काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन मोहप्रति आलोचना गरेका छन्।
कांग्रेस सभापति देउवाले सोमबार भैरहवामा भएको विरोध सभामा चुनावको तयारी नगरेको भन्दै निर्वाचन आयोगप्रति असन्तुष्टि जनाएका थिए। देउवाको निर्वाचनप्रतिको आशक्तिलाई भट्टराईले विरोध गरेका छन्।
संसद पुर्नबहाली पछि कांग्रेसका दुवै हातमा लड्डु हुने भट्टराईले टिप्पणी गरेका छन्। संविधानलाई मिचेर गरिने निर्वाचनलाई कांग्रेसले लोकतन्त्र भनेकै चुनावका रुपमा अर्थ्याउनु दुःखद् हुने उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
‘चुनावमा त ढिलोछिटो जानैपर्छ। तर, ओलीको असंवैधानिक कदम नसच्चिइ चुनावमा जाँदा (भैहालेमा!)संविधान धरापमा पर्छ। संसद पुनर्स्थापनापछि चुनावमा जाँदा दुवै हातमा लड्डु हुन्छ! किन नबुझेको?कि सेटिंग नै हो?’, भट्टराईले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।