काठमाडाैं– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले पुन: सरकार बनाउने खेलतिर लाग्नु विडम्बनापूर्ण भएको बताएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले शनिबार एक ट्वीट गर्दै उही काम दोहोर्याएर फरक नतिजा खोज्नु पागलपन भएको बताए।
‘आइन्स्टाइटन भन्थे– पुरानै कुरा दोहोर्याउनु अनि नयाँ परिणाम खोज्नु पागलपन हो। संसद् पुनर्स्थापनापछि देशमा एक पक्ष अनेक बहाना गरेर संसद विघटनतिर लान खोज्नु र अर्को पक्ष विगतको कुनै समीक्षा नगरी सांसदको टाउको गन्ने र सरकार बनाउने खेलतिर लाग्नु विडम्बनापूर्ण छ,’ उनले लेखेका छन्, ‘सबैले आत्मसमीक्षा गर्ने कि?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।