काठमाडौं- नेकपाका (प्रचण्ड-माधव पक्ष) वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन आयोगलाई कुन चाहिँ नेकपा आधिकारिक हो भन्ने छुट्ट्याउन गाह्रो परेको भए प्रदर्शनी मार्ग आउन आग्रह गरेका छन्।
प्रदशर्नी मार्गमा बुधबार आयोजित विरोध सभामा बोल्दै खनालले अब कुन पक्ष आधिकारिक पार्टी हो भन्ने छुट्ट्याउन गाह्रो नहुने बताए। ‘हाम्रो निर्वाचन आयोगमा आयुक्तहरूलाई सकस परेको छ। कुन चाहिँ पार्टी आधिकारिक हो भनेर निर्क्योल गर्न सकस परेको छ’ खनालले भने, ‘सम्मानिय आयुक्तहरू अलमलिनु पर्ने कुरा केही छैन। आधिकारिक पार्टी भनेको कहाँ छ ? आउनुस् प्रदर्शर्नी मार्गमा। काठमाडौंका सडकमा पोखिएको छ। यो भन्दा अर्को आधिकारिक पार्टी नेकपा नेपालमा हुनै सक्दैन।’
यो जनउपस्थितले आधिकारिकताको प्रमाण दिएको खनालले दाबी गरे। ‘तपाईंले कहाँ कानून मिलाउनु पर्ने छ। मिलाउनुस्, ऐन कहाँ मिलाउनु पर्ने मिलाउनु प्रक्रिया के मिलाउनुछ मिलाउनुस’ खनालले भने, ‘आधिकारिक पार्टी घोषणा गर्न ढिलो गर्दा अप्ठ्यारो पर्न सक्छ। अप्ठ्यारोलाई समयमै बुझनुस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।