• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
त्यो ऊर्जाशील कांग्रेस, यो ‘गतिहीन’ कांग्रेस
प्राडा राजेश गौतम शुक्रबार, फागुन ७, २०७७  १३:१९
1140x725

राणा शासनको शोषण, अत्याचार र मानवअधिकार हनन्बाट जनता आजित थिए। आमजनताको चाहना राणा शासनको विरुद्ध उग्र रुपमा प्रकट भइरहेको थियो। १९९७ सालमा राणाहरुले गरेको चारजना नागरिकको हत्याले यस्ता शासकबाट कसरी मुक्ति पाइएला भन्नेमा जनता पुगिसकेका थिए। 

राणाहरुको त्यो कदमले स्तब्ध बनेका तथा भारतको स्वतन्त्रता संग्राममा सरिक भएका धेरै नेपालीलाई नेपालमा पनि राजनीतिक दलको आवश्यकता महसुस हुँदै थियो। राणा शासकको हातबाट जनतालाई स्वतन्त्र गर्ने अभिलाषा उनीहरुमा थियो। जनतालाई अधिकार दिलाउने विचारबाट उनीहरु प्रेरित थिए।

त्यहीबेला दल निर्माणका लागि बीपी कोइरालाले सार्वजनिक आह्वानपत्र जारी गरे। बीपीको त्यही आह्वानपत्रकै आधारमा धेरै नेपाली एकीकृत भए। त्यसका लागि भारतको कलकत्तामा भेला डाकिएको थियो। पहिलो भेलाबाट नेपाली राष्ट्रिय कांग्रेस गठन गरियो। वास्तवमा उक्त भेला नै दल विजारोपणको केन्द्र बनेको थियो। त्यसअघि नै अस्तित्वमा रहेको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसलाई रुपान्तरण गरेर नेपाली राष्ट्रिय कांग्रेस बनाइएको थियो। अर्थात् अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसमा आवद्धहरुबाट नै नेपाली राष्ट्रिय कांग्रेस पार्टी गठन गरिएको थियो। 

यो पार्टीको घोषणा हुँदा नेपालका अधिकांश भागबाट कलकत्ताको त्यो भेलामा उपस्थिति भएको थियो। राम्रो कुरा, नेपाली राष्ट्रिय कांग्रेसप्रति आम नेपालीको ठूलो आशा र विश्वास थियो। जनताको त्यही विश्वासकै आधारमा यो पार्टीले जनआन्दोलनको सुरुवात गर्‍यो।

परिणामतः तत्कालीन राणा प्रधानमन्त्री पद्मशमसेर नेपाललाई नयाँ संविधान दिन बाध्य भए। तर, संविधान लागू हुन भने सकेन। संविधान लागू गर्न पद्मशमसेरले हिम्मत गरेनन्। उनी पछि आएका राणा प्रधानमन्त्री मोहन शमसेरले पदमशमसेरले बनाएको संविधानलाई अवैध घोषणा गरिदिए। उनले नेपाली राष्ट्रिय कांग्रेसलाई पनि अवैध घोषणा गरे। एक पटक आन्दोलन गरेर केही हदसम्म नागरिकले अधिकार प्राप्त गरेका थिए। त्यसरी प्राप्त अधिकारलाई मोहनशमसेरले कुल्चिदिए।

सशक्त आन्दोलन गर्न सकियो भने अधिकार पुनः फर्काउन सकिने विचार पुनः विकसित भयो। परिवर्तन हुनुपर्छ भन्ने युवाहरु नै दुई समूहमा विभाजित भए। एउटा खेमाले अहिंसात्मक आन्दोलनको पक्ष लियो। अर्को खेमा सशस्त्र आन्दोलनको पक्षमा उभियो। सैद्धान्तिक र अहिंसात्मक आन्दोलन गर्ने विचारको नेतृत्व बीपी कोइराला, मातृका प्रसाद कोइराला लगायतले गरे। राणाहरुको विरुद्धमा सशस्त्र आन्दोलन गर्नुपर्ने विचारको नेतृत्व सुर्वण शमसेर, महाविर शमसेर, सूर्यप्रसाद उपाध्याय, सुन्दरराज चालिसे, महेन्द्रविक्रम शाह लगायतले गरे। यसरी विचारका आधारमा नेपाली राष्ट्रिय कांग्रेस दुई चिरामा विभाजित भयो।

२००४ सालको आन्दोलनले बीपी कोइराला जेल परेका थिए। उनी जेलमुक्त भएसँगै डिल्लीरमण रेग्मीसँग विवाद सुरु भयो। यो विवादको विषय सत्ताकेन्द्रित थियो। विवाद बढ्दै गएपछि बीपीले आफ्नो समूहको विस्तार आफ्नै तरिकाले गर्न थाले। रेग्मीले पनि बेग्लै समूह गठन गरे। नेपाली राष्ट्रिय कांग्रेस दुई टुक्रामा विभाजित भयो। रेग्मी समूहले अघि बढाएको नेपाली राष्ट्रिय कांग्रेसको नेतृत्व उनले बाँचुन्जेल गरे। तर, त्यो पार्टीले राष्ट्रिय अस्तित्व कायम गर्न सकेन।

बीपीको नेतृत्वमा रहेको नेपाली राष्ट्रिय कांग्रेस भने निरन्तर अघि बढिरहेको थियो। त्यो भारतको स्वतन्त्रता संग्राम अन्तिम अन्तिमतिर पुगेको बेला थियो। बीपी र सुवर्ण समशेर दुईतिर रहेका कांग्रेसलाई त्यसबेला भारतीय नेताहरुले विभाजित नभई एकत्रित हुन आग्रह गरेका थिए। त्यसबेला सुवर्ण समशेरको नेतृत्वमा नेपाल प्रजातन्त्र कांग्रेस थियो। बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस छँदै थियो। भारतीय नेताहरुले कांग्रेसप्रति एकप्रकारले सदभाव देखाएका थिए। उनीहरुले दुवै कांग्रेसका नेताहरुलाई भनेका थिए, ‘तिमीहरुसँग विचार छ। सिद्धान्त छ। आस्था राख्ने कार्यकर्ता छन्।’ 

Ncell 2
Ncell 2

हुन पनि प्रजातन्त्र कांग्रेससँग आर्थिक पक्ष बलियो थियो। भारतीय नेताहरुको सुझावमा दुवै कांग्रेसले पार्टी एकीकरण गर्ने निधो गरे। एउटा पक्षले ‘राष्ट्रिय’ शब्द छाड्यो। अर्कोले ‘प्रजातन्त्र’ भन्ने शब्द छोड्यो। अनि २००६ साल चैत २७ नेपाली कांग्रेसको स्थापना भयो।

राणाशासन ढाल्ने कांग्रेस यसरी समस्याग्रस्त बन्न थाल्यो
बीपी कोइराला आफू गान्धीबाट प्रभावित थिए। गान्धीकै नेतृत्वमा भारतमा अहिंसात्मक आन्दोलन भएको थियो। यद्यपि, अहिंसात्मक आन्दोलनबाट मात्रै भारत बेलायती उपनिवेशबाट मुक्त भएको भन्न मिल्दैन। सुभाषचन्द्र बोसले यसनिम्ति सशस्त्र आन्दोलन चलाएका थिए। तर, आर्थिक पक्ष कमजोर हुनु र अहिंसात्मक आन्दोलनका पक्षपाती भएकाले पनि हुनसक्छ, बीपी सशस्त्र आन्दोलनको पक्षमा थिएनन्।

नेपाल प्रजातन्त्र कांग्रेससँग एकीकृत भएपछि उनमा आर्थिक बल पनि जोडियो। सशस्त्र क्रान्तिका लागि आर्थिक जोहो गर्न सुवर्ण शमसेर तयार थिए। हतियार संकलन गरेर सशस्त्र क्रान्ति गर्न बीपीको एकल प्रयासले मात्रै सम्भव हुने कुरा थिएन। दुवै समूह एक भएसँगै वैचारिक र हातहतियार दुवै तरिकाले कांग्रेस बलियो भयो। हतियारको संकलन बीपीको समूहले भन्दा बढी सुवर्ण शमसेरको समूहले गरेको थियो। 

गान्धीको विचारबाट नेपालमा परिवर्तन हुँदैन भन्नेमा सुवर्णशमसेर ढुक्क थिए। एकीकरण नहुँदै हतियार संकलनमा उनको समूह लागिसकेको थियो। सुवर्णसमशेरको त्यसबेलाको कांग्रेसले हतियार खोसेको इतिहास भेटिँदैन, अर्थात् हतियार खरिद गरेरै जुटाइएको थियो। हतियार संकलन गर्ने कार्यमा थिरबम मल्ल सक्रिय भएर लागेका थिए। भारतमा सुभाषचन्द्र बोसले चलाएको हतियारवद्ध आन्दोलनमा सहभागी भएकाहरु पनि कांग्रेसमा आवद्ध भएका थिए। फौजी आन्दोलनमा सहभागी भएकाहरु मूलतः सुवर्ण शमसेरको माध्यमले जोडिएका थिए।

त्यसपछि एकीकृत पार्टीले राणाहरु विरुद्ध शसक्त आन्दोलन उठायो। विचार र शस्त्र दुवैबाट सुसज्जित भएर अघि बढेको कांग्रेसको यही बलले नेपालमा राणा शासनको अन्त्य भयो।

२००७ सालको आन्दोलन सफल भयो। तर, आन्दोलन सफल भएसँगै राजनीतिक अस्थिरता पनि सुरु भयो। आन्दोलनको अगुवाइ गरेको कांग्रेसमा फेरि दुई विचारको टकराव देखियो। त्यो टकराव बीपी र मातृकाप्रसाद कोइरालाबीच सुरु भएको थियो। मातृका भारतनिकट थिए, जवाहरलाल नेहरुसँग पनि उनको सम्बन्ध प्रगाढ थियो। नेहरुको शैलीबाट बीपी सन्तुष्ट थिएनन्। बीपी भारतका समाजवादी नेता जयप्रकाश नारायणसँग सम्बन्ध नजिक बनाउँदै थिए। यसले गर्दा पार्टीमा वैचारिक द्वन्द्व बढ्यो। बीपी र मातृकाबीचको आरोप र प्रत्यारोप चुलिएर गयो। 

२००७ सालको परिवर्तनपछि मोहन शमसेरको नेतृत्वलाई स्वीकार गरेर बीपी गृहमन्त्री भए पनि उनले उक्त पद नै छाडे। त्यसपछि मातृकाको नेतृत्वमा कांग्रेसको सरकार गठन भयो। मातृका नेतृत्वको सरकार बने पनि कांग्रेसभित्रको विवाद कम भएन। विवादलाई कतिपयले सिद्धान्तका रुपमा अर्थ्याए, कतिपयले पारिवारिक बेमेलका रुपमा पनि यसलाई चर्चा गरे। 

बीपी र मातृका दाजुभाई भए पनि आमा बेग्लै भएकाले पारिवारिक विवाद राजनीतिमा पनि जोडिएको भन्ने गरिन्छ। यी दुई कोइरालालाई मिलाउन जयप्रकाश नारायणले पनि प्रयास गरेका थिए। तर, बीपीमा अहं पनि थियो जसले गर्दा उनले जयप्रकाशले दिएका सुझाव स्वीकार गरेनन्। विवाद बढेर उत्कर्षमा पुगेपछि मातृकाले कांग्रेस छाडे। उनले गठन गरेको नयाँ दलकै नेतृत्वमा सरकार बन्यो। 

अहंको यस्तो लडाईं कांग्रेसमा त्यसपछि पनि कम भएन, बरु झन् बढ्दै गयो। कांग्रेसभित्रका मन पनि विभाजित हुँदै गए। त्यसबेला विवादलाई विचारको प्रधानका रुपमा प्रस्तुत गरिन्थ्यो। धेरैजसो विवाद विचारप्रधान नै हुन्थे। राष्ट्र र जनताको पक्षमा विवाद हुँदा नेतृत्वले लिएको विचार देश र जनताको पक्षमा भएको महसुस गरेसँगै अरुले पनि मूल नेतृत्वकै लाइन लिने गर्थे। नेतृत्वको लाइनलाई सबैले स्वीकार्थे। भागवण्डाको विचारलाई महत्व दिइने पद्धति त्यसबेला थिएन। त्यस्तो अभ्यास पनि थिएन। त्यहीकारण पनि भाग नपाएर पार्टी फुटाउनतिर कोही लागेनन्।

बीपी र मातृका दाजुभाई भए पनि आमा बेग्लै भएकाले पारिवारिक विवाद राजनीतिमा पनि जोडिएको भन्ने गरिन्छ। यी दुई कोइरालालाई मिलाउन जयप्रकाश नारायणले पनि प्रयास गरेका थिए।

२०१७ सालको घटनाले नागरिकका अधिकार फेरि अपहृत भए। २०१७ सालको घटनापछि बीपी जेलमा भएपछि नेपाली कांग्रेसको नेतृत्व सुवर्ण शसमेरको हातमा पुग्यो। निर्वासनमा बसेर सुवर्णले पार्टी नेतृत्व सम्हालेका थिए। २०१७ पछिका सुरुका दुई वर्ष हिंसात्मक आन्दोलन पनि भए। त्यसैबेला भारत र चीनबीच युद्ध भएकाले नेपाली आन्दोलनले प्रभाव छाड्न सकेन। भनिन्छ– भारतकै आग्रहमा सुवर्णले हिंसात्मक आन्दोलन रोकेका थिए। बीपी कोइराला भने आन्दोलन रोक्न नहुने पक्षमा थिए। तर, आफू जेलमा भएकाले बीपी निर्णय गर्न सक्ने अवस्थामा थिएनन्। आफ्नो विचार राखे पनि विवाद भने उनले गरेनन्, सुवर्णको नेतृत्व नै स्वीकारे। 

पछि २०३३ सालमा बीपी राष्ट्रिय मेलमिलापको नीति लिएर भारतबाट फर्कने बेलासम्म कांग्रेसभित्र प्रष्ट दुई विचार थिए। कांग्रेसमा संविधान सभाको पक्षमा आवाज पनि उठ्न थालेको थियो।

विचारले गर्थ्यो नेतृत्व
कांग्रेसले अबलम्बन गर्ने नीतिलाई लिएर शीर्ष दुई नेताबीच विवाद बढ्दै गएको थियो। तर, उनीहरु एकले अर्कोलाई स्वीकार गर्न तयार भए। किनभने दुवैले अर्काको विचारलाई निस्तेज गरेका थिएनन्। यसको अर्थ वैचारिक मतभिन्नताले कांग्रेसको शक्तिमा क्षयीकरण भएन। कांग्रेस कमजोर नहुनुको कारण थियो– नेताहरु विचार राख्थे, तर निर्णयलाई स्विकारेर अघि बढ्थे।

२०३३ साल अघि बीपी कोइराला निर्वासनमा हुँदा कृष्णप्रसाद भट्टराई भारत नजाने भनेर नेपालमै बसेका थिए। स्वदेशमै रहेर पञ्चायत विरुद्ध लड्ने उनको दृढता थियो। हो, बीपी र भट्टराईबीच प्रष्ट मतभिन्नता थिए। तर, यी दुई शीर्ष नेताबीचको विवादले पार्टीलाई कुनै हानि गरेन। कार्यकर्ता विचारका आधारमा विभाजित थिए। बीपी, सुवर्ण, भट्टराईको पक्षमा कार्यकर्ता लागेका थिए। तर, विचारलाई आधार मानेर कार्यकर्ताहरु नेताको पछि लागे पनि पार्टी नीतिविरुद्ध लाग्ने कोही थिएन। २०४६ अघि नेताहरुको फरक फरक दृष्टिकोण भए पनि प्रजातन्त्रका लागि सबै एक थिए।

बहुदलसँगै विचार गौण
२०४६ सालपछि बनेको भट्टराई नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्ले आफ्नो कार्यकाल सफलतापूर्वक पार ग
र्‍यो। तर, कांग्रेसका लागि २०४६ सालपछिको अवस्था त्यसअघिकै रुपमा रहेन। सिद्धान्तका कुरा पछि पारे। व्यक्तिको विचार प्रधान हुन सुरु भयोे। व्यक्तिलाई महत्व दिन सुरु गरेसँगै भट्टराई र गणेशमान सिंह एकातिर भए। गिरिजाप्रसाद कोइराला अर्कोतिर भए।

व्यक्ति नै सर्वेसर्वा ठान्ने प्रवृत्ति कोइराला परिवारबाट सुरु भएको थियो। कांग्रेस हामीले सिर्जना गरेको हो भन्ने भावना कोइराला परिवारमा विकसित भएको थियो। कोइराला परिवारले बनाएको पार्टी भएकाले ‘निर्णय अधिकार हामीमा’ हुनुपर्ने अहं उनीहरुमा थियो। नेतृत्व हाम्रो बाहेक अरुको हुनुहुन्न भन्ने कोइराला परिवारको प्रवृत्ति थियो।

कोइराला परिवारले विकसित गरेको प्रवृत्तिमा कार्यकर्ता पनि समाहित हुन पुगे। कार्यकर्तालाई दीक्षित पनि त्यसै अनुसार गरियो। विचारका आधारमा नभई व्यक्तिलाई महत्व दिएर कार्यकर्ता विभाजित भए। विस्तारै विस्तारै कांग्रेसको विचार स्खलित हुँदै गयो। बहुदलीय व्यवस्थाको पुर्नबहालीसँगै व्यक्तिप्रधान मानिने प्रवृत्ति आजपर्यन्त कायम छ। र, व्यक्ति प्रधान हुने भागवण्डाको सुरुवात मूलतः २०४६ पछि नै सुरु भएको हो।

वर्तमानको कांग्रेसमा समूह छन्, तर ती विचारमा आधारित समूह होइनन्। विचारका आधारमा नभई व्यक्ति विशेषका रुपमा आफूलाई प्रस्तुत गरिएको छ। नीति एकातिर समूह अर्कोतिर छन्। आफ्नै बलबुतामा नेता बनेका पनि समूहकै पछि लागेका छन्। संस्थापन भनिने र अर्को समूहको भित्र पनि उपसमूहहरु छन्। 

एक हिसाबले भन्दा २०४६ सालपछि प्रार्दुभाव भएको विकृतिमै कांग्रेसीहरु पनि लिप्त भए। व्यक्तिगत स्वार्थ प्रधान बन्यो। भन्न त उनीहरु लोकतन्त्रकै लागि बनेको समूह भन्छन्, पार्टी विधानको परिपालन गराउन जोड दिने समूह भन्छन्। तर,उनीहरुका गतिविधिले राष्ट्र र जनतालाई लाभ हुनै सक्दैन। पार्टीमा विकृति भयो, विधान मिचियो, पद्धति लत्याइयो भन्न चाहिं कसैले पनि छाड्दैनन्।

ढिलोचाँडो देश निर्वाचनमा जानेछ। अबको निर्वाचनका लागि कांग्रेसले विवेक पुर्‍याएन र देउवाकै नेतृत्वमा पार्टी रहिरह्यो भने आशातीत मत पनि कांग्रेसलाई आउने छैन।

आज प्रजातन्त्रलाई कमजोर बनाउन सबभन्दा धेरै सत्तारुढ दल जिम्मेवार छ। उसकै कार्यले प्रजातन्त्रलाई कमजोर बनाउने काम गरेको छ। यो अवस्थामा संविधान र लोकतन्त्र बचाउनका लागि कांग्रेसले आफूले खेल्नुपर्ने भूमिका बिर्सेको छ। यसले कांग्रेसको साख र छवि नै खस्काएको छ। कांग्रेससँगै यसका सभापतिको छवि झनै ओरालो लाग्दो क्रममा छ। सभापति शेरबहादुर देउवाकै कारण कांग्रेसप्रति वितृष्णा बढ्नेको संख्या बढ्दै गएको छ। रुखमा मत नखसालेर हँसिया हथौडामा मत प्रदान गर भन्ने देउवाको कार्यकर्तालाई गरिएको उर्दी राजनीतिक छँदैथिएन। उनले यस्तो कदम चाल्नुको कारण मात्र सत्ताप्राप्तिको लक्ष्य थियो। 

देउवाको प्रवृत्तिले गर्दा तटस्थ नागरिकको पनि कांग्रेसप्रति वितृष्णा पैदा हुँदै गएको छ। संविधानमाथि प्रहार भएको यो समयमा त कांग्रेसले सामूहिक निर्णय गरी जनताले पत्याएको व्यक्तिलाई अघि सारेर एकतावद्ध भई अघि बढ्नुपर्ने थियो।

देउवाको नेतृत्वले झन् कमजोर
ढिलोचाँडो देश निर्वाचनमा जानेछ। अबको निर्वाचनका लागि कांग्रेसले विवेक पु
र्‍याएन र देउवाकै नेतृत्वमा पार्टी रहिरह्यो भने आशातीत मत पनि कांग्रेसलाई आउने छैन। नेकपा दुई टुक्रामा विभाजित भए पनि त्यसको उच्चतम लाभ कांग्रेसले उठाउन सक्दैन। बरु देउवाकै कारण कांग्रेसको मत संख्या घट्छ। फेरि पनि कांग्रेस सत्ताबाट विमुख नै रहन्छ।

संविधान मिचिएको यो समय प्रतिनिधि सभा विघटनविरुद्ध रहेका सबै दललाई एकत्रित गरी आन्दोलनको नेतृत्व गर्नुपर्ने कांग्रेसले हो। प्रचण्ड–माधव पक्षीय नेकपालाई देउवाले आफ्नो नेतृत्व मातहत ल्याएर आन्दोलन हाँक्नुुपर्ने थियो। मेरो नेतृत्वको आन्दोलनमा तपाईंहरु आउनुस् भन्नुपर्ने थियो। पार्टीलाई बलियो बनाउने कार्यदिशा देउवासँग देखिँदै देखिएन। उनको अर्जुनदृष्टि सत्तामा मात्र देखियो। पार्टीलाई टेको बनाएर आफू कसरी बलियो बन्ने भन्ने ध्याउन्न मात्र देउवामा देखिएको छ। सत्ताको लोभले देउवालाई उनलाई छाडेको छैन, छाड्ने पनि देखिँदैन। अहिले पनि उनले दुवैतिर खुट्टा राखेर प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव दुवैलाई खुसी राख्ने प्रयत्न गरिरहेका छन्।

यतिखेर कांग्रेसले पार्टीभित्र सामूहिक विचारलाई मानेर त्यसलाई बोक्ने एक नेतालाई अघि सार्न सक्नुपर्थ्यो। तर, त्यसका लागि देउवा भने परीक्षण भइसकेका नेता हुन्। उनको नेतृत्वले दललाई गति दिन सक्दैन। परीक्षण हुन बाँकी अर्को नेतालाई अघि सारेर पनि लोकतन्त्रको बचाउमा कांग्रेस एकढिक्का हुुनपर्ने हो। त्यसले जनतामा पनि सकरात्मक सन्देश प्रवाह गर्ने थियो। त्यो अवसरबाट कांग्रेस चुक्दै गएको छ।

म जन्मजात नै कांग्रेस हुँ भन्ने कांग्रेसमा पुरानो प्रवृत्ति छ। नयाँ पुस्तामा अब त्यही अवस्था हुँदैन। हिजोका दिनमा कांग्रेसको झण्डा बोकेको हुँ, मत सधैं कांग्रेसलाई दिनुपर्छ भन्ने मान्यता बोक्नेहरुको संख्या आज घट्दै गएको छ। नयाँ पुस्तामा आफ्नो प्रभाव बढाउने कार्य कांग्रेसले गर्नै सकेन। नयाँ पुस्ता आर्कषित गर्ने क्षमता कांग्रेसमा देखिएकै छैन भन्दा हुन्छ। यही तरिका अवलम्बन गर्दै गए कांग्रेसको हविगत के होला ?

(राजनीतिक इतिहासकार गौतमसँग लिलु डुम्रेले गरेको वार्तामा आधारित)
 

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १३:१९
  • #प्रजातन्त्रका_७_दशक

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
सम्बन्धित सामग्री
अवुधावीमा मनाइयो गणतन्त्र दिवस समारोहमा राजदूत, दुबईस्थित नेपाली महावाणिज्य दूतावासका नवनियुक्त महावाणिज्यदूत, राजदूतावास तथा महावाणिज्य दूतावासका कूटनीतिक कर्मचार... शुक्रबार, जेठ १६, २०८२
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ उद्योगी व्यवसायीहरु लगानीका लागि उत्साहित छैन। राजनीतिक नेतृत्व शक्ति संघर्षमै व्यस्त छ। दैनिक दुई हजार भन्दा बढी युवाहरु रोजगारीका... बिहीबार, जेठ १, २०८२
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? विशेषगरी, स्मार्टफोन आजको पुस्तालाई समयभन्दा बढी कब्जामा लिएको छ । जहाँ हेरे पनि मानिसहरू मोबाइलमा हराएका देखिन्छन्- सोसल मिडियामा स... शुक्रबार, वैशाख ५, २०८२
ताजा समाचारसबै
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी शनिबार, जेठ २४, २०८२
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिबार, जेठ २४, २०८२
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्