काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यले सहिदमाथि दमन गर्न खोजेको बताएका छन्।
जनता समाजवादीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरुको कथा’ पुस्तकको लोकार्पण कार्यक्रममा प्रचण्डले भने, ‘सहिदमाथि राज्यले दमन गर्न खोज्छ।तर,आउने पिढीले तिनिहरुलाई चिहानबाट खोज्नेछन्।’
प्रतिनिधि सभा विघटनले संविधानमा प्राप्त अधिकार गुम्ने अवस्था आएको उनले बताए। संविधान रक्षाका लागि सबै शक्ति एक भएर प्रतिवाद गर्ने बेला आएको उनले बताए।
संविधान पूर्ण भएको दाबी नगरेका प्रचण्डले संविधानको मूल मर्ममाथि प्रहार भएकोले रक्षाका लागि जुट्न सबैसँग अपील गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।