काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय समुदायको साथ मागेका छन्।
प्रतिनिधि सभा विघटनविरुद्ध अन्तर्राष्ट्रिय समुदायको साथ खोज्दै प्रचण्डले विशेषतः भारतको भूमिकाबारे बोलेका थिए। ‘विश्वकै लोकतन्त्रको दाबी गर्ने छिमेकी’ भन्दै उनले भारतलाई संकेत गरेका थिए। उनले भारतको नाम भने लिएनन्।
तीन दिनअघि काठमाडौंको एक कार्यक्रममा पनि प्रचण्डले प्रतिनिधि सभा विघटनविरुद्ध अन्तर्राष्ट्रिय समुदाय बोलिदिए हुने आशय व्यक्त गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–माधव पक्ष आन्दोलित छ।
आन्दोलनकै क्रममा बुधबार काठमाडौंको प्रदर्शनी मार्गमा सभा गरेको छ। सोही सभा प्रचण्डले अन्तर्राष्ट्रिय समुदायको साथ मागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।