काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुर्सिका लागि आन्दोलन नभएको प्रष्टाएका छन्। आफू पक्षीय नेकपाले बुधबार काठमाडाैंमा आयोजना गरेको सभामा उनले भने, ‘चाहिएको छैन हामीलाई कुर्चि। जनताको मुक्ति र हित चाहिएको छ।’
कुर्सिका लागि ‘यी बुढाहरू’ लागेको विरोधीहरूले भन्ने गरेको उनको गुनासो थियो। युवाहरूलाई भने, ‘खै, कुर्चिकै लागि लडेका हुन् कि भन्ने तपाईंहरूलाई परेको हुनसक्छ।’
युवाहरू प्रतिनिधि सभा विघटन विरुद्धको आन्दोलनमा सरिक भएकोप्रति उनले आत्मसन्तुष्टि व्यक्त गरे। ‘युवाहरूको लागि केही गर्ने संकल्प ‘हामी बुढाहरुले’ गरेका छौं। बुढाहरू नै भन्न त अलि मिल्दैन कि!’, प्रचण्डले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।