• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्चमा बहस : 'यो संविधानमा न श्री ५ छ, न श्री ३ नै'

64x64
नेपाल लाइभ सोमबार, फागुन ३, २०७७  २१:४७
1140x725

काठमाडौँ- प्रतिनिधि सभा विघटनको मुद्दामा लगातार बहसपछि सोमबार निवेदकहरूको जवाफी बहस पनि सकिएको छ। प्रतिनिधि सभा विघटनको मुद्दामा अबको एक सातामा एमिकस क्युरी (अदालती सहयोगी)को राय सकिएपछि फैसलाका चरणमा पुग्ने छ।

माघ ४ गतेदेखि शुरु भएको अन्तिम बहसका क्रममा १३ निवेदकका कानुन व्यवसायी, सरकारका तर्फबाट महान्यायाधिवक्ता, सरकारी वकिल ,प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाका नीजि कानुन व्यवसायी बहस सकेका छन्। 

आइतबार र सोमबार निवेदकका कानुन व्यवसायीहरुले जवाफी बहस गरेका हुन्। जवाफी बहसका क्रममा विपक्षका कानुन व्यवसायी र सरकारी वकिलले उठाएका तर्कहरुमा जवाफ दिएका थिए। सर्वोच्च बार र नेपाल बार एसोसिएसनबाट तोकेर पठाइएका ५ जनाले मंगलबारदेखि संवैधानिक इजलासलाई राय दिनेछन्। 

'न्याय हुने र संविधान बाँच्ने फैसला लेखौँ'
जवाफी बहसका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले इजलास र न्यायाधीशहरुको प्रशंसा गरेर सुरु गरे। सात बुदाँमा बहस गरेका थापाले ऐतिहासिक फैसला सुनाउने अवसर भएकोदेखि न्यायाधीशहरु 'कन्भिन्स' भएको फैसला मान्य हुनेसम्म भने।

प्रधानमन्त्रीको पद खाली नभएको तर्कबाट बहस थालेका उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधानको धारा ७६ र ८५ थप गरेर विघटन भएको भनी विज्ञप्ति जारी गर्ने अधिकार नभएको तर्क गरे।

‘श्रीमानहरु जेमा कन्भिन्स हुनुहुन्छ। त्यही फैसला लेखौँ, न्याय आफैँ कन्भिन्स हुने कुरा हो,’ थापाले भने, ‘यत्रो दिन बहस सुनिसक्दा दिक्दारी पनि भएको हुन सक्छ। तर यो इजलासले अन्याय गर्ने छैन।’ 

उनले बहसका क्रममा विपक्षका कानुन व्यवसायीहरुले श्री ३ र श्री ५ को कुरा ल्याएको भन्दै उनले यो संविधानमा न त श्री ५, न त श्री ३ भएको जवाफ दिएका थिए। 

प्रतिनिधि सभा विघटनविरुद्ध अरु दल किन अदालत आएनन् भन्ने प्रश्नको जवाफमा थापाले इजलासले अरुको  पर्खेर बस्न जरुरी नभएको जवाफ दिए। 

nimb
nimb
Ncell 2
Ncell 2

नेकपा अहिलेसम्म विभाजन नभएको भन्दै उनले अदालत जो आएपनि न्याय इजलासले दिने उनले तर्क गरेका थिए। विगतमा गिरिजाप्रसाद कोइरालाले विघटन गर्दा विश्वनाथ उपाध्यायले 'सरकार बन्छ कि बन्दैन' भनेर सोधेका प्रश्नमा सम्झना गर्दै उनले एउटै पार्टीकै भएपनि सरकार बन्छ भनेको र पछि रिट जारी भएको सुनाए। 

प्रधानमन्त्रीलाई अवशिष्ट अधिकार संविधानले दिएको  विपक्षको तर्कमा सहमत हुन नसकिने भन्दै थापाले नेपालको सार्वभौम राजकीय सत्ता जनतामा रहन्छ भनेर संविधानले भनेको तर यहाँ राजाको अधिकार छ भनेर बहस भएको उनको तर्क थियो।

‘राजनीतिक शक्ति भनेर संविधानको जुन धारामा छोएर गर्दा पनि हुन्छ,’ थापाले भने, ‘तर संविधान हेर्दा अहिले जति लेखियो त्यतिमात्र पाउने हो।’ 

प्रधानमन्त्रीले कार्यकारी भने पनि वा संसदीय अभ्यास भनेपछि विघटन गैरसंवैधानिक भएको दावी थापाको थियो। 

‘विगतका संविधानमा विघटनको अधिकार प्रधानमन्त्रीमा राख्दा दुरुपयोग भएको थियो। त्यही भएर अहिलेको संविधानमा यो व्यवस्था नराखिएको हो,’ थापाले भने, ‘फौजदारी संहिताको दफा ५८  अनुसार संसदलाई अवरोध गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन।’

विगतमा सबै विघटन सहन परेकाले अब फेरि त्यही अवस्थामा जान नहुने उनको तर्क थियो। ऐतिहासिक रुपमा संविधान सभाबाट बनेको संविधान भएकाले यसलाई बचाउनुपर्ने उनको तर्क थियो।

थापापछि वरिष्ठ अधिवक्ता गोविन्द शर्मा 'बन्दी' बहसका लागि उपस्थित भए। बन्दीले निर्वाचन हुन नसक्ने दाबी गरे। प्रधानमन्त्रीको दावीअनुसार हेर्न हो भने पनि बहुमत बाहिर बस्ने अवस्थामा निर्वाचन हुन नसक्ने उनको दावी थियो।

वैशाखमा निर्वाचनमा व्यवहारिक र कानुनी दुवै रुपमा असम्भव भएको दावी गरेका उनले निर्वाचन आयोगले पार्टी विवादमा केपी ओली र पुष्पकमल दाहाललाई पठाएको पत्रले यो देखाउने बताए। 

आयोगले अहिलेसम्म दल दर्ताको सूचना समेत ननिकालेको भन्दै उनले निर्वाचन हुन नसक्ने तर्क गरे। ‘अहिलेको अवस्था हेर्दा गत निर्वाचनमा ६० प्रतिशत नेकपाको सूर्य चिन्हले ल्याएको हो। यो त अलग छैन,’ उनले भने ‘दुई वटाको हस्ताक्षर नभई सूर्य एउटालाई दिन मिल्दैन भनेर आयोगले भनेको छ। अनि बहुमत प्रतिशतलाई बाहिर आएर राखेर निर्वाचन हुन सक्छ त?’ 

उनको यो बहसप्रति प्रधानन्यायाधीश राणाले प्रश्न गरे, ‘यही पार्टी लिएर निर्वाचनमा जाने होइन होला नि त? राणाले फेरी थपे यो निर्वाचन आयोगको काम हो यता नजाऔँ। विषयभन्दा बाहिर बहस नगरौँ।’ लगत्तै उनले यो विषयमा बहस अन्त्य गरे। 

उनीपछि बहसका लागि अधिवक्ता टीकाराम भट्टराई आए। प्रतिनिधि सभा विघटन सदर भएमा देश गम्भीर संवैधानिक समस्यामा फस्ने दाबी भट्टराईको छ। 

‘राष्ट्रपतिले सिफारिस गरेको विघटनमा उल्लेख भएका धारा ७६ र ८५ भन्दा बाहिर गएर इजलासले फैसला गर्न सक्दैन,’ भट्टराइले भने, ‘यो धारावाट असम्भव देखिएपछि धारा ७४ देखि अन्य धाराहरुको तर्क आयो तर यो मान्न हुने अवस्था र ब्याख्या इजलासले गर्न सक्दैन।’

प्रधानमन्त्रीले गरेको असंवैधानिक विघटनले अहिलेको शासन शासन व्यवस्था, गणतन्त्र र लोकतन्त्र नै धरापमा परेको उनको दावी थियो । ‘प्रधानमन्त्रीले म वाहेक अरुले वनाउन सक्दैन भन्नु भएको छ यो भनेको के हो?,’ भट्टराईले भने ‘संस्दमा अविश्वासको प्रस्ताव ल्याउने, प्रधानमन्त्रीलाई अल्पमत पार्ने अधिकार दलहरुलाई सविधानले लिएको छ।’

विघटनपछि देशमा डरलाग्दो संवैधानिक अवस्था सिर्जना भएको दावी उनले गरे। ‘प्रतिनिधि सभा विघटन सदर भएर वैशाख निर्वाचन भएन भने मुलुकमा संवैधानिक संकट आउँछ,’ भट्टराईले तर्क गरे, ‘त्यो अवस्थामा न कार्यपालिकाले काम गर्छ न न्यायापालिका रहन्छ।’

वैशाख २७ देखि कार्यपालिका र न्यायपालिका ठप्प हुने उनको तर्क छ।  संवैधानिक नियुक्ति र अन्य काम समेत गैर संवैधानिक हुने उनको दावी थियो।

विगतका सर्वोच्चले संकटकालमा निर्वाचन हुन्छ भनेर व्याख्या गरेको तर अहिले त्यो भन्दा डरलाग्दो अवस्था रहेको उनको दावी थियो। बहसका क्रममा भट्टराईले ओली फुटबल खेलिरहेको त्यो पनि मैदान बाहिर आफूमात्र खेलेको दावी गरे। अहिले प्रधानमन्त्रीले मैदान बाहिर आफूमात्रै खेलेर गोल गरिरहनु भएकाले संसदम फर्काएर खेल भनेर अदालतले भन्नुपर्ने भट्टराईको तर्क थियो।

सोमबार वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, वरिष्ठ रमण श्रेष्ठ, मुक्ती प्रधान र अधिवक्ता मेघराज पोखरेलसहितले बहस गरेका थिए। 

प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  २१:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
जल तथा मौसम विज्ञान सेवाको क्षमता विस्तार र स्तरोन्नति गरिने
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू
सम्बन्धित सामग्री
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले १२ वटा ट्रेड युनियन दर्ता खारेज गर्ने निर्णय... बुधबार, वैशाख २३, २०८३
प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त हिजो बसेको मन्त्रिपरिषद् बैठकले डा.अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। बुधबार, वैशाख २३, २०८३
ओलीजीमा जस्तै बालेनजीमा पनि जे गरे पनि हुन्छ भन्ने भ्रम देखियो : सभापति थापा संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै थापाले ओलीको जस्तै भ्रमबाट सरकार मुक्त हुनुपर्ने उनले बताएका हुन् । बुधबार, वैशाख २३, २०८३
ताजा समाचारसबै
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
जल तथा मौसम विज्ञान सेवाको क्षमता विस्तार र स्तरोन्नति गरिने बुधबार, वैशाख २३, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्