काठमाडौं- नेकपा कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघले चैत मसान्तभित्र पाँच लाख सदस्यता वितरण गर्ने भएको छ।
हालै सम्पन्न दोस्रो केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै शनिबार संघका नवनिर्वाचित अध्यक्ष बचनबहादुर सिंहले ‘जहाँ युवा त्यहाँ राष्ट्रिय युवा संघ’ मान्यता अनुरूप चैत मसान्तभित्र पाँच लाख सदस्य विस्तार गर्ने बताएका हुन्।
चैत मसान्तभित्र ७७ वटा जिल्ला कमिटी, १६५ वटा संघीय निर्वाचन क्षेत्र समन्वय कमिटी, ३३० प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, ७५३ स्थानीय तह कमिटी र छ हजार ७४३ वडा कमिटी गठन गर्नेसमेत उनले जानकारी दिए।
मुलुकको स्वाधीनता तथा जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न सबै कमिटीमा साइबर सेना गठन गर्नेसमेत उनको भनाइ थियो।
यसअघि तत्कालीन नेकपा (एमाले)को युवा संघले युथ फोर्स गठन गरेको थियो । बैठकले सरकारले गरेको लोकप्रिय काम र असाधारण उपलब्धिलाई जनताबीचमा पुर्याउन संघका नेता कार्यकतालाई विशेष अभियानका साथ परिचालन गर्ने निर्णयसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।