नयाँदिल्ली- भारतका स्थल सेनाध्यक्ष मनाेज मुकुन्द नरवणेले नेपाल भारतकाे परम्परागत मित्र भएपनि नेपालमा चिनियाँ लगानी बढेको बताएका छन्। असम राइफल्स एवं यूनाइटेड सर्भिसेज इन्स्टिच्युटकाे वार्षिक कार्यकार्यमा उनले यस्ताे टिप्पणी गरेका हुन्।
नेपाल, भारत र चीनकाे समीकरणमा बढिरहेकाे उतारचढावले असर परिरहेकाे उनको भनाइ छ। भारतीय सेना यसमा सजग र हाईअलर्ट रहेकाे उनले बताए।
नरवणेले दुई देशकाे नियन्त्रण रेखा (एलएसी)मा चीनकाे बढ्दाे हस्तक्षेपका कारण दुई देशका सेनाबीचमा टकराव बढेकाे बताए। चिनियाँ 'रवैया'का कारण भारतकाे भराेसा टुटेकाे उनले उल्लेख गरे।
लद्दाखलगायतका भारतीय पूर्वाेत्तर इलाकामा बढ्दाे तनावका विषयमा भएकाे छलफलमा उनले नेपाललाई जाेड्दै टिप्पणी गरेका थिए। कार्यक्रममा नरवणेले लद्दाखको विषय क्षेत्रीय र आन्तरिक सुरक्षाकाे कुरा भएकाे उल्लेख गरेका थिए।
भूटान र बंगलादेशसँग भारतको सम्बन्ध मजबुत भएकाे दाबी उनको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।