाई जसरी जनताले ऐतिहासिक विश्वास गरेर बहुमत दिएका छन्, त्यो अपेक्षा अनुसारको काम गर्न नसकेकोमा मेरो प्रश्न थियो । यो अवसर फेरि प्राप्त नहुन सक्छ, मौका गुमाउनु हुँदैन भन्ने मलाई लाग्थ्यो।

प्रधानमन्त्री ओलीले आफ्नो टिम त बनाउनुभयो, तर यस्ता मानिसको टिम बनाउनुभयो, जहाँ भ्रष्टाचारमा लिप्त, प्रेसलाई देखि नसहने, नागरिक समाजसँग जोरी खोज्ने अनुहार देखिए। उहाँहरूको क्रियाकलाप हेर्दा प्रश्न जरुरी थियो। नेकपा नै बदनाम र हामी पनि बदनाम हुने खतरा देखपछि आलोचना सुरु गर्‍यौं। महामारीपछि झन् समस्या बढ्यो। समस्यामा ध्यान छैन, दल फुटाउने कानुन ल्याउनतर्फ लाग्नुभयो। 

प्रधानमन्त्रीलाई आफ्नो तरिकाले काम गर्न दिनुपर्छ, टिम बनाउन दिनुपर्छ भन्ने क्रियाकलापबाट आजित हामी भयौं। यस्तो सोच राख्नेहरूलाई उहाँहरूले निरासा बनाउनु भयो। राज्यका अङ्गहरूमा उहाँहरू सेटिङ गर्न थाल्नुभयो। अन्तर्राष्ट्रिय नियोगदेखि राज्यका सवै तहमा एकलौटी हुन थाल्यो। प्रदेश प्रमुखदेखि संसदीय समितिका सभापतिसमेत सोही अनुसार नियुक्त हुन थाले। शक्तिपृथकीकरणको सिद्धान्त, संविधानको भावाना र मर्मअनुसार चल्न छाड्नुभयो। आफूसँग असहमति राख्नेलाई समाप्त गर्ने र कब्जा गर्ने रणनीतिमा प्रधानमन्त्री ओली लाग्नुभयो भनेर हामीले वैशाखमै आवाज उठायौं । नेताहरूले भन्दा पहिला हामीले आवाज उठाएका थियौं। अहिले प्रमुख नेताहरू हाम्रो ठाउँमा आइपुग्नु भएको छ। 

आलोचना गरियो, तर ओलीविनाको पार्टी बनाउनेतर्फ सोचिएन। त्यसैले यी ६६ दिन भयग्रस्त अवस्थामा रहनुपर्‍यो। पटक–पटक लोकतन्त्र ल्याउने र खोसिने हुँदा अब नखोसिने गरी ल्याउन हामी लडेका थियौं । तर, त्यसका विरुद्ध प्रधानमन्त्री, राष्ट्रपति र उहाँको भजनमण्डलीले हामीलाई धेरै दुःख दिएको छ। राजनीति भनेको असल मानिसले असल कुराका लागि गर्ने हो भन्ने सोच्नेहरूलाई धेरै प्रताडना दिइयो । प्रधानमन्त्री ओलीको कदमले हामीलाई फेरि ६० वर्षपछि धकेलेको छ। 

ममाथि आक्रमण हुनुको कारण एउटा सानो परीक्षण थियो होला । म सानो कार्यकर्ता थिएँ। मलाई परीक्षण गरेपछि उहाँहरूले सेना समायोजनाको फाइल खोल्नेदेखि ललिता निवासमा फसाउनेसम्मको कुरा थियो। मलाई पक्राउ गर्दा जुन खालको प्रतिक्रिया आयो, त्यसले उहाँहरूलाई सफल हुन दिएन। जब कसैलाई निगरानी गरिन्छ, तिमीमाथि सोधपुछ छ भनिन्छ पक्कै यातना त हुन्छ नै। तर मैले यसलाई त्यो रुपमा लिइनँ। किनकि, यो राजनीतिक मिसनका रुपमा गरिएको थियो। 

तपाईं यो ६६ दिन प्रधानमन्त्री ओलीविरुद्ध लड्नुभयो। फेरि पनि ओलीकै नेतृत्वमा तपाईंहरू एकत्रित हुने सम्भावना कति देख्नुहुन्छ?
ओली प्रवृत्ति हो, पात्र होइन। प्रतिक्रियावादी कित्तामा गएर जसले व्यवस्था विरुद्ध नै दख्खल दिन्छ तिनीहरूलाई आन्दोलनले प्रतिस्थापना गर्छ। त्यस्ता पात्रको नेतृत्व त परेको कुरा अव राजनीतिमा छलफलको विषय पनि बन्न हुन्न जस्तो लाग्छ।

२०६२\६३ को जनआन्दोलनअघि १० वर्षे जनयुद्ध थियो। २०५९ पछि २०६३ सम्म सडकलाई जिउँदो जाग्दो राख्ने हामी नै हौं। राजाले चालेको कदम गलत भएकाले जनआन्दोलनपछि उनलाई पनि हामीले स्पेस दिएनौं। जनप्रतिनिधिको थलोले नारायणहिटीबाट नागार्जुन पुर्‍यायो। नागरिकको स्टाटसमा राखियो।
वंशजका आधारमा राज गर्ने प्राधिकार हुनेलाई त हामीले सीमिति गर्‍यौं। ओलीको स्टेप ज्ञानेन्द्रको भन्दा डरलाग्दो हो। राजनीतिको ठूलो अपराध हो। अपराधमा संलग्न हुनेलाई आत्मआलोचना गरेमा पनि ठाउँ दिनुहुँदैन। २०६३\६३ को लडाइँले हामीलाई पछाडि फर्कन दिएन। समाज बदल्ने निर्णायक तहमा पुर्‍याइएको थियो। राजासँग सम्झौता गरिएन।

Ncell 2
Ncell 2
nimb
nimb

हाम्रो पुस्ता तथा आउने पुस्ताले ओली भाग १\२\३ धान्नै सक्दैन। तीन सय वर्ष अरु पछाडि जान्छौं। ओली प्रवृत्ति यहीँबाट सक्नुपर्दछ। ओलीमा मात्रै होइन ओलीपछि पनि यस्तो प्रवृत्ति हुनसक्छ। ओलीइज्मलाई धान्न राज्यले सक्दैन। कहिले नफर्किने गरी ओली प्रवृत्तिको बिदाइ गर्नुपर्छ।

घृणा, आक्रोश सबै प्रधानमन्त्री केपी ओलीप्रति छ। यसभन्दा अघि तपाईंको निशानामा राष्ट्रपति विद्यादेवी भण्डारी परेजस्तो थियो। राष्ट्रपतिप्रति तपाईं किन त्यति धेरै नकारात्मक हुनुभएको?

असंवैधानिक कदमलाई सहीछाप गर्ने साक्षी राष्ट्रपति बन्नुभयो। साक्षी मात्रै होइन, परिपुरण गर्ने पात्र पनि राष्ट्रपति बन्नुभयो। त्यसकै आधारमा मेरा प्रतिक्रिया आएका हुन्।

सर्वोच्चले निर्णायक र ऐतिहासिक फैसला गरेर मुलुकलाई सही दिशा दिन मार्गनिर्देशन गरेको छ। यो बखत मेरो समीक्षा राष्ट्रपति केन्द्रित छैन। राष्ट्रपतिको समीक्षा गर्न परे थुप्रै प्रमाण ल्याएर त्यसबेला बोलौँला। समीक्षा गर्नुपरे निर्णायक समीक्षा हुन्छ। अब हामी नयाँ कोर्समा जान चाहन्छौं। राजनीति सच्याउने राष्ट्रपति भन्दा पनि अन्य ठाउँबाट हो। राजनीतिको मुहान सच्चिएपछि तल सच्याउन धेरै सजिलो हुन्छ।

Xtrem

Xtrem

कार्यकारीको रबरस्ट्याम्प बनेपछि प्रश्न उठेको हो। सम्झौताहीन लडाइँ लड्नुपर्छ भन्ने लागेर नै बोलिएको हो। संविधानले सीमित गरेको संस्थाका पछाडि धेरै संवाद गर्नुपर्ने छैन। तर, संवादरहित वा प्रश्न गर्न मिल्दैन भन्ने होइन। छलफल गर्नै हुन्न भन्ने होइन। त्यो संस्थामा जाने सबै अस्थायी हुन्, प्रशस्त छलफल हुन्छ। गल्ती गर्ने माथि तद्अनुरुपको कारबाही पनि हुन्छ।

तपाईं सुरुमा मन्त्री पद पाउने आशा भएकाले ओली सरकारको प्रशंसा गर्नुभयो । जब त्यो प्राप्त हुने स्थिति लगभग सकियो । तपाईं ओलीको विरोध गर्न थाल्नुभयो भन्ने गर्छन्? 

त्यस्तो कुनै तुक भएको आरोप होइन। पहिलोपटक सांसद भएकाले मन्त्रीको दाबेदार होइन। मन्त्रीको लाइनमा पनि थिइनँ, आकांक्षी पनि होइन। अर्को कुरा माइलेजमा राजनीति गर्नुपर्छ भन्ने विचार राख्ने नेता हुँ। म ११ वर्षको उमेरमा ठाडो कमिटीबाट संगठित भएर आएको हुँ। मेरो बारेमा धेरै कम र एकाध मान्छेले भनेको कुरा भन्नुभयो। यदि स्याम्पेलिङ गर्‍यो भने मलाई त्यो रुपमा भन्दैनन्। किनभने त्यो बेला पनि खुलमखुल्ला थिएँ। जब मन्त्रिमण्डलले पूर्णता पायो । पूर्णता पाएको बेलामा लेखेका स्टाटस होलान्। हाम्रा प्राथमिकता यी हुन्, हामीले यसरी काम गर्छौ । घोषणापत्रको कार्यन्वयन यसरी गर्छौं। संविधान अनुकुलको काम यसरी गर्छौ भन्ने थियो। 

विद्या भण्डारी कसैको रबर स्ट्याम्प हुन नहुने तर रामकुमारी झाँक्रीचाहिँ प्रचण्ड–नेपालकै पछि लाग्नुपर्ने?

म जस्तै फ्रन्टलाइनको राजनीतिमा आउनु पर्‍यो नि त। मानसम्मान खाने राष्ट्रको अभिभावक, संविधानको संरक्षक भनेकाहरू गुटमा लाग्नु भएन नि। प्रधानमन्त्री पनि गुटमा लाग्नु हुँदैन थियो, उहाँ लाग्नुभएको छ । हामीले राष्ट्रपतिलाई बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक, बहुभौगोलिक विविधतामा आधारित भएको समाजको एकताको साझा प्रतीक मानेका छाँै । उहाँले एउटा पार्टीको, त्यसमा पनि गुटको प्रतिनिधित्व गर्न कसरी मिल्छ ? यस्तो क्रियाकलापले हाम्रो संविधानको भावनामाथि कति घात होला? त्यसैले राष्ट्रपतिले त्यस्तो गर्न पाइँदैन । भोलि आफैं सार्वजनिक ठाउँमा भएँ भने स्वाभावैले त्यस्तो गर्नुहुँदैन भन्ने लाग्छ। आज म फन्टलाइनर हुँ । आज लड्दै छु। खराव विचार हुनेसँग सम्झौताहिन लड्नुपर्छ। फेरि लड्नुहुन्न भन्ने पनि होइन । किनभने गलत विचारलाई लडेरै परास्त गर्ने हो।

यो स्थितिमा ल्याई पुर्‍याउनुमा तपाईंको गुटको नेता प्रचण्ड–माधवको पनि भूमिका त छ। तर, उहाँहरूमाथि किन प्रश्न गर्नुहुन्न? 

घर झगडा नलगाउनुस् न! उहाँहरूका बारेमा सार्वजनिक मञ्चहरूमा आलोचना गरेको छु। ओलीलाई यसरी निर्वाध बेलगाम हिँड्नको लागि गएको मंसिर ४ गतेसम्म उहाँहरूले नै मलजल गरेको हो। त्यसको नतिजा धेरै महँगो भयो । उहाँको जिन्दगीमा मात्रै महँगो भएको भए केही थिएन। हाम्रो समाजलाई हाम्रो व्यवस्थालाई हाम्रो राजनीतिक प्रणालीमै भयो। संविधान माथि नै दख्खल भएपछि बोल्नैपर्‍यो। 

मूल शत्रुका विरुद्ध बाँकी थोरै कमजोरी गर्नेहरूलाई सँगसँगै ल्याएर एउटा विचारमा आवद्ध भएर हिँड्नुपर्छ भन्ने कमिन्टमेन्ट हो। उहाँहरू दुईजनाले जसरी लिएर आउनुभएको छ। त्यो सर्वथा गलत थियो। सरकारको नेतृत्व गर्नेगरी नियुक्ति पत्र खल्तीमा हालेर आइसक्नु भएको थियो। दलको नेतामा एक जना समर्थक बस्नुभयो। अर्को नेता प्रस्तावक बस्नुभयो । मलाई लाग्दै थियो कि तल भुइँमा बसेका हाउसमा बसेकाहरू कोही बहादुर निस्कियोस् कि ओलीलाई निर्वाध निर्विकल्प दलको नेता नछानोस्। ओलीको विरुद्धमा उठ्नेलाई हाल्छु भन्न सकोस्। म यस्तो चाहन्थें। यस्तो वातावरण पनि थिएन। कसैले आँट पनि गरेन।

यता माधव कमरेडले समर्थन गर्नुभयो । प्रचण्ड कमरेडलेले प्रस्ताव गर्नुभयो । हेर्दा लालित्यपूर्ण रस सर्वसम्वत थियो । यसको परिणाम धेरै महँगो पर्छ भन्ने अनुमान गरेका थियौं। त्यहीँ भएर ओलीलाई च्यालेन्ज दिइरहनु पर्छ भन्ने लाग्थ्यो । यो दुई वर्षमा निर्वाध ढंगले वेलगाम हिँडाउनुभयो नि, त्यसको परिणाम एक वर्ष आमुन्ने सामुन्ने लड्नै पर्‍यो। अहिले पनि ओलीसँग त्यस्तो नैतिकता छ कि छैन, आफ्नो कदमको सर्वथा उल्ट्याइ दिएको छ। नैतिकताका आधारमा ओली एक मिनेट त्यो कुर्सीमा बस्न मिल्दैन। र, ओलीको सरकारले काम गर्न मिल्दैन।

सर्वोच्च अदालतको फैसला भएको फागुन ११ गते राति राजीनामा दिनुपर्ने थियो । अहिलेसम्म राजीनामा दिनुभएको छैन। यस्तो नैतिकताहीन शासकले शासन गरेको देशको नागरिक हुँ। मलाई लज्जा बोध हुन्छ। राजनीतिमा नैतिकता भन्ने धेरै ठूलो कुरा हो। यस्तो देशको शासकले शासन गरेको निरीह नागरिक हुँ। एक मिनेट पनि सत्तामा बस्ने अधिकार ओलीलाई छैन।  

संवैधानिक प्रश्नको उत्तर सर्वाेच्चको फैसलाले दियो। राजनीतिक प्रश्न त अझै बाँकी छ भन्ने उहाँहरूको तर्क देखियो नि? 

एउटा समान्य मान्छे पनि कसरी तानाशाह बन्छ भन्ने अभ्यास उहाँहरूले गरिराख्नु भएको छ। मान्छे मारेर पनि केही दिन, केही घन्टा र केही समय सत्ता टिकाउन सकिन्छ। तर, उसको पतन कसरी हुन्छ? त्यो अलग कुरा हो। मान्छेहरू नैतिकता पचाएर झन्डा हल्लाएर हिँडिरहेका छन्। 

ओलीको उदय भएकै अहिले परिदृष्यमा देखिएको पात्रहरू परीक्षण भएर असफल भएपछि हो। फेरि तिनै पात्रप्रति नेपाली जनता कसरी भरोसा गर्न सक्छन्?

पात्र भनेको कहिल्यै महत्त्वपूर्ण मान्दिनँ। ओली पनि महत्त्वपूर्ण पात्र होइनन्। प्रवृत्ति महत्त्वपूर्ण कुरा हो। प्रवृत्तिका कुरामा पर्याप्त छलफल गर्न सक्छौं। जब सामूहिकतामा विश्वास गर्छाैं भने सामूहिक नेतृत्वले दिने परिणाम राम्रो नै हुन्छ। ओली त अहिले एकल बादशाह हुन्। सुन्नुभएन, संविधान सभा अध्यक्ष सुवास नेम्वाङले दिएको सल्लाहसमेत मान्नुभएन भनेको। उहाँलाई पार्टी, टिमवर्क, विधि केही चाहिँदैन। प्रचण्ड–माधव त एकीकृत नेतृत्व हो, एक्लै केही पनि होइन। उहाँहरूले सामूहिक कुरा गरेरै आउनुभएको छ। गर्नुभएन भने लडाइँ त हामी लड्छौं नै। 

रामकुमारी झाँक्रीको पुस्ता वा त्यो भन्दा अघिल्लो पुस्ता किन मूल नेतृत्वमा पुग्ने आँट गर्दैन? कहिलेसम्म नेपाली जनता ७० दशकको वरपर उमेर पुगेका नेताबाट शासित हुने? 

यो पनि घरझगडा लगाउने प्रश्न हो। यो बीचमा हामीलाई एक हिसाबले ठूलो डिप्रेसन जस्तो भयो। जसमाथि विश्वास गरियो, उसैले यो अवस्थामा पुर्‍याएपछि हुनु स्वभाविक होला। तर, यसले मलाई प्रतिबद्ध बनाएको छ। नेतृत्व मैले गर्नुपर्छ भन्ने छैन, योग्य जसले गरे पनि हुन्छ। तर, नेतृत्व सही व्यक्तिको हातमा दिनुपर्छ । यो ६६ दिन ठूलो सिकाइ भयो। यति सिकियो कि दुनियाँको ठूलठूला युनिभर्सिटीमा गएको भए पनि यति धेरै ज्ञान भेटिने थिएन। 

 

प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्