काठमाडौं- नेकपाको प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगले बहुमतको निर्णयलाई कार्यान्वयन नगरेर अन्यथा गर्न नपाउने बताएका छन्। बुधबार काठमाडौंको प्रदर्शनी मार्गमा आयोजित विरोध सभमा बोल्दै नेपालले बहुमतको निर्णय कार्यान्वयन गरे पार्टी आधिकारिता आफूहरूले पाउने दाबी गरे।
‘केपी ओली बहुमतको शासन मान्न तयार छन् भने निर्वाचन आयोगले लेखेर पठाएको चिठ्ठीमा नेकपाको ४४१ जना केन्द्रीय सदस्यलाई मान्यता दिएको छ’, नेपालले भने, ‘आयोगले भनेको आधारमा जाने हो भने ल गणना गरौं, मार्च पास गरौं। ४४१ जनामध्ये केपी ओलीको पक्षमा एक सय जना छन्। हाम्रा पक्षमा तीन सय जना छन्।’
तीन सय जनाको बहुमत हुन्छ कि एक सय जनाको भन्दै उनले आयोगप्रति प्रश्न गरे। आयोगमा गएर केपी ओलीले धम्काइरहेका बताउँदै नेपालले त्यसो नगर्न आग्रह गरे। ‘केपीजीले धम्काएर म पहिलो अध्यक्ष हुँ भन्नुभएछ। केपी ओली कहाँको पहिलो अध्यक्ष हुन्? यो नेकपाको हुन् कि ओली गुटको पहिलो अध्यक्ष हुन् ’ नेपालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।